अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

पोल्यान्डसँग जर्मनी पराजित

काठमाडौं । जर्मनी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली पोल्यान्डसँग १-० ले पराजित भएको छ ।

खेलको ३१औं मिनेटमा ज्याकव किविओरले गरेको एक मात्र गोल पोल्यान्डको जितमा निर्णायक बन्यो । उनले सेवास्टिएनको पासलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए ।

नेसनल स्टेडियम, वार्सामा शुक्रबार राति भएको खेलमा पकड जमाए पनि पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा जर्मनी स्तब्ध बन्न पग्यो । 

५८औं मिनेटमा जर्मनीले पेनाल्टी पाए पनि भिएआरले त्यसलाई मान्यता दिएन ।

यस  हारसँगै जर्मनी पछिल्लो तीन खेलमा जितविहीन बनेको छ । जर्मनीले गत मार्चमा मैत्रीपुर्ण खेलमै पेरुलाई २-० ले पराजित गरेको थियो ।

त्यसयता बेल्जियमसँग ३-२ ले पराजित भएको जर्मनीले युक्रेनसँग ३-३ गोलको बराबरी खेलेको थियो ।