वैशाख २८, २०८२ आइतबार | २१:५९:१३
नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

सजिलो छैन मोरक्कोलाई

रोमन साइस, अकराफ हकिमी, युसुफ नेसरी, हाकिमी जियाक, नासेर मजरावी जस्ता खेलाडीको प्रतिभाका हिसाबले हेर्ने हो भने कतार विश्वकप खेल्ने पाँच अफ्रिकी टोली मध्ये मोरक्को सबैभन्दा बलियो टोली हो ।

अहिले मोरक्कोको फुटबल दोस्रो सुनौलो पुस्ताले नेतृत्व गरिरहेको छ । यी खेलाडीहरु प्रिमियर लिग, ला लिगा, सिरी ए, बुन्डेसलिगा, लिग वान र एरेडिभिसीजस्ता युरोपका शीर्ष लिगमा सक्रिय छन् ।

कतार विश्वकपमा ठूला टिमहरु मोरक्कन प्रतिभाहरु बारे सचेत हुनेछन्, त्यसमा दुई मत छैन । चार वर्ष अगाडि पनि प्रायः यिनै खेलाडीका साथ मोरक्को रुस पुगेको थियो । तर त्यतिबेला टोलीसँग अनुभवको कमि थियो । त्यसैले टिमले बलियो खेल प्रस्तुत गर्दा गर्दै पनि समूहको दुई खेलमा पराजय भोग्दै पहिलो चरणबाटै घर फर्किएको थियो ।

यही कारण कतारमा विगतका गल्ती सच्याउँदै नकआउट चरण पुग्नु मोरक्कोको लक्ष्य हुनेछ । यसका लागी टिम सक्षम छ र साथमा यसपाली टोलीसँग पछिल्लो पटकको अनुभव पनि हुनेछ । मोरक्को यसपाली बेल्जियम, क्यानाडा र क्रोएशिया रहेको समूहमा छ ।

मोरक्को सन् १९५६ मार्च २ मा फ्रान्सबाट पूर्ण रुपमा स्वतन्त्र भएको हो । त्यसको एक वर्ष अगाडि नै मोरक्कोमा फुटबलको परिचालक निकाय ’रोयल मोरक्कन फुटबल महासंघ’ को स्थापना भइसकेको थियो ।

मोरक्को विश्वकप खेल्ने दोस्रो अफ्रिकि मुलुक हो । टोलीले १९७० मेक्सिकोमा पहिलो पटक विश्वकप खेलेको हो । अहिलेसम्म मोरक्कोले पाँच पटक विश्वकप खेलिसकेको छ । महादेशीय प्रतिस्पर्धामा टोलीले १९७६ मा एक पटक 'अफ्रिकन कप अफ नेसन्स’ जितेको छ ।

१९७० पछि टोलीले फेरि मेक्सिकोमै भएको विश्वकप १९८६ खेलेको हो । त्यही संस्करण मोरक्कोको सबैभन्दा सफल विश्वकप हो समूह चरणको पहिलो दुई खेलमा पोल्यान्ड र इङ्ल्यान्डलाई गोलरहित बराबरीमा रोकेको मोरक्कोले तेस्रो खेलमा पोर्चुगललाई ३-१ ले पराजित गरेर विजेताका रुपमा नकआउट चरण पुग्यो । पहिलो अफ्रिकी टोलीका रुपमा विश्वकपको नकआउट चरण पुगे पनि टोली अन्तिम १६ को खेलमा पश्चिम जर्मनीसँग पराजित भएर घर फर्कियो ।

चार वर्षपछिको इटाली १९९० लाई छनोट हुन असफल मोरक्कोका लागि १९९४ मा अमेरिकामा भएको विश्वकप सुखद हुन सकेन । नेदरल्यान्डस्, साउदी अरेबिया र बेल्जियम रहेको समूहमा सबै खेल हारेपछि टोली अंकविहिन हुँदै घर फर्कियो ।

फ्रान्स १९९८ मा मोरक्कोले राम्रो खेले पनि टोली एक जित, एक बराबरी र एक हारको नतिजासहित पहिलो चरणबाटै बाहिरियो ।

१९९८ पछि मोरक्को २० वर्षसम्म विश्वकपमा छनोट भएन । यसबीच टोलीले फाइनलमा लिबियालाई हराउँदै २०१२ को अरब कप भने जित्यो । दुई दशकपछि विश्वकपमा पुनरागमन जनाउँदा चार वर्षअघि रुसमा मोरक्को इरान र पोर्चुगलसँग पराजित भएपछि अन्तिम खेलमा स्पेनसँग बराबरी नतिजा निकाल्नाका बावजुद पहिलो चरणबाटै घर फर्कियो ।

यसपाली मोरक्कोको टिमबाट आशा गर्ने ठाउँ धेरै छन् । खासगरी खेलाडीले व्यावसायिक फुटबलमा गरेको प्रदर्शन र एउटा टिमको रुपमा मोरक्कोले लिएको लयबाट कतारमा टोली नकआउट चरण पुग्ने आशा गर्न सकिन्छ । तर बेल्जियम र क्रोएसियाजस्ता दुई महारथी रहेको समूह पार गर्न मोरक्कोले कम्तिमा एउटा स्तब्धतापूर्ण नतिजा ल्याउनुपर्नेछ ।

हेर्नलायक खेलाडी

एकरफ हकिमी (पेरिस सेन्ट जर्मन)

एकरफ हकिमी वर्तमान विश्व फुटबलका उत्कृष्ट रक्षकमध्ये एक हुन् । राइट ब्याक हकिमी स्पेनिस महारथी रियल मड्रिडका उत्पादन हुन् ।

हाल फ्रेन्च क्लब पिएसजीमा आवद्ध हकिमी छिटो, गतिशील र शक्तिशाली छन् । २४ वर्षे हकिमीलाई आधुनिक फुटबलका सम्पूर्ण रक्षकका रुपमा बयान गरिन्छ ।

विश्वकपमा दोस्रो सहभागिता जनाउने तयारीमा रहेका हकिमीले २०१६ मा १७ वर्षको उमेरमै राष्ट्रिय टोलीका लागि खेलेका थिए । उनले मोरक्कोको टोलीबाट ५३ वटा अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।

कतारमा हकिमीको प्रदर्शन मोरक्कोका लागि सबैभन्दा महत्वपूर्ण हुनेछ । हकिमीसँगै कप्तान रोमन साइस, हाकिमी जियाक र नासेर मजरावीको भूमिका पनि महत्वपूर्ण रहनेछ ।

विश्वकपमा मोरक्को

विरुद्ध क्रोएसिया (अल बायात रंगाशाला)
मंसिर ७ गते, दिउँसो ३ः४५ बजे

विरुद्ध बेल्जियम (अल थुमामा रंगशाला)
मंसिर १२ गते, साँझ ६ः४५ बजे

विरुद्ध क्यानाडा (अल थुमामा रंगशाला¬)
मंसिर १५ गते, राति ८ः४५ बजे


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP