विम्बल्डन

स्वायटेक तेस्रो चरणमा

लन्डन । विश्व नम्बर एक इगा स्वायटेक बुधबार सारा सोबिरेस ट्रोमामाथि सहज जितसहित विम्बल्डनको तेस्रो चरणमा प्रवेश गरेकी छिन । 

स्वायटेकले तेस्रो चरणको यात्रा तय गर्दा वर्षाका कारण पहिलो चरणका खेलहरु भने अझैसम्म सम्पन्न भएको छैन । सेन्टर कोर्टमा ट्रोमामाथि स्वायटेकले ६-२,६-० को जित निकालिन । 

‘म तेस्रो चरणमा प्रवेश गर्दा निर्क खुशी छु ,’ उनले भनिने्, ‘मेरो खेल छत भएको कोर्टमा खेलाइएको थियो । जसले गर्दा मेरो खेल वर्षाका कारण प्रभावित भएन । वर्षाका कारण धेरै खेल सरेका छन । त्यसले गर्दा खेल तालिका परिवर्तन हुनसक्छ । ’

त्यस्तै फ्रेन्च ओपनकी पूर्वविजेता सालोनी स्टेपिन्सले रेबिका पिटरसनमाथि ६-२,६-३ को जित निकालिन ।