फाल्गुन ७, २०८१ बुधबार | १५:१०:५७
सलेश च्याम्पियन कर्णाली सेमिफाइनलमा चितवनले गर्यो विशाललाई रिटेन बराबरीमा रोकिए थ्री स्टार र पुलिस मछिन्द्रको पुनरागमन जित सावित्रालाई राष्ट्रिय प्रतिभा पुरस्कार दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी बेलिङघमलाई रातो कार्ड देखाउने रेफ्री मोन्तेरो निलम्बनमा विराट गोल्डकपमा दुई भारतीय टोली, सबै खेल फ्लडलाइटमा हुने कतार ओपनबाट बाहिरिए जोकोभिच सलेश च्याम्पियन कर्णाली सेमिफाइनलमा चितवनले गर्यो विशाललाई रिटेन बराबरीमा रोकिए थ्री स्टार र पुलिस मछिन्द्रको पुनरागमन जित सावित्रालाई राष्ट्रिय प्रतिभा पुरस्कार दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी बेलिङघमलाई रातो कार्ड देखाउने रेफ्री मोन्तेरो निलम्बनमा विराट गोल्डकपमा दुई भारतीय टोली, सबै खेल फ्लडलाइटमा हुने कतार ओपनबाट बाहिरिए जोकोभिच

रिकेको अर्धशतकमा नेदरल्यान्ड्सले नेपाललाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । चौथो नम्बरका ब्याटर रोविन रिकेको अर्धशतकीय पारीप्रेरित नेदरल्यान्ड्सले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपाललाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले २० ओभरको समाप्तिमा चार विकेट गुमाउँदै १५७ रनको योगफल तयार पार्यो ।

नेदरल्यान्ड्सका लागि रिकेले ४८ बलमा आठ चौकासहित अविजित ५९ रन बनाइन् । त्यस्तै मधयक्रमका ब्याटर आइरिस ज्वीलिङले १३ बलमा पाँच चौकाहित अविजित ३१ रन जोड्दा ओपनर स्टेर कालिसले ३५ बलमा चार चौकासहित २९ रनको योगदान गरिन् । यसैगरी हेथर सेगर्सले १९ बलमा समान एक चौका र छक्कासहित २३ रन बनाउँदा अन्य दुई खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि कविता कुंवर, पुजा महतो, इश्वरी विष्ट र सीता रनामगरले समान एक विकेट लिए ।

पहिलो ओभरको दोस्रो ओभरमा नेपालले पहिलो सफलता हासिल गर्यो । ओपनर फेबे मोल्केनबोएर खाता नै खोल्न नपाई पेभिलियन फर्किए ।

दोस्रो ओभरको अन्तिम बलमा कप्तान बाबेट दी लिद ६ रन बनाउँदै पेभिलियन फर्किए । बाबेटलाई पूजा महतोले बोल्ड गरिन् । त्यसपछि आएका रोविन रिकेले ओपनर स्टेर कालिससँग मिलेर ४७ रनको साझेदारी गरिन् । यसबीच नेदरल्यान्ड्सले पहिलो १० ओभरमा ५५ रन जोड्यो ।

अन्ततः ११औं ओभरको तेस्रो ओभरमा सीता रानामगरले नेपाललाई ब्रेक थ्रु दिलाईन् । स्टेर सीताको बलमा बोल्ड हुन पुगिन् । १६औं ओभरको पाँचौं बलमा पाँचौं नम्बरका ब्याटर हेथर सिगेर्स आउट भइन् । सिगेर्स इश्वरी श्रेष्ठको बलमा लङ अनमा रुवीना श्रेत्रीबाट क्याच भए । पेभिलियन फर्किनुअघि सिगेर्सले रिकेसँग मिलेर अर्धशतकीय साझेदारी गरे ।

यसपछि नेपालले कुनै पनि विकेट लिन सकेन । नेदरल्यान्ड्सका लागि ज्वीलिङ र रिकेले ४७ रनको साझेदारी गरे ।

यसै खेलबाट नेपालका विकेटकिपर ब्याटर अलिशा कुमारी यादव र स्पिनर मनिषा कुमारी उपाध्यायले ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् ।

 


भिडियो
NEPAL VS LEBANON MATCH PREVIEW लेबनानसँग २–० ले जितेर फाइनल पुग्छौं: JIBESH PANDEY, COACH APF WOMENS
KHELADI TALKS WITH AJAY PHUYAL I GANESH THAPA Former President, ANFA
खेल जितेकोमा खुसी छौं, तर अझ राम्रो गर्न सक्थ्यौं । ट्रेनिङ जस्तो म्याचमा गर्न सकेनौं II PREETI RAI
NEPAL VS KYRGYZSTAN II SAMBA लाई खेलाउने निर्णय मेरो हो, आइ एम दी कोच II RAJENDRA TAMANG II COACH
POST MATCH CONFERENCE TETSURO UKI ||COACH MYANMAR
POST MATCH CONFERENCE || LEBANON COACH WAEL GHARZEDDINE ||
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि घरमै राख्ने छौं : SABITRA BHANDARI SAMBA