१९औं एसियाली खेलकुदमा

भारतविरुद्ध दोस्रो सेट नेपाललाई

काठमाडौं । १९औं एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालले अहिले भारतको सामना गरिरहेको छ ।

दोस्रो सेट सम्पन्न हुँदा भारत र नेपालले समान एक सेट जितेका छन् ।

पहिलो सेट भारतले २५–२३ ले जितेको थियो । २७ मिनेट चलेको सेटमा नेपालले कयौं पटक अग्रता लिएपनि सदुपयोग गर्न  सकेन ।

दोस्रो सेट ३० मिनेट चल्दा नेपाल खेलमा फर्किएको छ । प्रतिस्पर्धात्मक सेटमा नेपाल २८–२६ ले विजयी भयो ।

नेपालको लागि प्रतिभा माली र उषा भण्डारीले समान १० अंक जोड्दा सरस्वती चौधरीले ९ अंक जोडिन् । साफिया पुन र अरुण शाहीले चार अंक जोडेका हुन् ।

यसअघि समूहमा नेपाल भियतनाम र दक्षिण कोरियासँग सोझो सेटमा पराजित भएको थियो ।