नेयमार

नेयमारको पहिलो गोल

काठमाडौं । ब्राजेलियन स्टार नेयमारले साउदी क्लब अल हिलालको लागि पहिलो गोल गरेका छन् ।

मंगलबार राति एएफसी च्याम्पियन्स लिगअन्तर्गत इरानी क्लब नासाजी माजान्दरानविरुद्ध ३–० को जितमा नेयमारले एक गोल गरेका हुन् ।

तेहरानस्थित अजादी मैदानमा पाँच खेलपछि नेयरमारले गोल गरेका हुन् । नेयमारले खेलको ५८औं मिनेटमा गोल गरेका थिए ।

गत अगष्टमा नेयमार कीर्तिमानी ९० मिलियन युरोमा पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट साउदी आएका थिए । त्यसयता उनी गोलविहिन थिए ।

यसअघि पूर्व फुलहमका स्ट्राइकर एलेक्जान्डर मिट्रोभिकले १८औं मिनेटमा अग्रता बनाएका थिए । इन्जुरी समयमा बैकल्पिक सलिह अल शेहरीले गोल गरेका थिए । जितपछि अल हिलाल समूह ‘डी’ को शीर्षस्थानमा छ ।