न्युक्यासल युनाइटेड

टोनाली अनुबन्ध नजिक न्युक्यासल

काठमाडौं । इङ्लिस क्लब न्युक्यासल युनाइटेड इटालियन मिडफिल्डर सान्द्रो टोनाली अनुबन्ध नजिक पुगेको छ ।

न्युक्यासल टोनालीलाई इटालियन सिरी ‘ए’ क्लब एसी मिलानबाट अनुबन्ध गर्न नजिक पुगेको हो ।

२३ वर्षीय टोनालीले न्यूक्यासलमा ६ वर्षको वर्षको सम्झौता गर्ने र केही दिनमा नै मेडिकल लगायत कागजी प्रक्रिया पूरा हुने अपेक्षा गरिएको छ ।

इटालियन मिडियासँग कुराकानीमा टोनालीका एजेन्ट ज्युसेप रिसोले एड-अनहरूसहित ८० मिलियन युरोमा स्थानान्तरण हुन सक्ने बताए । रिसोले न्युक्यासल र टोनालीबीच व्यक्तिगत सम्झौता भइसकेको बताए । 

२०२०मा ब्रेसियाबाट लोनमा एसी मिलान भित्रिएका टोनाली सन् २०२१ मा क्लबको स्थायी खेलाडी बनेका थिए । क्लबले २०२२ मा इटालियन सिरि ‘ए’ उपाधि जित्दा टोनालीले ३६ खेलमा पाँच गोल गरेका थिए । गत सिजन टोनालीले ४८ खेल खेल्दा दुई गोल गरे ।