इङ्लिस प्रिमियर लिग

सिटीमाथिको अनुसन्धानलाई निस्कर्षमा पुर्याउन ग्वार्डिओलाको आग्रह

लन्डन । इङ्लिस प्रिमियर लिगको विजेता म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले यथाशिघ्र क्लबमाथि लागेको आर्थिक अनियमितताको विषयमा निस्कर्ष निकाल्न आग्रह गरेका छन ।

सिटीमाथि २००९ देखी २०१८ सम्म आर्थिक अनियमितता गरेको आरोप लागेको थियो । सिटीमाथि सन् २०१८ बाटै अनुसन्धान सुरु भएको थियो । तर यस विषय अहिलेसम्म कुनै निर्णय भने आइसकेको छैन । 

सिटीले हालै मात्र प्रिमियर लिगको उपाधि जितेको थियो । सिटीले आगामी महिना च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलान र एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ । 

‘क्लबमाथि एक सय १० वटा नियम उल्लंघन भएको भन्दै अनुसन्धान जारी छ । म आगामी सिजन पनि सिटीमै हुन्छु, ’ग्वार्डिओलाले भने,'मेरो सम्झौता सन् २०२५ सम्मका लागि कायम छ । म त्यती समय मात्र यहाँ रहन्छु । हामीमाथि लागेको आरोपको बारेमा छिट्टै निर्णय आउनु पर्यो । क्लबलाई सधै दोषी देखाउनुनको कुनै अर्थ छैन । यदी क्लबले गल्ती नै गरेको रहेछ भने सजाय पाउनुपर्छ तर अनुसन्धान भैरहेको छ भनेर सधै दुबिधामा राख्ने काम गर्न हुन्न ।'