कार्तिक २८, २०८२ शुक्रबार | २२:३२:३३
सिद्धार्थ बिजनेश ग्रुप सुदूरपश्चिमको हस्पिटालिटी पार्टनर कोल्सावालले पुनः कर्णालीबाटै खेल्ने महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई नव जन जागृतिलाई शीर्ष स्थान, काँक्रे बिहारले गाईघाटलाई हरायो स्कट कुगेलेइन र जोश ब्राउन नेपाल आइपुगे लिगको एजेन्डामा छलफल गर्न क्लबलाई एन्फाको पत्र जेरहार्ड इरस्मस नेपालमा सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स च्याम्पियन एनपिएलका लागि नेपाल आइपुगे प्रियाङ्क पन्चाल इङ्ल्यान्डको विजयी यात्रा जारी सिद्धार्थ बिजनेश ग्रुप सुदूरपश्चिमको हस्पिटालिटी पार्टनर कोल्सावालले पुनः कर्णालीबाटै खेल्ने महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई नव जन जागृतिलाई शीर्ष स्थान, काँक्रे बिहारले गाईघाटलाई हरायो स्कट कुगेलेइन र जोश ब्राउन नेपाल आइपुगे लिगको एजेन्डामा छलफल गर्न क्लबलाई एन्फाको पत्र जेरहार्ड इरस्मस नेपालमा सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स च्याम्पियन एनपिएलका लागि नेपाल आइपुगे प्रियाङ्क पन्चाल इङ्ल्यान्डको विजयी यात्रा जारी

एन्फा राजनीतिको प्रभावः फिफा कङ्ग्रेसमा उपाध्यक्ष शाहीको सट्टा सदस्य विष्टलाई पठाइयो

काठमाडौं । उपाध्यक्ष विराटजंग शाहीको नाम अन्तिम समयमा हटाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राई र सदस्य मणिराज विष्ट फिफा कङ्ग्रेसमा सहभागी हुन रुवान्डा प्रस्थान गरेका छन् ।

एन्फाले यसअघि अध्यक्ष नेम्बाङ र महासचिव राईसँगै उपाध्यक्ष शाहीको नाम सिफारिस गरेको थियो । सोहि अनुसार तीनै सदस्यको टिकट समेत प्राप्त भएको थियो । तर, अन्तिम समयमा शाहीको नाम हटाउँदै विष्टलाई फिफाको ७३औं कंग्रेसमा लगिएको हो ।

एन्फाको पछिल्लो विवादपछि शाहीको नाम हटाइएको बुझिएको छ । सत्तापक्षभित्रै असन्तुष्ट रहँदै आएका शाहीलाई बिहीबार रुवान्डामा हुने कङ्ग्रेसमा लैजाँदा गोप्यकुरा बाहिरिने डरले आफ्नो नाम हटाएको शाहीले बताएका छन् । शाहीले ४० वर्ष फुटबलमा लाग्दा पहिलो पटक ठूलो अपमानित भएको जनाएको छन् ।

‘एन्फाका अबैधानिक र अनियमितताको कार्यहरु आखा चिम्लिएर सहयोग गर्ला भनेर मेरो नाम राख्नु भएको थियो होला । फिफा कंग्रेसमा नाम राखिसकेपछि मैले एन्फामा भएका  अवैधानिक कार्यहरु र आर्थिक अनियमितताको विषयमा विभिन्न बैठकमा समर्थन नगरेपछि  मेरो नाम काटिएको हो,’ शाहीले सामाजिक संञ्जालमा लेखेका छन् ।

तीन सदस्यीय टोली टर्की एयरलाइन्सबाट किगाली पुग्दैछ । काठमाडौं फर्कँदा कतार एयरवेजबाट फर्कने कार्यक्रम छ । यसअघि शाहीसहित तीन उपाध्यक्ष (दीपक खतिवडा, दीर्धबहादुर केसी) तथा आठ केन्द्रिय सदस्यले एन्फाको अनियमितता र अबैधानिक कार्यको भण्डाफोर गर्दै आएका थिए । यता, विष्टले भने अध्यक्षलाई साथ दिँदै आएका छन् । यसपछि नेम्बाङ र राईसँगै विष्टको टिकट परिवर्तन भएर आएको बुझिएको छ ।

शाहीले आफू रुवान्डा जान घरपरिवारबाट विदाई भई अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि मात्रै आफ्नो स्थानमा अर्का व्यक्तिको नाम भएको थाहा पाएको बताएका छन् । ‘फिफा कंग्रेसमा जानको लागि अध्यक्ष, महासचिव र मेरो नाम पठाएको थियो । जस अनुसार मेरो नाममा टिकट र  भिसा पनि आयो र जाने तयारी पनि गरे । फिफा प्रतिनिधीको तर्फबाट फुटबल खेल्ने फारममा पनि हस्ताक्षर गरेर पठाएको थिए । आज घरबाट श्रीमती र घरपरिवारबाट बिदा भई एयरपोर्ट गए । ऋजभअपष्लन  काउन्टरमा गएपछि थाहा पाए मेरो नाम त हटाइसकिएको रहेछ,’ शाहीले भने । ‘हटाउनु थियो भने पनि कमसेकम मलाई जानकारी गराएको भए यस किसिमको अपमानित हुनुपर्ने थिएन । घरबाट बिदाबारी भएर गइसकेको व्यक्तिले घरमा गएर के भन्ने ?’

यद्यपि, यसविषयमा आफुलाई कुनै जानकारी नभएको महासचिव राईले बताएका छन्, ‘यो विषयमा मलाई केहि थाहा छैन,’ राई पन्छिए ।


शाहीले सामाजिक सञ्जालमा जे लेखे–
करिब ४० बर्ष इमान्दारी पूर्वक फुटबलमा गरेको योगदान  र तपाईलाई अध्यक्ष बनाउन गरेको महत्वपूर्ण सहयोग गरेको बापतमा आज जीवनमै सबैभन्दा ठूलो अपमानित हुनु पर्याे । त्यसको लागि एन्फा अध्यक्ष ज्यू लाई धेरै धेरै धन्यवाद ।
फुटबलसँग आबद्ध भएका सबै साथीहरूको जानकारीको लागि ।
फिफा कंग्रेसमा जानको लागि अध्यक्ष, महासचिव र मेरो नाम पठाएको थियो । 
जस अनुसार मेरो नाममा टिकट र  भिसा पनि आयो र जाने तयारी पनि गरे ।
फिफा प्रतिनिधीको तर्फबाट फुटबल खेल्ने फारममा पनि हस्ताक्षर गरेर पठाएको थिए ।
आज घरबाट श्रीमती र घरपरिवारबाट बिदा भई एयरपोर्ट गए । ऋजभअपष्लन  काउन्टरमा गएपछि थाहा पाए मेरो नाम त हटाइसकिएको रहेछ ।
हटाउनु थियो भने पनि कमसेकम मलाई जानकारी गराएको भए यस किसिमको अपमानित हुनुपर्ने थिएन । घरबाट बिदाबारी भएर गैसकेको व्यक्तिले घरमा गएर के भन्ने ?

वर्तमान अध्यक्षलाई चुनाव जिताउन मैले के मात्र गरिन होला ।
अर्काे पक्षबाट समेत वरिष्ठ उपाध्यक्षमा लड्न अफर आएको र आफ्नै टिममा पनि सबैले वरिष्ठ उपाध्यक्षमा चुनाव लड्नुपर्छ भनि ठूलो दबाब  भएतापनि  टिम र अध्यक्षलाई   अफ्ठ्यारो पर्ला भनी हालका वरिष्ठ उपाध्यक्ष म भन्दा जुनियर भएतापनि उपाध्यक्षमा लडेर गरेको बलिदानको  बापतमा जीवनमै सबैभन्दा ठूलो अपमानित भए । 
एन्फा अध्यक्ष ज्यू
एन्फा तपाईको व्यक्तिगत कम्पनी र बिर्ता होइन । 
मलाई फिफा कंग्रेसमा लगेर तपाईले गर्नुभएका सबै अबैधानिक र अनियमितताको कार्यहरु आखा चिम्लिएर सहयोग गर्ला भनेर मेरो नाम राख्नु भएको थियो होला । मैले खेलकुदमा आजीवन इमानदारीपूर्वक काम गरेको सबैलाई थाहा छ । 
फिफा कंग्रेसमा नाम राखिसकेपछि पनि मैले एन्फामा भएका अवैधानिक कार्यहरु र आर्थिक अनियमितताको विषयमा मैले विभिन्न बैठकमा समर्थन नगरेपछि मेरो नाम काटिएको हो भने यसमा म आफूलाई गर्व महसुस गर्दछु ।
विराट शाहलाई विदेश लगेर पनि  तपाईंले गरेका अबैधानिक र अनियमितताको आखा चिम्लिएर हो मा हो मिलाउने म परिन ।
मेरो नाम काटेर कुन व्यक्ति जानु भएको छ मलाई जानकारी छैन । जो जानु भएको छ  उहाले भविष्यमा कस्तो भूमिका खेल्नु हुन्छ प्रतिक्षाको विषय रहेको छ ।
जुन अपमान आज मैले भोग्नुपरेको छ । जब अन्य साथीहरुले पनि ढिलोचाडो यस्तै अपमान सहनु पर्याे भने थाहा हुन्छ । अहिले मैले कस्तो पीडा भोगिरहेको छु भनेर ।
के कति कारणले मेरो नाम काटियो यसको जवाफ अध्यक्षले कार्यसमितिको बैठकमा र साधारण सभामा जवाफ दिनुपर्नेछ ।
अध्यक्ष को यो निर्णयले आज के प्रष्ट भयो भने जतिसुकै अवैधानिक कार्यको समर्थन गर्ने   वा अवैधानिक कार्यको बिरोध गर्दा मैले जस्तै अपमान सहनु पर्ने हुन्छ ।
अन्तमा फुटबलसग आबद्ध सबैसग के अनुरोध गर्न चाहन्छु भने विदेश जानु ठूलो कुरा होइन । जुन तरिकाले म अपमानित भएको छु, अन्य साथीहरूले यस किसिमको अपमानित हुनु नपरोस । 
यस्ता किसिमको गलत कार्यको हरेक तहबाट सबैको सहयोग र सद्भावको आशा राखेको छु ।   
जय भकुण्डो  
जय नेपाली फुटबल


 


भिडियो
JAGAT TAMATA II MULPANI CRICKET को स्वर्ग हो II अर्को वर्ष NPL भ्याउने गरि यसलाई भव्य बनाउनुपर्छ II
KATHMANDU को नयाँ रुप II नयाँ COACH का साथ यसपालीको लक्ष्य उपाधि II MONTY DESAI II NPL SEASON 2
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President