अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

बराबरीमा रोकिए नेपाल र बंगलादेश

काठमाडौं । नेपालले घरेलु टोली बंगलादेशलाई पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १-१ को बराबरीमा रोकेको छ ।

ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा बिहीबार सम्पन्न खेलमा अग्रता जोगाउन नसक्दा बंगलादेश बराबरीमा रोकियो ।

खेलको ६५औं मिनेटमा सबिना खातुनको गोलमार्फत बंगादेशले अग्रता लिएको थियो ।  

इन्जुरी समयमा सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई बराबरीमा ल्याइन् । विपक्षी खेलाडीले बल क्लियर गर्न नसक्दा सावित्राले गोल गरेकी हुन् ।

गत वर्ष काठमाडौंमै भएको साफ महिला च्याम्पियनसिपको फाइनलपछि नेपाल र बंगलादेश पहिलो पटक आमने-सामने भएका हुन् । साफ फाइनलमा नेपाल  ३-१ ले पराजित भएको थियो ।

नेपाल एसियाली खेलकुदको तयार स्वरुप दुई मैत्रीपूर्ण खेलका लागि  बंगलादेश गएको हो । दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।