इङ्लिस प्रिमियर लिग

टोटनहमबाट बाहिरिँदै लिङलेट र डेन्जुमा

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब टोटनहमले लोन अबधी अन्त्य भएसँगै क्लेमेन्ट लिङलेट र अर्नोउट डेन्जुमासँगको सम्झौता अन्त्य गरेको छ । 

लिङ्लेट गत सिजन बार्सिलोनाबाट लोनमा टोटनहम भित्रिएका थिए । उनले गत सिजन टोटनहमबाट सबैखाले प्रतियोगिता गरि ३५ खेल खेलेका थिए । यस क्रममा उनले एक गोल गरेका थिए । 

नेदरल्यान्ड्सका स्ट्राइकर डेन्जुमा गत सिजन जनवरी सरुवा बजारमा भियारियालबाट टोटनहम भित्रिएका थिए । टोटनहमले यसअघि नै लुकास मौराको सम्झौता अन्त्य भएको र उनी जुन ३० पछि क्लबबाट बाहिरिने बताएको थियो ।

मौराले टोटनहमबाट २ सय २१ खेलमा ३९ गोल गरेका थिए । 

‘हामी तीनै जना खेलाडीलाई क्लबप्रति उनीहरुले पुर्याएको योगदानका लागि धन्यवाद दिन चाहन्छौ’,टोटनहमले जारी गरेको विज्ञप्क्तिमा भनिएको छ ।