इङल्यान्ड

म्याडिसनलाई समावेश गर्दै इङल्यान्ड टोलीको घोषणा

लन्डन । इङल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले जेम्स म्याडिसनलाई समावेश गर्दै कतार विश्वकप २०२२ का लागि २६ सदस्यीय टोलीको घोषणा गरेका छन् । 

चेल्सीका कोनोर ग्लागर, न्युक्यासलका स्ट्राइकर कालुम विल्सन र आर्सनलका बेन ह्वाइटले पनि विश्वकप टोलीमा स्थान बनाएका छन् । विल्सनले टोलीमा स्थान बनाउँदा ट्यामी अब्राहम र इभान टोनीले भने बाहिरिएका छन्  ।

 चोटका बाबजुद सिटीका काइल वाल्कर र केभिन फिलिप्सलाई पनि साउथगेटले स्थान दिएका छन् ।

इङल्यान्डको टोली 

गोलकिपरः जोर्डन पिंकफोर्ड, निक पोप, एरोन राम्सडाले

रक्षकः ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, कोनोर कोइडे, इरिक डायर, ह्यारी मग्वायर, लुक सह, जोन स्टोन्स, किरेन ट्रिइपर, काइल वाल्कर, बेन ह्वाइट

मिडफिल्डरः ज्युड बेलिङघम, कोनोर ग्लागर, जोर्डन हेन्डरसन, मेसन माउन्ट, केल्भिन फिलिप्स, डेकान राइस

स्ट्राइकरः फिल फोडिन, ज्याक ग्रिलिस, ह्यारी केन, जेम्स म्याडिसन, मार्कुस रासफोर्ड, बुकायो साका, रहिम स्टर्लिङ, कालुम विल्सन