इङ्लिस प्रिमियर लिग

खेलाडी अनुबन्धमा मौन लुटन

लन्डन । इङ्लिस प्रिमियर लिगमा बढुवा भए पनि लुटन टाउनले खेलाडीको अनुबन्धमा अहिले सम्म भने आक्रामक बनेको छैन । 

प्रिमियर लिगकै अन्य क्लब र नवप्रवेशी क्लबहरु खेलाडी अनुबन्धमा आक्रमक रुपमा प्रस्तुत हुँदा लुटन भने भिन्न रणनितीमा रहेको छ ।

लुटन च्याम्पियनसिपबाट प्रिमियर लिगमा बढुवा गराउने टोलीलाई नै प्रिमियर लिगमा पनि मैदान उतार्ने लक्ष्यमा रहेको छ । 

लुटनले नयाँ सिजनका लागि च्याम्पियनसिपकै टोली रार्थेहमबाट विंगर चेडोजोई ओग्बेन र ब्रान्सलेका रक्षक माड्स एन्डेरसनलाई अनुबन्ध गरेको छ ।
लुटनमा गत सिजन लोनमा आएका इथान होर्भात यस पटक क्लबमै बस्नेमा दुबिधा रहेको छ । त्यसैले लुटन नयाँ गोलकिपरको खोजीमा रहेको समेत बताइएको छ । लुटन भेट्रान गोलकिपर अस्मेर ब्रोजोभिचो अनुबन्धमा इच्छुक देखिएको छ ।