काठमाडौं । नेपाल सुपर लिग (एनपिएल) को मिनी अक्सनमा ६० खेलाडी हुने भएका छन् ।
आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइए) ने शनिबार हुने तेस्रो संस्करणको अक्सनमा ‘ए’ क्याटोगरीबाट १५ र ‘बी’ क्याटोगरीबाट ४५ खेलाडी अक्सनमा रहने जानकारी दियो । एनएसएलको इतिहासमा पहिलो पटक मिनी अक्सन हुन लागेको हो ।
सहभागी सात फ्रान्चाइजले ‘ए’ क्याटेगरीबाट एक खेलाडी र श्रेणी ‘बी’ क्याटोगरीबाट दुई खेलाडीहरू रिटेन गर्न पाउनेछन् । ‘ए’ र ‘बी’ क्याटोगरीबाट बाँकी रहेका खेलाडीलाई मिनी अक्सनमा सहभागी गराइनेछ ।
यसपल्ट काठमाडौं रेजर्स, साबिक विजेता ललितपुर सिटी एफसी, झापा एफसी, एफसी चितवन, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरि सात टोलीले मात्रै सहभागिता जनाउने छन् ।
एनएसइएका अनुसार गत संस्करणमा सहभागिता जनाएका वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने नाम फिर्ता लिएका छन् ।