चैत्र ६, २०८१ बुधबार | २१:०१:०१
स्पेनिस गोलकिपर वालिद बिउराले धनगगढी एफसीबाट खेल्ने सुदूरपश्चिम स्पोर्टस अवार्ड सर्यो एनओसी विवाद थप हुँडेलिँदैः सरकारी हस्तक्षेप, अदालतमा मुद्धामाथि मुद्धा, ओसिएको निगरानीमा साधारणसभा बाँसबारीको पहिलो जित, आरसीटी लगातार दोस्रो खेलमा पराजित एनओसीको विशेष साधारणसभा सम्पन्न प्रज्वल, उमेश, किसन र माधवले भारत र माल्दिभ्सबीचको मैत्रीपूर्ण खेल खेलाउने आर्मी मधेशसँग पराजित बराबरीमा रोकिए टुसाल र ब्वाइज युनियन अध्यक्ष लामाको 'थिचोमिचो सहन नसक्दा' साग स्वर्णधारी कराते खेलाडी विप्लवले लिए संन्यास सुदूरपश्चिमको दोस्रो जित, लुम्बिनी पराजित स्पेनिस गोलकिपर वालिद बिउराले धनगगढी एफसीबाट खेल्ने सुदूरपश्चिम स्पोर्टस अवार्ड सर्यो एनओसी विवाद थप हुँडेलिँदैः सरकारी हस्तक्षेप, अदालतमा मुद्धामाथि मुद्धा, ओसिएको निगरानीमा साधारणसभा बाँसबारीको पहिलो जित, आरसीटी लगातार दोस्रो खेलमा पराजित एनओसीको विशेष साधारणसभा सम्पन्न प्रज्वल, उमेश, किसन र माधवले भारत र माल्दिभ्सबीचको मैत्रीपूर्ण खेल खेलाउने आर्मी मधेशसँग पराजित बराबरीमा रोकिए टुसाल र ब्वाइज युनियन अध्यक्ष लामाको 'थिचोमिचो सहन नसक्दा' साग स्वर्णधारी कराते खेलाडी विप्लवले लिए संन्यास सुदूरपश्चिमको दोस्रो जित, लुम्बिनी पराजित

श्रीलंकालाई एकदिवसीय शृंखला

काठमाडौं । कुशल मेन्डिसको शतकप्रेरित श्रीलंकाले अस्ट्रेलियाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला आफ्नो पक्षमा पारेको छ । शुक्रबार सम्पन्न दोस्रो तथा अन्तिम खेलमा घरेलु टोली श्रीलंका १७४ रनले विजयी भयो ।

जितसँगै श्रीलंकाले दुई खेलको शृंखला २-० ले आफ्नो पक्षमा पार्यो । पहिलो खेलमा ४९ रनले विजयी भएको थियो।

कोलम्बोस्थित आरम प्रेमादास क्रिकेट मैदानमा श्रीलंकाले प्रस्तुत गरेको २८२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया २४.२ ओभरमा १०७ रनमै समेटियो ।

अस्ट्रेलियाका कप्तान स्टिभन स्मिथले सर्वाधिक २९ रन बनाए । यसैगरी जोश इङ्लिसले २२ र ट्रभिस हेडले १८ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

श्रीलंकाका लागि दुनिथ वेलालागेले चार तथा असिथा फर्नान्डो र वानिन्दु हसरंगाले समान तीन  विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै २८१ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाका लागि कुशलले ११४ बलमा ११ चौकाको मद्दतले सर्वाधिक १०१ रनको योगदान गरे । यसैगरी कप्तान चरिथ अस्लंकाले ६६ बलमा ६ चौका र तीन छक्काको मद्दतले अविजित ७८,निशान मदुशन्काले ७० बलमा चार चौका र एक छक्काको मद्दतले ५० र जनिथ लियान्गेले अजिसिजत ३२ रन बनाए ।

कुशलले दोस्रो विकेटका लागि निशानसँग ९८ र चौथो विकेटका लागि चरिथसँग ९४ रनको साझेदारी गरे । यसैगरी पाँचौं विकेटका लागि चरिथ र जनिथबीच अविजिथ ६६ रनको साझेदारी भयो । 

अस्ट्रेलियाका लागि बेन द्वारशुइस, आरोन हार्डी, शन एबट र एडम जाम्पाले समान एक विकेट लिए ।


भिडियो
युवराज लामाको थिचोमिचो सहन सकिँन: Biplav Lal Shrestha || Karate || Gold Medalist ||
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC
फाइनलमा दर्शक थेगिनसक्नु हुन्छ । झापाली फुटबलको पहिचान यही हो ।I BHAGIRATH ALE MAMA II PRESIDENT
मेचीनगर गोल्डकपलाई सबैले अपनत्व ग्रहण गरेकोले हाम्रो सपना साकार भएको छ ।I GANGALAL GURUNG II ADVISAR