वैशाख २८, २०८२ आइतबार | २२:१०:४३
नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

क्रोएसियाको उपाधि लक्ष्य

कुनै बेला क्रोएशिया र नेपालबीचको फिफा वरियता अन्तर जम्मा दुई अंकको थियो । यो कुरा हो सन् १९९४ मार्चको । त्यतिबेला क्रोएशिया आधिकारिक रुपमा युगोस्लाभीयाबाट स्वतन्त्र भएको मात्र तीन वर्ष बितेको थियो ।

तर त्यसयता २८ वर्षको बीचमा क्रोएसियाले पाँच पटक विश्वकप खेलिसकेको छ । कतार विश्वकप कान्छो युरोपेली मुलुकका लागि छैटौं विश्वकप हो । वरियतामा पनि कतार विश्वकपअघि नेपाल र क्रोएसियाबीचको अन्तर एक सय ६३ को स्थानको भइसकेको छ । क्रोएसिया फिफा वरियताको १२औं स्थानमा रहँदा नेपाल भने एक सय ७५औं स्थानमा संघर्ष गरिरहेको छ । क्रोएसियाबाट लुका मोडरिचले बालन डी’अर जितिसक्दा नेपाली खेलाडी भने फुटबलमा भविष्य नदेखेर विदेशीन बाध्य छन् ।

क्रोएशिया युगोस्लाभियाबाट स्वतन्त्र भएको देश हो । युगोस्लाभियामा लामो समयदेखि विभिन्न जातीय समूहहरु बीच विभाजन र कलहको उपस्थिति थियो । यिनै कारणहरुले गर्दा युगोस्लाभिया १९९० को दशकमा गृहयुद्धमा होमियो । त्यसैको फलस्वरुप १९९१ जुन २५ मा स्लोभेनिया र क्रोएसियाले आफ्नो स्वतन्त्रता घोषणा गरे । अहिले युगोस्लाभियाबाट स्वतन्त्र हुने त्यो सुचिमा बोस्निया र हर्जगोभिना, म्यासेडोनिया, मोन्टेनेग्रो र सर्बिया पनि थपिएका छन् ।

स्वतन्त्रता अगाडि क्रोएसियाली खेलाडीले युगोस्लाभियाको राष्ट्रिय टोलीबाट खेले । युगोस्लोभियाले विभिन्न ६ रास्ट्रमा विभाजन हुनु अगाडि आठ पटक विश्वकप र चार पटक युरोपियन च्याम्पियनसिप खेलेको थियो । युगोस्लाभिायाले अन्तिम पटक १९९० को इटाली विश्वकप खेलेको थियो ।

स्वतन्त्र क्रोएसियाले फिफाको सदस्यता लिएको चाहिँ सन् १९९२ जुलाई ३ मा हो । उसको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता इङ्ल्यान्डमा भएको १९९६ को युरोपियन च्याम्पियनसिप हो । आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा क्रोएशिया अन्तिम आठ सम्म पुगेको थियो ।

विश्वकपमा चाँही फ्रान्स १९९८ क्रोएसियाको पहिलो हो । पहिलो सहभागितामा नै क्रोएसियाले विश्वकप फुटबलमा ठूलो छाप छोड्यो । टिमले तेस्रो स्थान हासिल गर्दै सारा विश्वलाई चकित पार्यो । यो शृंखला प्लेअफमा नेदरल्यान्ड्सलाई हराएर तेस्रो स्थान हासिल नगरेसम्म नै कायम रहयो । टिम विश्व फुटबलमा नयाँ थियो । तर, विश्वकपको अनुभव केही खेलाडीहरुलाई नौलो भने थिएन । युगोस्लाभियाबाट विश्वकप खेलिसकेका थिए ।

रोबर्ट प्रोसिनेकी, रोबर्ट यार्नी, र डेभोर सुकरले १९९० मा युगोस्लाभियाबाट विश्वकप खेलेका थिए । तर क्रोएशियाको प्रतिनिधित्व गरिरहँदा हरेक खेलाडीमा गर्वको भावना भने प्रष्टै देखिन्थ्यो । त्यसै गरी आफ्नो देशको खेल हेर्न फ्रान्स पुगेका क्रोएशियाली जनताहरु झणडा फहराउन पाउँदा निकै हर्षित र भावुक थिए । यहि भावुक राष्ट्रिय गौरव टिमको सफलताको प्रमुख प्रेरणादायी शक्ति बन्यो ।

त्यसपछि टोली २००२, २००६, २०१४ का विश्वकपमा समूह चरणबाटै बाहिरियो । २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपका लागि टोली छनोट चरणमै असफल भयो । गत संस्करणको विश्वकपमा भने क्रोएसियाले इतिहासकै उत्कृष्ट प्रदर्शन गर्यो । रुस २०१८ मा  टिम विश्व बिजेता फ्रान्स भन्दा एक कदम मात्र पछाडि रह्यो ।

रियाल मड्रिडका मिडफिल्डर लुका मोडरिचको कप्तानीमा रुस पुगेको टिममा विश्वस्तरीय खेलाडीहरुको बाहुल्य थियो । यही कारण टिमले विश्वकपमा फाइनलको टिकट काट्दै दुई दशकअघिको जस्तै पूरा जिवश्वको ध्यान आफूतिर तान्यो ।

नाइजेरिया, अर्जेन्टिना र नव प्रवेशी आइसल्यान्ड सम्मिलित समूहमा थियो । समूहका तीनवटै खेलमा सनसनीपूर्ण जितको नतिजा निकाल्दै टोलीले नकआउट चरणको यात्रा गर्यो ।

त्यसपछि डेनमार्क, आयोजक रुस र इङ्ल्यान्डलाई पाखा लगाउँदै टोली फाइनल पुग्यो जहाँ  क्रोएसिया डिडियर डेशच्याम्पसको फ्रान्ससँग ४-२ को अन्तरले पराजित भयो । तर, प्लेअफमा इङ्ल्यान्डलाई हराउँदै क्रोएसियाले तेस्रो स्थान हासिल ग्यो भने मोडरिच उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल पुरस्कारको हकदार बने ।

२०१८ मा विश्व फुटबलको सबभन्दा महत्वपूर्ण ट्रफी उचाल्नबाट टोली एक खेलले मात्र चुक्यो । जुन यसपाली कतारमा पूरा गर्ने अभियानमा टोली हुनेछ । क्रोएसियाली फुटबलले जन्माएका महानमध्येका एक खेलाडी मोडरिचको हकमा सम्भवत कतार विश्वकप अन्तिम हुन सक्छ ।

उमेरले ३७ वर्ष पुगिसके पनि उनमा एउटा सर्वोत्कृष्ट खेलाडीमा हुनुपर्ने फूर्ती अझै बाँकी छ । पछिल्लो विश्वकपका प्रमुख सदस्यहरु मारियो मान्ड्जुकिच, ड्यानियल सुबासिस, इभान स्ट्रिनिकले विश्वकप लगत्तै सन्यासको घोषणा गरेका थिए । यी अनुभवी खेलाडी विना क्रोएसियाले युरो २०२० मा अन्तिम १६ सम्मको मात्र यात्रा गरेको थियो । कतारमा पनि मोडरिच र टिमलाई यी खेलाडीको आवश्यकता खट्किनेछ । तर, उपाधिको लक्ष्यमा भने नडगमगाएको मोडरिचले बताएका छन् ।

हेर्नलायक खेलाडी

लुका मोडरिच (रियाल मड्रिड)

पछिल्लो विश्वकपको गोल्डेन बल विजेता कप्तान लुका मोडरिच उमेरले ३७ वर्ष पुगिसकेका छन् । कतार विश्वकप आफ्नो अन्तिम अन्तराष्ट्रिय प्रतियोगिता हुने उनले यसअघि नै संकेत गरिसकेका छन् । त्यसैले मोडरिच क्रोएसियाली टिममा यसपाली आकर्षणको केन्द्र रहने पक्का छ ।

चार वर्षअघि रुसमा मोडरिचकै उच्च प्रदर्शन तथा नेतृत्वको प्रेरणामा क्रोएसियाले फाइनलसम्मको यात्रा गरेको थियो ।

विश्वकप र क्लब फुटबलको प्रदर्शनका कारण मोडरिचले क्लब सहकर्मी व्रिmस्टियानो रोनाल्डो र फ्रान्सका एन्टोएन ग्रिजम्यानलाई पछि पार्दै २०१८ मा बालन डी'अर जितेका थिए ।

पछिल्लो सिजन पनि मोडरिचका लागि विशेष नै रह्यो । उनले रियालबाट घरेलु लिग र व्यक्तिगत पाँचौं च्याम्पियन्स लिगको उपाधि जितेका थिए । मुख्यतया सेन्ट्रल मिडफिल्ड पोजिसनमा खेल्ने मोडरिच आक्रामक र रक्षात्मक मिडफिल्डमा पनि खेल्न रुचाउँछन् । यसपाली पनि मोडरिचको अनुभव र कहिल्यै हार नमान्ने मानसिकता क्रोएसियाको यात्रामा महत्वपूर्ण रहनेछ ।

विश्वकपमा क्रोएसिया

विरुद्ध मोरक्को (अल बायात रंगाशाला)
मंसिर ७ गते, दिउँसो ३ः४५ बजे

विरुद्ध क्यानाडा (खलिफा अन्तर्राष्ट्रिय रंगशाला)
मंसिर १२ गते, राति ९ः४५ बजे

विरुद्ध बेल्जियम (अहमद बिन अली रंगशाला)
मंसिर १५ गते, राति ८ः४५ बजे

(एजेन्सीहरुको सहयोगमा)


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP