फाल्गुन ९, २०८१ शुक्रबार | २३:३९:०७
रायन रिकेल्टनको शतकप्रेरित दक्षिण अफ्रिकाको सानदार सुरुआत अर्किड कपः उपाधिका लागि हिलारी र वेस्ट ग्रुप भिड्ने ललितपुरको मार्की खेलाडीमा अनन्तकै निरन्तरता सन्तोषी श्रेष्ठ सम्मानित लिभरपुल र पिएसजी च्याम्पियन्स लिगको अन्तिम-१६ मै प्रतिस्पर्धा गर्ने पदम र नरेनले पोखराबाटै एनएसएल खेल्ने राजन चौधरीले दिल्ली म्याराथनमा सहभागिता जनाउने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेशमा हुने गोर्खाली रग्बी सेभन्स प्रतियोगिता अर्को साता एनएसएलको मिनी अक्सनमा ६० खेलाडी रायन रिकेल्टनको शतकप्रेरित दक्षिण अफ्रिकाको सानदार सुरुआत अर्किड कपः उपाधिका लागि हिलारी र वेस्ट ग्रुप भिड्ने ललितपुरको मार्की खेलाडीमा अनन्तकै निरन्तरता सन्तोषी श्रेष्ठ सम्मानित लिभरपुल र पिएसजी च्याम्पियन्स लिगको अन्तिम-१६ मै प्रतिस्पर्धा गर्ने पदम र नरेनले पोखराबाटै एनएसएल खेल्ने राजन चौधरीले दिल्ली म्याराथनमा सहभागिता जनाउने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेशमा हुने गोर्खाली रग्बी सेभन्स प्रतियोगिता अर्को साता एनएसएलको मिनी अक्सनमा ६० खेलाडी

फाइनलमा नेपाल र म्यानमारको भेट पक्का, लेबनान र किर्गिस्तान बाहिरिए

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ अन्तर्गत लेबनानविरुद्ध गोल गरेपछि सेलिब्रेसन गर्दै नेपाली फरवार्ड सावित्रा भण्डारी, तस्विरः सरोज सापकोटा/खेलाडी

काठमाडौं । घरेलु टोली नेपाल र म्यानमार अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ को फाइनलमा भेट्ने पक्का भएको छ । बिहीबार लेबनानले लगातार दोस्रो खेलमा पराजय बेहोरेसँगै फाइनल समीकरण पूरा भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको दोस्रो खेलमा स्ट्राइकर सावित्रा भण्डारीको गोल निर्णायक बन्दा नेपालले लेबनानलाई १-० ले निराश पार्यो । यो नतिजासँगै दुई खेलमा स्पष्ट ६ अंक जोडेको नेपाल र म्यानमार एक खेलअगावै फाइनलमा प्रवेश गरेको हो । दिनको पहिलो खेलमा किर्गिस्तान म्यानमारसँग ५-० ले पराजित भएको थियो ।

करिब १२ हजार घरेलु समर्थकबीच सावित्राले निर्धारित हाफ सकिन तीन मिनेट बाँकी छँदा अट्याकिङ मडफिल्डर विमला चौधरीको सेटपीसलाई सदुपयोग गर्दै गोल गरिन् । सावित्राले बक्स बाहिरबाट गरेको प्रहार विपक्षी खेलाडी फराह इल टयारसँग डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ अन्तर्गत लेबनानविरुद्ध उत्रिएको नेपाली सुरुआती रोजाई, तस्विरः सरोज सापकोटा/खेलाडी

खेलको नवौं मिनेटमा लेबनानले पहिलो अवसर सृजना गर्यो । विंगर क्रिस्टि मालौफको प्रहार नेपाली गोलकिपर अन्जिला तुम्बाप्पो सुब्बाले बचाइन् । चार मिनेटपछि लेबनानले अर्को अवसरलाई गोलमा परिणत गर्न सकेन । यसपालि स्ट्राइकर लेला इस्कान्डारले अन्जिलालाई बिट गर्न सकिनन् ।

खेलको १५औं मिनेटमा प्रीति राईको प्रहार आकाशिँदा लेबनानले राहतको सास फेर्यो । २६औं मिनेटमा रेखाले फाइनल टच दिन नसक्दा नेपालले अग्रता लिन सकेन । राइट साइडबाट सवीता रानामगरले दिएको क्रसलाई बक्सभित्र बसेकी विमलाले वान टचमा रेखालाई गोलको मौका सृजना गरिदिइन् । तर, रेखाले फाइनल टच दिन नसक्दा मौका खेर गयो ।

इन्जुरी समयमा जाह्वा अरबीले बक्स बाहिरबाट गरेको प्रहार अन्जिलालाई बिट हुँदै क्रस बारमा ठोक्कियो ।

अब नेपाल र म्यानमारले फेब्रुअरी २३ मा समूहको अन्तिम खेलमा एकअर्कासँग खेल्ने तालिका छ । खेल साँझ ६ बजे सुरु हुनेछ । सोही दिन दिउँसो २ बजे किर्गिस्तान र लेबनान आमनेसामने हुनेछन् ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II SABITRI KISHAN GOALKEEPER, APF FOOTBALL CLUB, WOMENS TEAM
LEBANON VS NEPAL १३ खेलाडी युरोप र अस्ट्रेलियामा खेल्ने भएकाले लामो तयारी गर्न पाइएन I LEBANON COACH
NEPAL VS LEBANON होम ग्राउन्ड, होम क्राउड, पक्कै पनि दबाब थियो, सँगै ट्रेनिङ गर्न नपाउँदा समस्या भयो
NEPAL VS LEBANON II हामीले र उनीहरुले फुटबलमा कसरी लगानी गरेका छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ
KHELADI EXPLAINER BY ASIM JUNG KARKI II PROMO
NEPAL VS LEBANON MATCH PREVIEW लेबनानसँग २–० ले जितेर फाइनल पुग्छौं: JIBESH PANDEY, COACH APF WOMENS
KHELADI TALKS WITH AJAY PHUYAL I GANESH THAPA Former President, ANFA