सहिद स्मारक ए डिभिजन लिग

दुई नवप्रवेशीको भिडन्त

काठमामडौं । सहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरणमा आमने सामने हुँदा दुई नवप्रवेशी चर्च ब्वाइज क्लब र एफसी खुमलटार सुखद नतिजाको निरन्तरता चाहन्छन ।

खुमलटारले उद्घाटन खेलमा शुक्रबार फ्रेन्ड्स क्लबलाई १-० ले हराएको थियो । जसका लागि मेसुकेले गरेको गोल निर्णायक बनेको थियो । फ्रेन्ड्सविरुद्ध मेसुके र स्टेफिन बिनोङ लयमा देखिएका थिए । खुमलमटार चर्च ब्वाइजविरुद्ध पनि यी दुई खेलाडीको लय कायम रहोस भन्ने चाहन्छ । 

यता पहिलो खेलमा विमागिय क्लब नेपाल पुलिस क्लबलमाथि २-१ को पुनरागमन जित निकालेको चर्च ब्वाइज पनि जित यात्राको निरन्तरता चाहन्छ । नेपाली राष्ट्रिय फुटबल टोलीका अनुभवी रक्षक अनन्त तामाङको कप्तानीमा रहेको चर्च ब्वाइज जित निकाल्दै लिगमा आफू बलियो टोरी रहेको सन्देश दिन चाहन्छ । 

गत सिजनको बी डिजिभन विजेताको हैसियतमा चर्च ब्वाइज ए डिभिजनमा उक्लिएको थियो भने खुमलटार उपविजेताको रुपमा बढुवा भएको थियो । 

खेल २ः३० बजे एन्फा मुख्यालय सातदोबाटोमा हुनेछ ।