फाल्गुन ९, २०८१ शुक्रबार | २३:४७:२५
रायन रिकेल्टनको शतकप्रेरित दक्षिण अफ्रिकाको सानदार सुरुआत अर्किड कपः उपाधिका लागि हिलारी र वेस्ट ग्रुप भिड्ने ललितपुरको मार्की खेलाडीमा अनन्तकै निरन्तरता सन्तोषी श्रेष्ठ सम्मानित लिभरपुल र पिएसजी च्याम्पियन्स लिगको अन्तिम-१६ मै प्रतिस्पर्धा गर्ने पदम र नरेनले पोखराबाटै एनएसएल खेल्ने राजन चौधरीले दिल्ली म्याराथनमा सहभागिता जनाउने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेशमा हुने गोर्खाली रग्बी सेभन्स प्रतियोगिता अर्को साता एनएसएलको मिनी अक्सनमा ६० खेलाडी रायन रिकेल्टनको शतकप्रेरित दक्षिण अफ्रिकाको सानदार सुरुआत अर्किड कपः उपाधिका लागि हिलारी र वेस्ट ग्रुप भिड्ने ललितपुरको मार्की खेलाडीमा अनन्तकै निरन्तरता सन्तोषी श्रेष्ठ सम्मानित लिभरपुल र पिएसजी च्याम्पियन्स लिगको अन्तिम-१६ मै प्रतिस्पर्धा गर्ने पदम र नरेनले पोखराबाटै एनएसएल खेल्ने राजन चौधरीले दिल्ली म्याराथनमा सहभागिता जनाउने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेशमा हुने गोर्खाली रग्बी सेभन्स प्रतियोगिता अर्को साता एनएसएलको मिनी अक्सनमा ६० खेलाडी

झापा-११ क्वार्टरफाइनलमा

भद्रपुर । मछिन्द्र फुटबल क्लबलाई १-० ले हराउँदै झापा-११ एफसी भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वार्टफाइनलमा प्रवेश गरेको छ ।

भद्रपुरस्थित मेची रंगशालामा बिहीबार झापालाई जित दिलाउन बबिन बोहोराले गरेको एकमात्रै गोल निर्णयक बन्यो । उनले २९औं मिनेटमा एलन थापाको क्र्रसलाई वान टचमै पोस्टको दिशा दिए । 

अब झापाले क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ । मछिन्द्र भने पहिलो खेलबाटै बाहिरिएको छ ।

निर्धारित समयमा दुवै टोलीले एक दर्जनभन्दा बढी अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।  मछिन्द्रले खेलको २०औं मिनेटमा अग्रता लिने अवसर गुमायो । सनिस श्रेष्ठको कर्नरमा विदेशी खेलाडी ओमोलाजा करिमको हेडर पोस्टमा लागेर फर्कियो ।

बबिनले २१औं मिनेटमा पाएको अवसर खेर फाल्दा झापाले अग्रता लिने अवसर गुमायो । ३८औंं मिनेटमा सौरभ लिम्बुको प्रहारलाई झापाका गोलकिपर सन्दीप लिम्बुले उत्कृष्ट बचाउ गरे ।

हरिबहादुर आलेमगरको प्रहारलाई  ६२औं मिनेटमा मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाउ गरे । ७८औं मिनेटमा झापाका प्रदिप बुढाथोकीको प्रहारमा पनि विशाल बाधक बने ।

एलन थापाले ८०औं मिनेटमा गोल गर्न नसक्दा झापा अग्रता दोब्बर बनाउन चुक्यो । ८६औं मिनेटमा आदित्य शाक्यको प्रहार बारमा लागेर फर्किंदा मछिन्द्रले बराबरी गर्ने अवसर गुमायो ।

शुक्रबार पहिलो क्वार्टरफाइनलमा आयोजक भद्रपुर ब्लेजर्स र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा गर्नेछन् ।

गोल्डकपको विजेताले १३ लाख र उपविजेताले ७ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५ हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले २५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई २१ हजार रुपैयाँ दिइनेछ ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II SABITRI KISHAN GOALKEEPER, APF FOOTBALL CLUB, WOMENS TEAM
LEBANON VS NEPAL १३ खेलाडी युरोप र अस्ट्रेलियामा खेल्ने भएकाले लामो तयारी गर्न पाइएन I LEBANON COACH
NEPAL VS LEBANON होम ग्राउन्ड, होम क्राउड, पक्कै पनि दबाब थियो, सँगै ट्रेनिङ गर्न नपाउँदा समस्या भयो
NEPAL VS LEBANON II हामीले र उनीहरुले फुटबलमा कसरी लगानी गरेका छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ
KHELADI EXPLAINER BY ASIM JUNG KARKI II PROMO
NEPAL VS LEBANON MATCH PREVIEW लेबनानसँग २–० ले जितेर फाइनल पुग्छौं: JIBESH PANDEY, COACH APF WOMENS
KHELADI TALKS WITH AJAY PHUYAL I GANESH THAPA Former President, ANFA