फाल्गुन ९, २०८१ शुक्रबार | २३:३६:५३
रायन रिकेल्टनको शतकप्रेरित दक्षिण अफ्रिकाको सानदार सुरुआत अर्किड कपः उपाधिका लागि हिलारी र वेस्ट ग्रुप भिड्ने ललितपुरको मार्की खेलाडीमा अनन्तकै निरन्तरता सन्तोषी श्रेष्ठ सम्मानित लिभरपुल र पिएसजी च्याम्पियन्स लिगको अन्तिम-१६ मै प्रतिस्पर्धा गर्ने पदम र नरेनले पोखराबाटै एनएसएल खेल्ने राजन चौधरीले दिल्ली म्याराथनमा सहभागिता जनाउने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेशमा हुने गोर्खाली रग्बी सेभन्स प्रतियोगिता अर्को साता एनएसएलको मिनी अक्सनमा ६० खेलाडी रायन रिकेल्टनको शतकप्रेरित दक्षिण अफ्रिकाको सानदार सुरुआत अर्किड कपः उपाधिका लागि हिलारी र वेस्ट ग्रुप भिड्ने ललितपुरको मार्की खेलाडीमा अनन्तकै निरन्तरता सन्तोषी श्रेष्ठ सम्मानित लिभरपुल र पिएसजी च्याम्पियन्स लिगको अन्तिम-१६ मै प्रतिस्पर्धा गर्ने पदम र नरेनले पोखराबाटै एनएसएल खेल्ने राजन चौधरीले दिल्ली म्याराथनमा सहभागिता जनाउने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेशमा हुने गोर्खाली रग्बी सेभन्स प्रतियोगिता अर्को साता एनएसएलको मिनी अक्सनमा ६० खेलाडी

शुभमन गिल र मोहम्मद शामीकाे उत्कृष्ट प्रदर्शनमा भारतको विजयी सुरुआत

बंगलादेशविरुद्ध ब्याटिङ गर्दै शुभमन गिल, तस्विरः बिसिसीआइ ।

काठमाडौं । शुभमन गिल र मोहम्मद शामीको उत्कृष्ट प्रदर्शनप्रेरित भारतले आइसिसी च्याम्पियन्स ट्रफीमा विजयी सुरुआत गरेको छ ।

बिहीबार भारतले दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेशविरुद्ध ६ विकेटको जित निकाल्यो । बंगलादेशले प्रस्तुत गरेको २२९ रनको लक्ष्य भारतले ४६.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

भारतका लागि शुभमन गिलले १२९ बलमा ९ चौका र दुई छक्काको मद्दतले अविजित १०१ रन बनाए । यसैगरी केएल राहुलले अविजित ४१, कप्तान रोहित शर्माले ४१, विराट कोहलीले २२ र श्रेयस अय्यरले १५ रन जोडे ।

शुभमनले पाँचौं विकेटका लागि केएलसँग अविजित ८७ तथा पहिलो विकेटका लागि रोहितसँग ६७ रनको साझेदारी गरे । 

बंगलादेशका लागि राशिद हुसेनले दुई तथा तस्किन अहमद र मुस्ताफिजुर रहमानले समान एक विकेट लिए ।

विकेटको खुसीयाली मनाउँदै भारतीय खेलाडी, तस्विरः बिसिसीआइ । 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै २२८ रनको योगफल तयार पारेको थियो । बंगलादेशका लागि तोविद हृदयले ११८ बलमा ६ चौका र दुई छक्काको मद्दतले सर्वाधिक १०० रनको योगदान गरे ।

यसैगरी जाकिर अलीले ११४ बलमा चार चौकाको मद्दतले ६८, तान्जिद हसनले २५ र राशिद हुसेनले १८ रन बनाए । छैटौ विकेटका लागि तोविद र जाकिरले १५४ रनको साझेदारी गरे । 

भारतका लागि मोहम्मद शामीले  १० ओभरमा ५३ रन खर्चिदै पाँच विकेट लिए । यसैगरी हर्षीत रानाले तीन र अक्षर पटेलले दुई विकेट लिए ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II SABITRI KISHAN GOALKEEPER, APF FOOTBALL CLUB, WOMENS TEAM
LEBANON VS NEPAL १३ खेलाडी युरोप र अस्ट्रेलियामा खेल्ने भएकाले लामो तयारी गर्न पाइएन I LEBANON COACH
NEPAL VS LEBANON होम ग्राउन्ड, होम क्राउड, पक्कै पनि दबाब थियो, सँगै ट्रेनिङ गर्न नपाउँदा समस्या भयो
NEPAL VS LEBANON II हामीले र उनीहरुले फुटबलमा कसरी लगानी गरेका छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ
KHELADI EXPLAINER BY ASIM JUNG KARKI II PROMO
NEPAL VS LEBANON MATCH PREVIEW लेबनानसँग २–० ले जितेर फाइनल पुग्छौं: JIBESH PANDEY, COACH APF WOMENS
KHELADI TALKS WITH AJAY PHUYAL I GANESH THAPA Former President, ANFA