फाल्गुन १०, २०८१ शनिबार | १३:४१:३२
काठमाडौं लागे अन्जल, सुरज जिउले पोखराबाटै खेल्ने भरतलाई कुनै पनि टोलीले बोली लगाएन जिलेस्पी काठमाडौंको जर्सीमा देखिने ललितपुर फर्किए नवीन धनगढी पुगे पासाङ दीनेश काठमाडौंमा मणिले ललितपुरबाट खेल्ने विमलले बुटवलबाट खेल्ने नवयुग र विकेश पहिलो चरणमा अनसोल्ड आहारारा गोल्डकप: पोखरेलीको इमोसन काठमाडौं लागे अन्जल, सुरज जिउले पोखराबाटै खेल्ने भरतलाई कुनै पनि टोलीले बोली लगाएन जिलेस्पी काठमाडौंको जर्सीमा देखिने ललितपुर फर्किए नवीन धनगढी पुगे पासाङ दीनेश काठमाडौंमा मणिले ललितपुरबाट खेल्ने विमलले बुटवलबाट खेल्ने नवयुग र विकेश पहिलो चरणमा अनसोल्ड आहारारा गोल्डकप: पोखरेलीको इमोसन

गत संस्करणका उदीयमान खेलाडी रोहन काठमाडौंको मार्की खेलाडी

काठमाडौं । फ्रेन्चाइज टोली काठमाडौं रेन्जर्सले आउँदै गरेको नेपाल सुपर लिग(एनएसएल)को तेस्रो संस्करणका राष्ट्रिय फुटबल टोलीका सदस्य रोहन कार्कीलाई मार्की खेलाडीका रुपमा सार्वजनिक गरेको छ ।

एनएसएलको दोस्रो संस्करणमा उदीयमान खेलाडीको अवार्ड जितेका मिडफिल्डर रोहनलाई शुक्रबार काठमाडौंले सामाजिक सञ्जालमार्फत मार्कीका रुपमा सार्वजनिक गरेको हो ।

रोहनले गत संस्करण धनगढी एफसीको प्रनिनिधित्व गरेका थिए । पहिलो एनएसएल अनुभवमै रोहनले सम्झनालायक प्रदर्शन गर्दै धनगढीलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

गत जेठमा सम्पन्न सहिद स्मारक ‘सी’ डिभिजन लिगमा रोहनले सुर्खेतको आरसी ३२ क्लबबाट खेलेका थिए । आफ्नो नेतृत्वमा आरसी ३२ लाई ‘बी’ डिभिजन बढुवा गरेका रोहन लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । झापाका स्थानीय रोहनले झापा एफसीबाट आफ्नो व्यावसायिक फुटबल करिअर सुरु गरेका थिए । पछिल्लो समय उनी शीर्ष डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडबाट मोफसलका प्रतियोगिताहरु खेल्दै आएका छन् ।

 एनएसएलको दोस्रो संस्करणमा  प्रतियोगिता अध्यक्ष आश्रयता कार्की चौधरीबाट उदीयमान खेलाडीको पुरस्कार ग्रहण गर्दै रोहन कार्की, तस्विरः एनएसएल ।

काठमाडौंले लगातार तेस्रो संस्करण मार्की खेलाडी परिवर्तन गरेको हो । यसअघि काठमाडौंले पहिलो संस्करण गोलकिपर विकेश कुथु, दोस्रो संस्करणमा स्ट्राइकर हिसुब थपलियालाई मार्की खेलाडी बनाएको थियो ।

काठमाडौंले बिहीबार मात्र रक्षक कुलदीप कार्की, मिडफिल्डर दीपेश गुरुङ र गोलकिपर अभिषेक बराललाई रिटेन गरेको थियो । पहिलो संस्करणको च्याम्पियन काठमाडौंले दीपेशलाई ‘ए’ क्याटोगोरी तथा कुलदीप र अभिषेकलाई ‘बी’ क्याटोगोरीबाट रिटेन गरेको हो ।

एनएसएलको तेस्रो संस्करणका लागि अक्सन फागुन १० गते हुँदैछ । यसपल्ट काठमाडौंसहित साबिक विजेता ललितपुर सिटी एफसी, झापा एफसी, एफसी चितवन, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरि सात टोलीले मात्रै सहभागिता जनाउने छन् ।  

आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइए) का अनुसार गत संस्करणमा सहभागिता जनाएका वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने नाम फिर्ता लिएका छन् ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II SABITRI KISHAN GOALKEEPER, APF FOOTBALL CLUB, WOMENS TEAM
LEBANON VS NEPAL १३ खेलाडी युरोप र अस्ट्रेलियामा खेल्ने भएकाले लामो तयारी गर्न पाइएन I LEBANON COACH
NEPAL VS LEBANON होम ग्राउन्ड, होम क्राउड, पक्कै पनि दबाब थियो, सँगै ट्रेनिङ गर्न नपाउँदा समस्या भयो
NEPAL VS LEBANON II हामीले र उनीहरुले फुटबलमा कसरी लगानी गरेका छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ
KHELADI EXPLAINER BY ASIM JUNG KARKI II PROMO
NEPAL VS LEBANON MATCH PREVIEW लेबनानसँग २–० ले जितेर फाइनल पुग्छौं: JIBESH PANDEY, COACH APF WOMENS
KHELADI TALKS WITH AJAY PHUYAL I GANESH THAPA Former President, ANFA