सहिद स्मारक ‘ए’ डिभिजन लिग

एनआरटीमाथि मछिन्द्रको सहज जित

काठमाडौं । साबिक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम(एनआरटी) माथि २-०को सहज जित निकालेको छ ।

जितसँगै २० खेलमा ३४ अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको एनआरटी समान खेलबाट २३ अंकका साथ नवौं स्थानमा छ ।

अफिजले च्यासल मैदानमा आइतबार सम्पन्न खेलमा मछिन्द्रलाई जित दिलाउन ओलावाले अफिज र सौरभ लिम्बुले समान एक गोल गरे ।

खेलको ३१औं मिनेटमा अफिजको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । इन्जुरी समयमा सौरभले गोल गर्दै मछिन्द्रलाई २-०को जित दिलाए ।

एनआरटीविरुद्ध लिगमा मछिन्द्र अपराजित रह्यो । यी दुईबीचको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो ।