वैशाख २८, २०८२ आइतबार | २२:०४:३८
नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

जित्न जानेको जर्मनी पाँचौं उपाधि पछ्याउँदै

काठमाडौं । विश्वकप फुटबलको इतिहासमा सबैभन्दा बढि उपाधि जित्नेमा जर्मनी दोस्रो स्थानमा छ । सबभन्दा धेरै ब्राजिलले पाँच पटक विश्वकपको उपाधि जितेको छ । जर्मनीले भने चार पटक ।

विश्वकपका विजेताहरु सधै कुनै न कुनै सुपरस्टारको नामबाट प्रेरित भएको इतिहास छ । यसपाली कतारमा विश्वकप खेल्ने तयारीमा रहेका टोलीहरु पनि त्यसैगरी कुनै न कुनै सुपरस्टार नामको प्रभाव पार्ने उद्देश्यमा छन् ।

फ्रान्स किलियन एमबाप्पे, पोर्चुगल क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिना लियोनेल मेसी तथा ब्राजिल नेयमार माथि मुख्य रुपमा निर्भर देखिन्छन् । यसबीच एउटा प्रश्न उठ्छ, जर्मनीका सुपरस्टार को हुन, जसले टोलीलाई प्रेरित गर्न सकोस ?

विश्व फुटबलको इतिहासमा ‘विनिङ टिम’को छवि बनाएको जर्मनीले कहिल्यै पनि एउटा खेलाडीको स्टारडममा भर गर्ने गरेको छैन । विश्व फुटबलमा जर्मनीले सधै आफूलाई एउटा संगठित टिमको रुपमा प्रस्तुत गरेको छ र त्यही बेला सफलता हासिल गरेको छ ।

जर्मन फुटबलले दिग्गज खेलाडी उत्पादन नगरेको भने पक्कै होइन । फ्रान्ज बेकेनबाउर, गर्ड मुलर , लोथर म्याथुज जस्ता लिजेन्ड जन्माएको देश हो जर्मनी । त्यसै गरी विश्वकप इतिहासमै सर्वाधिक गोल गर्ने मिरोस्लाभ क्लोस पनि जर्मनीकै हुन् । यी सबैको आफ्नो देशप्रतिको योगदान पनि ब्राजिलका लागि पेले, अर्जेन्टिनाका लागि डिएगो म्यारोडोना र फ्रान्सका लागि जिनेदिन जिदान जत्तिकै अमुल्य छ ।

तर पनि संवृद्ध फुटबल संस्कार भएको जर्मनीमा ‘सुपरस्टार’ शब्दले अर्थ राख्दैन । थोमस मुलरले एक समय भनेका थिए, ‘जर्मनीमा हामी सुपरस्टार शब्दमा विश्वास गर्दैनौँ । हामीलाई सानै देखि एक टिमका रुपमा खेल्न सिकाइयो । त्यसैले जर्मनीबाट धेरै बालन डी’अर जित्ने खेलाडी देखिदैनन् । तर, जर्सीमा चार तारा देख्न सकिन्छ ।’

टिम प्रदर्शनलाई महत्व दिएकै कारण जर्मनीले हाल सम्म १९ पटक विश्वकप खेल्दा १७ पटक कम्तिमा अन्तिम आठ सम्म पुगेको छ । चार पटक विश्वकप उचालेको छ ।

जर्मनीको सुनौलो विश्वकप इतिहासको सरुवात सन् १९३४ को दोश्रो संस्करणबाट भएको हो । ‘डेब्यु’ विश्वकपमै टिम शिर्ष तिनमा पर्न सफल भयो । १९३८ मा पहिलो चरणबाटै बाहिरिएको टोलीलाई १९५० को संस्करणमा दोश्रो विश्वयुद्धका कारण प्रतिबन्ध लगाइएको थियो ।

जर्मनी दोश्रो विश्वयुद्ध पछि चार भागमा टुक्रियो । त्यसैले फिफाको आधिकारिक दाखिलामा नपरेको कारणले गर्दा जर्मनीले १९५० को विश्वकप खेल्न पाएन । पश्चिम र पूर्वी जर्मनी दुवै फिफामा पुनः दाखिल भएको क्रमश: १९५० र १९५२ मा हो ।

प्रतिबन्धको चार वर्षपछि स्विट्जरल्यान्डमा १९५४ मा भएको विश्वकपमा पश्चिम् जर्मनी च्याम्पियन बन्यो । तत्कालिन समयको सबभन्दा बलियो मानिएको हंगेरीलाई फाइनलमा ३-२ ले हराउँदै जर्मनीले उपाधि जितेको थियो । हंगेरीलाई त्यस समयको गोल्डेन टिम मानिन्थ्यो ।

जर्मनीले दोस्रो विश्वकप उपाधिका लागि दुई दशक कुर्नुपर्यो । १९६६ मा फाइनल पुगे पनि घरेलु टोली इङ्ल्यान्डसँग निराश हुँदा उपाधि जित्ने जर्मनीको प्रतिक्षा अझै लम्बियो । तर फ्रान्ज बेकेनबाउरको नेतृत्वमा रहेको पश्चिम जर्मनीले १९७४ मा आफैले आयोजना गर्दा फाइनलमा नेदरल्यान्ड्समाथि २-१ को जित हासिल गर्दै दोस्रो पटक विश्वकप उपाधि जित्यो ।

१९८२ र १९८६ मा फेरि पश्चिम् जर्मनीले लगातार दुई पटक फाइनलमा हार बेहोर्यो । स्पेनमा १९८२ मा भएको विश्वकपमा टिम पालो रोसीप्रेरित इटालीसँग ३-१ ले पराजित भयो । त्यसको चार वर्ष पछि टोलीले म्यारोडोना प्रेरित अर्जेन्टिनासँग ३-२ को हार भोग्यो ।

पश्चिम् जर्मनीका लागि तेस्रो विश्वकप उचाल्ने कप्तान हुन् लोथर म्याथुज । उनको नेतृत्वमा पश्चिम् जर्मनीले इटालीमा भएको १९९० को विश्वकप जित्यो । फाइनलमा उसले अर्जेन्टिनालाई १-० ले हरायो ।

१९९० अक्टोबर ३ मा जर्मनी एकीकृत भयो । टोलीले १९९४ विश्वकपबाट एकिकृत जर्मनी भएर प्रतिनिधित्व गर्यो । अमेरिकामा भएको १९९४ को विश्वकपमा जर्मनीको नेतृत्व म्याथुजले नै गरेका थिए । साविक विजेता माथि सबैको नजर थियो । तर अन्तिम आठमा टोली बुल्गेरियासँग ३-१ ले स्तब्ध भयो ।

१९९६ मा युरोपियन च्याम्पियनसिप जितेकोले पनि होला, टिम १९९८ को विश्वकपमा आशावादी थियो । तर, लियोनमा भएको क्वार्टरफाइनलमा टोली प्रतियोगिताको ‘सर्प्राइज प्याकेज’ क्रोएशियासँग ३-० को नतिजामा स्तब्ध बन्यो ।

२००२ मा रुडी भोलरको नेतृत्वमा रहेको टिमबाट विश्वकपमा विगतको तुलनामा खासै अपेक्षा गरिएको थिएन । तर, त्यही टिम फाइनलसम्मको यात्रा गर्न सफल भयो । फाइनलमा भने उच्च लयमा रहेका रोनाल्डोको ब्राजिलसँग २-० को हार बेहोर्दै जर्मनी विश्वकपको चौथो उपाधिबाट विमुख भयो ।

२००६ मा जर्मनीले दोस्रो पटक विश्वकप आयोजना गर्यो । १९७४ मा पहिलो पटक आयोजना गर्दा उपाधि जितेको टोलीको आशा यसपाली पनि उस्तै थियो । तर टोली घरेलु मैदानमा सम्पन्न सेमिफाइनलमा इटालीसँग पराजित भएपछि प्रतियोगिताबाटै बाहिरियो । इटालीले फाइनलमा फ्रान्सलाई पराजित गर्दै त्यो संस्करणमा चौथो पटक उपाधि जितेको थियो । 

त्यसको ४ वर्षपछि जर्मनी युवा टोलीका साथ दक्षिण अफ्रिका पुगेको थियो । जर्मन टोलीका २३ मध्ये १३ खेलाडी २५ वर्ष नै पुगेका थिएनन् । योचिम लोउको टिममा म्यानुअल नुयुर, जेरोम बोएटेङ, मेसुट ओजिल, सामी खेदिरा लगायतका उदीयमान खेलाडीहरु थिए ।

यिनीहरुले अघिल्लो वर्ष मात्र जर्मनीबाट २१ वर्षमुनिको युरोपियन च्याम्पियनसिप जितेका थिए । टिमको नेतृत्वको जिम्मा फिलिप लाहामले गरेका थिए । यहि युवा टोलीले बलिया अर्जेन्टिनालाई हराएर अन्तिम चारको यात्रा गरेको थियो । तर, सेमिफाइनलमा स्पेनसँग पराजित हुँदै टोली बाहिरियो ।

पटक पटकको प्रयास र असफलतापछि अन्ततः जर्मनीले २०१४ मा चौथो विश्वकप उपाधि जित्यो । फाइनलमा टोलीले पुरानो प्रतिद्वन्द्धी अर्जेन्टिनालाई १-० ले पाखा लगायो ।

गत संस्करणको विश्वकपमा उपाधि रक्षाका लागि रुस पुगे पनि जर्मनीका लागि त्यो विर्सनलायक रहयो । समुह चरणमा मेक्सिकोसँग १-० र कोरियासँग २-० को हार बेहोरेको टोलीले स्वीडेनलाई २-१ ले पराजित गरे पनि नकआउट चरण प्रवेश गर्न सकेन । १९३८ पछि पहिलो पटक जर्मनी समूह चरणबाटै घर फर्कियो ।

यसपाली जर्मनी २००६ देखि २०१४ सम्म सहायक प्रशिक्षकका रुपमा काम गरिसकेका हान्सी फ्लिकको नेतृत्वमा विश्वकप खेल्दैछ । उनले जर्मनीको जिम्मेवारी सम्हाल्नुअघि घरेलु क्लब बायर्न म्युनिख सम्हालेका थिए । २०१९/२० सिजनमा, उनको नेतृत्वमा बायर्नले तेहोरो उपाधि जितेको थियो ।

गत संस्करण फिफा वरियताको पहिलो स्थानमा रहेर विश्वकपमा उपाधि रक्षा गर्न रसिया पुगेको जर्मनी यस पटक ११औं स्थानमा रहेर कतार जाँदैछ । तर, कमजोर भनिएकै बेला राम्रो नतिजा निकालेको इतिहास जर्मनीसँग छ । कसरी जित्नु पर्छ भन्ने सुत्र अन्तर्राष्ट्रिय फुटबलमा जर्मनीलाई जति अरु कसैलाई थाहा छैन ।

‘२२ पुरुषहरुले ९० मिनेटको लागि बललाई पछ्याउँछन् र अन्तमा, जर्मनहरु सधैँ जित्छन्,’ इङ्ल्यान्डका लिजेन्ड ग्यारी लिनेकरले यो कुरा यत्तिकै भनेका होइनन् ।

कतार विश्वकपको समूह ‘इ’ मा परेको जर्मनीले पहिलो चरणमा पूर्व विश्व च्याम्पियन स्पेनसँगै जापान र कोस्टा रिकासँग प्रतिस्पर्धा गर्नेछ ।

हेर्नलायक खेलाडी 

योशुआ किमिच (बायर्न म्युनिख)
१९९५ फेब्रुअरी ८ मा जन्मेका योशुवा किमिच हान्सी फ्लिकको जर्मन टोलीका प्रमुख खेलाडी हुन । पाँचौं पटक विश्वकप उपाधी जितेर ब्राजिलको बराबरी गर्ने लक्ष्यमा रहेको जर्मनीका लागि किमिचको भुमिका महत्वपूर्ण रहनेछ ।

किमिच डिफेन्सिभ मिडफिल्ड र राइट ब्याक दुवैतिर खेल्न सक्ने क्षमता राख्छन् । हाल बायर्न म्युनिखबाट व्यावसायिक फुटबल खेलिरहेका किमिचलाई पूर्व कप्तान फिलिप लाहमका उत्तराधिकारी पनि मानिन्छ ।

तिन सिजन अगाडि बायर्नले हान्सी फ्लिकको नेतृत्वमा तेहोरो उपाधि जित्दा किमिच मुख्य हतियार थिए । उनी आक्रामक र रक्षात्मक दुवै भूमिकामा उत्कृष्ट छन् । कतारमा उनीसँगै अनुभवी थोमस मुलर र म्यानुअल नुयुर, युवा खेलाडी लेरोई साने र काइ हावर्ट्जको भूमिकाले पनि जर्मनीको भविष्य निर्धारण गर्नेछ ।

विश्वकपमा जर्मनी

विरुद्ध जापान (खलिफा अन्तराष्ट्रिय रंगाशाला)
मंसिर ७ गते, साँझ ६ ४५ बजे

विरुद्ध स्पेन (अल बायात रंगशाला)
मंसिर ११ गते, राति १२ः४५ बजे

विरुद्ध कोस्टरिका (अल बायात रंगशाला)
मंसिर १५ गते, राति १२ः४५ बजे

(एजेन्सीहरूकाे सहयाेगमा)


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP