वैशाख २८, २०८२ आइतबार | २२:०९:४७
नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

बेल्जियमको सुनौलो पुश्तासामू अन्तिम अवसर

काठमाडौं । केभिन डी ब्रुयना, रोमेलु लुकाकु, इडेन हाजार्ड, एक्सल विट्सेल र थियाबाउट कोर्टवा, विश्व फुटबलमा मैदानभित्र तहल्का मच्चाइरहेका स्टारहरुको नाम हुन् ।

विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको २२औं संस्करण मंसिर चार गतेबाट मध्यपूर्वको सानो देश कतारले आयोजना गर्दैछ । त्यो विश्वकपमा विश्वभरका उत्कृष्ट खेलाडी सम्मिलित ३२ टोलीको सहभागिता रहनेछ । तर, कोम्पनी, डी ब्रुयना, लुकाकु, हाजार्ड, विट्सेल र कोर्टवाजस्ता खेलाडीहरु एउटै टिममा रहेर उपाधिका लागि चुनौती प्रस्तुत गर्दैछन्, बेल्जियमका लागि ।

बेल्जियम साच्चिकै भाग्यमानी छ । त्यही भएर युरोपेली यो देशको टोलीमा ति सब स्टार खेलाडीको उपस्थिती छ । त्यसैले बेल्जियमको यो पुश्तालाई सुनौलो पुश्ताको रुपमा विश्व फुटबलले स्वीकारिसकेको छ ।

२०१४ मा ठ्याक्कै १२ वर्षपछि बेल्जियमले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा पुनरागमन गर्यो । यसअघि २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रुपमा आयोजना गरेको विश्वकप खेलेको बेल्जियमले त्यसपछि २०१४ सम्म कुनै पनि विश्वकप र महादेशीय कप युरोपियन च्याम्पियनसिप खेलेन ।

अन्ततः ब्राजिलमा भएको २०औं संस्करणमार्फत यही सुनौलो पुश्ताको प्रेरणासहित बेल्जियमले प्रभावशाली पारामा विश्वकपमा पुनरागमन जनायो । पर्याप्त क्षमता र उच्चस्तरीय व्यावसायिक अनुभव भए पनि राष्ट्रिय टोलीका रुपमा ठूला प्रतियोगिताको अनुभव थिएन । यही कारण अन्तिम आठमा विश्वकप उपविजेता अर्जेन्टिनासँग पराजित हुँदै बेल्जियम दक्षिण अमेरिकाबाट घर फर्कियो ।

रुस २०१८ सम्म आइपुग्दा बेल्जियन खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा पर्यापत अनुभव बटुलिसकेका थिए । त्यसैको फलस्वरुप रोबोर्टो मार्टिनेजको टोली क्वार्टरफाइनलमा ब्राजिललाई हराउँदै रुसमा एक कदम अगाडि बढ्यो । तर अन्तिम चारमा फ्रान्ससँग एक गोलले पराजित भयो । फ्रान्स च्याम्पियन भएको त्यो संस्करणमा टोली रित्तो हात भने घर फर्किनु परेन । प्लेअफमा इङ्ल्यान्डलाई पराजित गर्दै टोली तेस्रो स्थान हासिल गर्न सफल भयो ।

कतार विश्वकपसम्म आइपुग्दा बेल्जियम र इडेन हाजार्डको नेतृत्वमा रहेको सुनौलो पुश्ताले अझै बढि अनुभव बटुलिसकेको छ । ढल्कँदो उमेरका खेलाडीहरुको यो जमातबाट विश्वकप जित्ने बेल्जियमसँग अन्तिम आशा छ ।

पूर्व कप्तान भिन्सेन्ट कोम्पनीले फुटबलबाट सन्यास लिइसके । चार वर्ष अगाडि टिमको नेतृत्व सम्हालेका हाजार्ड पछिल्लो समय चोटबाट निक्कै सताइएका छन् र उनको खेल स्तर पनि खस्किएको छ । यस्तोमा टिमलाई गार्हो भने अवश्य हुनेछ । तर, यतिको सुनौलो पुस्ताबाट पनि विश्वकप जित्न नसके बेल्जियमले अफसोच मान्नुवाहेक अरु केही गर्न सक्दैन ।

बेल्जियमका लागि सर्वाधिक गोल गर्नेको सुचीमा अहिलेकै यही पुश्ताका दुई खेलाडी छन् । बेल्जियन टोलीका लागि लुकाकुले सर्वाधिक ६८ गोल गरिसकेका छन् । उनी पछि हाजार्ड ३३ गोलका साथ दोस्रो स्थानमा छन् ।

फिफा विश्व वरियताको शीर्ष स्थानमा लामो समय कव्जा जमाएको बेल्जियम यसपाली दोस्रो स्थानमा रहेर कतारको भ्रमणमा निस्कँदैछ । कतारमा टोलीले समूह एफमा क्यानाडा, मोरक्को र क्रोएशियासँग प्रतिस्पर्धा गर्नेछ ।

२०औं सताव्दीको पूर्वाद्र्धदेखि नै अन्तरराष्ट्रिय फुटबल खेलेको इतिहास भए पनि बेल्जियमको पहिलो आधिकारिक उपस्थिति १९२० को ओलम्पिकमा भएको थियो । आफ्नै देशमा भएको ओलम्पिकमा बेल्जियमले त्यतिबेला विवादास्पद तरिकाले स्वर्ण पदक जितेको थियो ।

रेफ्रीको निर्णयमा असहमति जनाउादै चेकोस्लोभाकियाका खेलाडीले बीचमै खेल त्यागेपछि बेल्जियमले स्वर्ण पदक जितेको थियो । विश्वकपमा पहिलो संस्करणदेखि नै सहभागिता जनाएको बेल्जियमले १९३०, १९३४, १९३८ का पहिलो तीन संस्करणमा एक खेल पनि नजिति समूह चरणबाटै घर फर्कियो ।

बेल्जियमले त्यसपछि दोस्रो विश्वयुद्धपछि १९५० मा भएको विश्वकपमा सहभागिता जनाएन । दोस्रो विश्व युद्धपछि बेल्जियन फुटबलमा थप कठिनाइहरु आए । १९५४ मा पहिलो खेलमा इङ्ल्यान्डसँग ४-४ को बराबरी खेले पनि दोस्रो खेलमा इटालीसँग टोली ४-१ को नतिजामा पराजित भयो ।

त्यसपछि भने बेल्जियम १९७० को विश्वकपमा मात्र छनोट भयो । त्यही संस्करणमा टिमले पहिलो पटक विश्वकप खेलिरहेको एल साल्भाडोरमाथि ३-० को जित निकाल्यो । विश्वकप इतिहासमा त्यो बेल्जियमको पहिलो जित थियो । तथापि सोभियत युनियनसँग ४-१ ले पराजित भएपछि टोलीको यात्रा थप लम्बिएन ।

रो १९८० को फाइनल पुगेको बेल्जियमले त्यसपछि लगातार १९८२, १९८६ र १९९० को विश्वकपमा सहभागिता जनायो । १९८२ को विश्वकपमा बेल्जियमले लगातार साविक विजेता अर्जेन्टिना र एल साल्भाडोरलाई हराउनाका साथै हंगेरीसँग बराबरी खेलेर पहिलो पटक पहिलो चरण पार गर्यो ।

१९८६ मा टोली पहिलो पटक अन्तिम चारमा प्रवेश गर्यो । पहिलो खेलमै आयोजक मेक्सिकोसँग पराजित भए पनि इराकलाई हराउनाका साथै पाराग्वेसँग बराबरी खेलेर टोलीले समूह चरण पार गरेको थियो । अन्तिम १६ मा सोभियत युनियन तथा क्वार्टरफाइनलमा स्पेनलाई टाई ब्रेकरमा हराउँदै बेल्जियमले ऐतिहासिक यात्रा तय गरेको थियो ।

१९९० इटाली विश्वकपमा बेल्जियम अन्तिम १६ मा इङ्ल्यान्डसँग १-० ले पराजित हुँदै घर फर्क्यो । बेल्जियमले त्यसपछि  तिनवटा संस्करणमा केहि नयाँ गर्न सकेन । अमेरिका १९९४ मा टोली अन्तिम १६ मा जर्मनीसँग पराजित भयो । त्यसै गरी टिमले १९९८ मा समूह चरण नै पार गर्न सकेन । त्यसको चार वर्षपछि २००२ मा टोली च्याम्पियन ब्राजिलसँग अन्तिम १६ मा पराजित भयो ।

१९९० पछि बेल्जियम फुटबल ओरालो लाग्न सुरु भयो । १२ वर्ष पछि २०१४ मा ब्राजिल विश्वकप मार्फत अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेपछि भने बेल्जियन फुटबल सुनौलो युगमा छ । कुनै पनि अन्तर्राष्ट्रिय उपाधि विना फिफा वरियतामा पहिलो हुने देश हो बेल्जियम । बेल्जियम दोस्रो पटक सेप्टेम्बर २०१८ मा फिफा वरियताको पहिलो स्थानमा उक्लियो । त्यसपछि उसले झण्डै चार वर्ष एकलौटी राज गर्यो ।


तीन वर्षपछि बेल्जियम युरो २०२० मा च्याम्पियन इटालीसँग अन्तिम आठमा २-१ ले पराजित भयो । पछिल्लो समयका सबै निराशा यसपाली कतारमा मेटाउन बेल्जियम सफल होला त ?

हेर्नलायक खेलाडी

केभिन डी ब्रुयना (म्यानचेस्टर सिटी)

सुपरस्टार केभिन डी ब्रुयनाका लागि कतार विश्वकप करियरको तेस्रो विश्वकप हो । २०१० बाट बेल्जियमको राष्ट्रिय टोलीबाट खेल्दै आएका डी ब्रुयना यो पुश्ताका सबभन्दा महत्वपूर्ण खेलाडी हुन् ।

मिडफिल्डका जादुगर डी ब्रुयनाले ९३ अन्तराष्ट्रिय खेल खेल्दा २५ गोल समेत गरेका छन् । उच्च प्रभावशाली खेलाडी डी ब्रुयना मुख्यतया सेन्ट्रल र आक्रमक मिडफिल्डरका रुपमा खेल्छन् । तर उनी विंगर र दोश्रो स्ट्राइकरका रुपमा पनि खेल्ने क्षमता राख्छन् ।

२०१५ यता डी ब्रुयना इङ्लिस क्लब म्यानचेस्टर सिटीमा आवद्ध छन् । डी ब्रुयनाले सिटीबाट चार पटक प्रिमियर लिगको उपाधि जितिसकेका छन् । पछिल्ला ४/५ वर्षयता विश्व स्तरीय खेलाडीको छवि बनाएका उनले बालन डीअर २०२२ मा तेस्रो स्थान हासिल गरेका थिए । कतारमा डी ब्रुयनाको प्रदर्शनमा बेल्जियमको समग्र नतिजा निर्भर हुनेछ ।


विश्वकपमा बेल्जियम

विरुद्ध क्यानाडा (अहमद बिन अली रंगशाला)
मंसिर ७ गते, राति १२ः४५ बजे

विरुद्ध मोरक्को (अल थुमामा रंगशाला)
मंसिर १२ गते, साँझ ६ः४५ बजे

विरुद्ध क्रोएसिया (अहमद बिन अली रंगशाला)
मंसिर १५ गते, राति ८ः४५ बजे

(एजेन्सीहरुको सहयोगमा)


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP