गौरीगङ्गा गोल्ड कप

गौरीगङ्गा गोल्ड कपः स्टार सिटी क्लब सेमिफाइनलमा

कैलाली । आयोजक गौरीगङ्गा-११ स्पोर्टस क्लबलाई पेनाल्टी सुटआडटमा ४-३ ले पराजित गर्दै कैलालीको स्टार सिटी युवा क्लब गौरीगङ्गा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पेनाल्टी सुटआउटमा स्टार सिटीका कुशल देउवा, माधव भण्डारी, किरण बोहरा र विष्णु चौधरीले गोल गरे । गौरीगङगाका प्रकाश बोहरा, भरत बोगटी र सन्दीप कडायतले मात्र गोल गर्न सके ।

निर्धारित समयमा दुवै टोलीले १-१ गोल गरेपछि  शनिबार सम्पन्न खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

खेलको आठौं मिनेटमा काल देउवाले स्टार सिटीलाई अग्रता दिलाएका गिए थिए ।  ७५ औँ मिनेटमा आयोजक गौरीगङ्गाका निराजन धामीले बराबरी गोल फर्काए ।

प्रतियोगिता अन्तर्गत आइतबार हुने खेलमा बाजुरा र नवलपरासी आमने सामने हुनेछन् ।  यो खेलको विजेता टोली अन्तिम चारमा पुग्ने छ ।

स्टार सिटीसँगै बर्दियाको नव युवा मैत्री भाव एकता समाज क्लब र बाँकेको रेसिङ सहारा क्लब यस अघि नै सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।