सहिद स्मारक ए डिभिजन लिग

पहिलो जितको खोजीमा फ्रेन्ड्स र थ्री स्टार

काठमाडौं । फ्रेन्ड्स क्लब र थ्री स्टार क्लब सहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरणमा भिड्दै पहिलो जितको खोजीमा हुनेछन ।

पहिलो खेलमा फ्रेन्ड्स नवप्रवेशी एफसी खुमलटारसँग १–० ले निराश भएको थियो । गत सिजन शीर्ष डिभिजनको हैसियत जोगाउन संघर्षरत देखिएको फ्रेन्ड्सले यस पटक शीर्ष ६ को लक्ष्य लिएको छ । 

यता थ्री स्टार पनि पहिलो जितको खोजीमा छ । पहिलो खेलमा थ्री स्टार विभागिय क्लब एपिएफसँग २-० ले पराजित भएको थियो । पहिलो रोजाईको गोलकिपरमा विदेशी खेलाडी अनुबन्ध गर्ने तयरी गरेको थ्रि स्टारले ती खेलाडीको अनुबन्धमा केही प्रक्रिया बाँकी रहेकाले एपिएफविरुद्ध तेस्रो रोजाईका गोलकिपर मैदान उतारेको थियो । दोस्रो रोजाईका गोलकिपर पूर्ण चेम्जोङ गत साता सम्पन्न केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसिपमा घाइते भएका थिए । 

एपिएफले दुवै गोल थ्री स्टारका गोलकिपरको गल्तीमा गरेको थियो ।

त्यस्तै श्रम स्विकृत नआएकै रक्षक पिटर सेगुन एपिएफविरुद्ध टोलीमा थिएनन । 
खेल २ः३० बजे च्यासल फुटबल मैदानमा हुनेछ ।