काभा पुरुष भलिबल नेसन्स लिग

नेपालले पहिलो खेलमा मंगोलियाको सामना गर्ने

काठमाडौं । किर्गिस्तानमा आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको खेल तालिका सार्वजनिक भएको छ ।

काभाले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल असार ३ मा मंगोलियासँग खेल्ने छ ।

 यसैगरी नेपालले असार ४ मा किर्गिस्तान, असार ५ मा इरान, असार ७ मा तुर्केकिनिस्तान, असार ८ मा किर्गिस्तान ‘बी’ र असार १० मा उज्वेकिस्तानको सामना गर्नेछ ।

काभा नेसन्स लिगमा नेपालसहित सात टोलीको सहभागिता छ ।

सिंगल राउण्ड रोबिनको पद्धतीमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिता असार ३ देखि १० सम्म हुनेछ ।

नेपाली टोली

हर हजुर थापा (कप्तान), लोकेन्द्रराज गिरी, मानबहादुर श्रेष्ठ, टेकराज अवस्थी, राजेन्द्र विष्ट, रोविन चन्द, दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी, सफल विक, धनबहादुर भट्ट क्षेत्री, हेमन्त हादुर मल्ल र भीमबहादुर गाहा