काठमाडौं । दुई बलिया टोली लिभरपुल र पेरिस सेन्ट जर्मन (पिएसजी) युइएफए च्याम्पियन्स लिगको अन्तिम-१६ मै प्रतिस्पर्धा गर्ने भएका छन् ।
युइएइले शुक्रबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार इङ्लिस प्रिमियर लिगको लिभरपुलले फ्रेन्च प्रतिद्धन्द्धी प्राप्त गरेको हो ।
लिभरपुलले शीर्षस्थानमा रहँदै अन्तिम-१६ को यात्रा तय गर्दा पिएसजीले भने प्लेअफको सहारा लिनु परेको थियो ।
यसैगरी स्पेनिस क्लब रियाल मड्रिडले सहरी प्रतिद्धन्द्धी एटलेटिको मड्रिडको सामना गर्नेछ । यता जर्मन क्लब बायर्न म्युनिखले पनि आफ्नै देशको बायर लेभरकुसनलाई प्रतिद्धन्द्धीको रूपमा प्राप्त गरेको छ ।
यस्तै इङ्लिस क्लब आर्सनलले डच टोली पिएसभी, स्पेनिस क्लब बार्सिलोनाले पोर्चुगलको बेन्फिका, जर्मनी क्लब बोरुसिया डर्टमन्डले फ्रान्सको लिल, इटालीको इन्टर मिलानले डच टोली फेयनुर्ड तथा इङ्लिस क्लब एस्टन भिल्लाले बेल्जियमको क्लब ब्रुजको सामना गर्नेछन् ।
अन्तिम-१६ को पहिलो लेग मार्च ३ र ४ तथा दोस्रो लेग मार्च ११ र १२ मा हुनेछन् ।
