काठमाडौं । । नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको छ ।
क्यानले शनिबार सूचना निकाल्दै मुख्य प्रशिक्षकका लागि दर्खास्त आह्वान गरेको हो । क्यानले इसिबी वा क्रिकेट अस्ट्रेलियाको लेभल ३ वा सो सरहको मान्यता तथा पाँच वर्षको प्रशिक्षण अनुभव भएको व्यक्ति माग गरेको छ ।
यस्तै एसोसियट राष्ट्रको खेल गतिविधिबारे जानकार भएको व्यक्ति हुनुपर्ने उल्लेख छ । आवेदन दिने अन्तिम मिति फेब्रुअरी २८ सम्म तोकिएको छ ।
क्यानले भारतीय प्रशिक्षक मोन्टी देसाइसँगको सम्झौता नवीकरण नगरेपछि नेपाली टोली मुख्य प्रशिक्षकविहिन छ । देसाइको दुई वर्षे सम्झौता गत महिना सकिएको थियो ।
क्यानले मुख्य प्रशिक्षकका लागि आह्वान गरेको दर्खास्त

भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
