फाल्गुन १०, २०८१ शनिबार | १३:५०:०९
विकेशपछि दीप पनि अनसोल्ड धनगढी गए विवेक काठमाडौं लागे अन्जल, सुरज जिउले पोखराबाटै खेल्ने भरतलाई कुनै पनि टोलीले बोली लगाएन जिलेस्पी काठमाडौंको जर्सीमा देखिने ललितपुर फर्किए नवीन धनगढी पुगे पासाङ दीनेश काठमाडौंमा मणिले ललितपुरबाट खेल्ने विमलले बुटवलबाट खेल्ने विकेशपछि दीप पनि अनसोल्ड धनगढी गए विवेक काठमाडौं लागे अन्जल, सुरज जिउले पोखराबाटै खेल्ने भरतलाई कुनै पनि टोलीले बोली लगाएन जिलेस्पी काठमाडौंको जर्सीमा देखिने ललितपुर फर्किए नवीन धनगढी पुगे पासाङ दीनेश काठमाडौंमा मणिले ललितपुरबाट खेल्ने विमलले बुटवलबाट खेल्ने

रायन रिकेल्टनको शतकप्रेरित दक्षिण अफ्रिकाको सानदार सुरुआत

अफगानिस्तानविरुद्ध शतक प्रहार गरेका रायन रिकेल्टन, तस्विरः आइसिसी ।

काठमाडौं  । रायन रिकेल्टनको शतकप्रेरित दक्षिण अफ्रिकाले आइसिसी च्याम्पियन्स ट्रफीमा सानदार सुरुआत गरेको छ ।

शुक्रबार कराँचीस्थित राष्ट्रिय क्रिकेट मैदानमा दक्षिण अफ्रिकाले अफगानिस्तानविरुद्ध १०७ रनको फराकिलो जित निकाल्यो ।

दक्षिण अफ्रिकाले प्रस्तुस्त गरेको ३१६ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै २०८ रन मात्रै बनाउन सक्यो । अफगानिस्तानका लागि रहमत शाहले ९२ बलमा ९ चौका र एक छक्काको मद्दतले सर्वाधिक ९० रनको योगदान गरे । 

यसैगरी अज्मतुल्लाह ओमजाइ र राशिद खानले समान १८, इब्राहिम जाद्रनले १७, सिदिकउल्लाह अतलले १६ तथा गल्बदिन नइबले १३ रन बनाए ।

दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ गर्दै रहमत शाह, तस्विरः आइसिसी । 

दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले तीन, लुंगी एनगिडी र वियान मुल्डरले समान दुई तथा मार्को यानसन र केशव महाराजले समान एक विकेट लिए ।  

त्यसअघि टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१५ रनको योगफल तयार पारेको थियो । दक्षिण अफ्रिकाका लागि रायन रिकेल्टनले १०६ बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक १०३ रनको योगदान गरे ।

यसैगरी कप्तान टेम्बा बावुमाले ५८, एडियन मार्करमले अविजित ५२, रस्सी भान डेर डुसेनले ५२, डेविड मिलरले १४, वियान मुल्डरले अविजित १२ र टोनी डे जोर्जीले ११ रन बनाए ।

दोस्रो विकेटका लागि रिकेल्टन र बावुमाले १२९ तथा पाँचौं विकेटका लागि मार्करम र मिलरले ५० रनको साझेदारी गरे । अफगानिस्तानका लागि मोहम्मद नाबीले दुई तथा फजलहक फारुकी, अज्मतुल्लाह ओमरजाइ र नुर अहमदले समान एक विकेट लिए । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II SABITRI KISHAN GOALKEEPER, APF FOOTBALL CLUB, WOMENS TEAM
LEBANON VS NEPAL १३ खेलाडी युरोप र अस्ट्रेलियामा खेल्ने भएकाले लामो तयारी गर्न पाइएन I LEBANON COACH
NEPAL VS LEBANON होम ग्राउन्ड, होम क्राउड, पक्कै पनि दबाब थियो, सँगै ट्रेनिङ गर्न नपाउँदा समस्या भयो
NEPAL VS LEBANON II हामीले र उनीहरुले फुटबलमा कसरी लगानी गरेका छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ
KHELADI EXPLAINER BY ASIM JUNG KARKI II PROMO
NEPAL VS LEBANON MATCH PREVIEW लेबनानसँग २–० ले जितेर फाइनल पुग्छौं: JIBESH PANDEY, COACH APF WOMENS
KHELADI TALKS WITH AJAY PHUYAL I GANESH THAPA Former President, ANFA