चैत्र ७, २०८२ शनिबार | १०:४५:४६
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङः बागमती र एपिएफ च्याम्पियन

काठमाडौं । बागमती प्रदेश र नेपाल एपिएफ क्लब वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेका छन् । बागमती पुरुष तथा एपिएफ महिलातर्फ च्याम्पियन बनेका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रको हलमा शनिबार सम्पन्न प्रतियोगितामा बागमती एक स्वर्ण, तीन रजत र दुई कांस्यसहित टिम च्याम्पियन बन्यो ।
६ स्पर्धा समावेश पुरुषतर्फ एपिएफ, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाल प्रहरी र लुम्बिनीले पनि समान एक स्वर्ण जितेका थिए। तर बागमती रजतका आधारमा पहिलो भएको हो । एपएफले स्वर्णसिहत दुई रजत र एक कांस्य पनि जितेको थियो ।

महिलामा पनि ६ वटै स्पर्धामा भिडन्त भएकोमा एपिएफले तीन स्वर्ण, एक रजत र एक कांस्य जित्दै टिम च्याम्पियनको ट्रफी उचाल्यो। बागमतीले दुई स्वर्ण तथा प्रहरीले एक स्वर्ण हात पारे ।

वीर गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिद्धरा आयोजित प्रतियोगिताको पुरुषमा रविन थापा उत्कृष्ट खेलाडी घोषित भए । महिलामा आइबा विश्व बक्सिङ च्याम्पियनसिपमा दुई ‘बाउट’ जितेर नेपाली बक्सिङमा इतिहास रचेकी अन्जनी तेली उत्कृष्ट खेलाडी चुनिइन् ।

बागमतीकाद्धय उत्कृष्ट भएवापत जनही २५ हजार रुपैयाँ प्रप्त गरे  । रविन र अन्जनी आ-आफ्नो स्पर्धाका स्वर्ण विजेता हुन् ।

प्रतियोगिताको अन्तिम दिन १२ वटै स्वर्णको छिनोफानो भएकोमा पुरुष ५१ केजी तौलसमूह फाइनलमा रविन थापाले फाइनलमा एपिएफका आश तामाङलाई पराजित गरे । ५७ केजीमा कोशीका सुरेन्द्र राई पहिलो भए । उनले फाइनलमा बागमतीका शुलभ मालीलाई हराएका हुन् ।

६३.५ केजीमा साग स्वर्णधारी प्रहरीका भूपेन्द्र थापाले एपिएफका सोनाम सार्कीलाई हराउँदै स्वर्ण जिते । ७१ केजी फाइनलमा सुदूरपश्चिमका भरत चन्दले कोशीका प्रशान्त दाहालमाथि जित रच्दै शीर्ष स्थानमा रहे ।

८० केजीमा लुम्बिनीका हेमराज रावलले बाजी मारे । उनले फाइनलमा बागमतीका मनोज तामाङको चुनौती पन्छाए । ९२ केजी फाइनलमा एपीएफका रविन नेपालले बागमतीका उमङ महर्जनलाई हराउदै स्वर्ण चुमेका थिए ।

यसैगरी महिला ५० केजीमा एएसबीसी यु-२२ बक्सिङ च्याम्पियनसिपमा रजत जित्दै इतिहास कायम गरेकी बागमतीकी सुष्मा तामाङ पहिलो भइन् । सुष्माले फाइनलमा मधेस प्रदेशकी अस्मिता दुवाललाई निराश गरेकी हुन्  ।

५४ केजीमा बागमतीकी एन्जनी तेलीले फाइनलमा एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै पहिलो भइन्  । ५७ केजीमा प्रहरीकी निशा तामाङले स्वर्ण जित्नले क्रममा बागमतीकी पेमा शेर्पालाई हराइन्  । ६० केजीमा एपिएफकी संगिता सुनुवारले पहिलो स्थान कब्जा गरिन् । संगिताले फाइनलमा बागमतीकी हेमा राईलाई पाखा लगाएकी थिइन् ।

महिला ६६ केजीमा एपीएफकी विनिता थापा मगर तथा ७५ केजीमा एपीएफकी सरस्वती राना मगरले पहिलो स्थान हात पारे । विनिताले बागमतीकी निश्मा गुरुङ तथा सरस्वतीले कोशीकी त्रिशा जबेगुलाई फाइनलमा पन्छाए । 

प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः २५  हजार, १५  हजार र सात हजार पाँच सय / सात हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गरे ।

नेपाल बक्सिङ संघको प्राविधिक सहयोगमा भएको पाँचदिने प्रतियोगितामा पुरुष/ महिलामा समान ५४ गरी एक सय आठ खेलाडीले सहभागिता जनाएका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो