यू-१६ लिग

यू-१६ लिगः पाँचौं चरणसम्मको खेल तालिका सार्वजनिक

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा) ले शुक्रबारबाट सुरु हुने यू-१६ लिगको पाँचौं चरणसम्मको खेल तालिका सर्वाजनिक गरेको छ ।

एन्फाले बिहीबार सार्वजनिक गरेको खेल तालिका अनुसार लिगको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

उद्घाटन खेल सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसो ३ बजे सुरु हुनेछ ।

१० टोलीको सहभागिता रहने प्रतियोगिताका खेलहरु एन्फा मुख्यालय, च्यासल रंगशाला र भक्तपुरको सल्लाघारी खेल मैदानमा हुनेछन् ।

एन्फाले सार्वजिनक गरेकाे पाँचाैं चरणसम्मकाे खेल तालिका