वैशाख २८, २०८२ आइतबार | २२:२३:१३
नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

ट्युनिसियाको विश्वकप लक्ष्यः कम्तिमा नकआउट चरण पुग्ने

काठमाडौं । विश्व फुटबलमा समर्थकहरुको महत्व धेरै छ । विश्वमा फुटबल, खेलाडी र टिमका कारण मात्र होइन समर्थकहरुका कारण पनि विशेष बनेको हो । आफ्नो मनपर्ने टिमलाई जिताउनका लागि कुनै हदसम्म पनि जान सक्छन् यिनिहरु ।

समर्थकहरु कहिलेकाँही आफ्नो टिमको समर्थनमा विपक्षीसँग ठूलै झगडा गर्न पनि पछि पर्दैनन् र ठूलो दंगा निम्त्याउँछन् । यो कुरा ट्युनिसियालाई भन्दा बढी कसलाई थाहा होला र ! कुरा हो १९९८ फ्रान्स विश्वकपको, जहाँ ट्युनिसिया र इङ्ल्यान्ड समर्थकबीच ठूलै दंगा भएको थियो ।

१९९८ मा ट्युनिसिया विश्वकप खेल्न फ्रान्स पुगेको थियो । मार्सेमा ट्युनिसियाको पहिलो खेल इङ्ल्यान्डविरुद्ध थियो । तर इङ्ल्यान्डसँग भिडन्त हुनुअघि तीन दिनसम्म मार्सेमा दंगा र हिंसा चल्यो, जसमा ३२ जना घाइते भए । दुई देशका समर्थकबीच खेलभन्दा दुई दिनअघि समस्या सुरु भयो । रक्सीले मातेका इङ्लिस समर्थकहरु मार्सेको सडकहरुमा ट्युनिसिया विरुद्ध नारा लगाउँदै थिए । यसैबीच दुई देशका समर्थकको जम्काभेट भयो र त्यो जम्काभेट अप्रिय दंगामा परिणत भयो ।

स्थानीय पुलिसको हस्तक्षेपका बावजुद सात घन्टासम्म चलेको हुलदंगामा कम्तीमा ३२ जना घाइते भए । सडकका पसल र परिसरहरु ध्वस्त भए । घटनामा दुई बेलायती शल्यक्रियानै गर्नुपर्ने गरि गम्भीर घाइते भए, एकको घाँटी काटिदा अर्कालाई पेटमा चक्कुले चोट लागेको थियो । साथै घटनामा झण्डै ५० जना पक्राउमा परेका थिए । दंगा नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रयोग गर्यो । त्यसका बावजुद त्यहाँ लगातार बोतल र मिसाइलहरुको असिना चलिरहेको थियो ।

खेल चाँही हिंसात्मक थिएन । खेलमा कुनै गम्भीर फाउल, कुनै रातो कार्ड र कुनै दुर्व्यवहार भएनन् । कप्तान एलन शियरर र पाउल स्कोल्सको गोलमा इङ्ल्यान्डले ट्युनिसियालाई २-० ले पराजित गर्यो । दोस्रो खेलमा पनि कोलम्बियासँग १-० ले पराजित भएको ट्युनिसियाले अन्तिम खेलमा रोमानियासंग १-१ को बराबरी खेल्यो र समूहको पुछारमा रहँदै घर फर्क्यो ।

२० वर्षपछि यी दुई टिम विश्वकपमा फेरि आमनेसामने भए, रुस २०१८ मा । दुईको भेट समूह चरणको पहिलो खेलमै भएको थियो । फेरि पनि ट्युनिसिया इङ्ल्यान्डसँग पराजित हुन पुग्यो, २-१ को नतिजाले । भलै ट्युनिसिया १९९८ को उक्त घटनाको मुख्य दोषी थिएन । तर घटनामा मुछिएपछि प्रशंसक र देशप्रति ठूलो दाग लाग्यो । जसलाई पखाल्न निरन्तर ट्युनिसियाले गरिरहेको प्रयास यसपाली मंसिर चारबाट कतारमा सुरु हुने विश्वकपमा पनि निरन्तर रहनेछ । साथमा यसपाली भने कम्तिमा नकआउट चरण पुग्ने लक्ष्य पनि त्यसमा सामेल हुनेछ ।

१९५६ मार्च २० मा फ्रान्सबाट स्वतन्त्र भएको एक वर्षपछि ट्युनिसियामा फुटबल संघ स्थापना भएको थियो । फुटबल संघ स्थापनाको २१ वर्षपछि १९७८ मा अफ्रिकी देशले पहिलो पटक विश्वकप खेल्यो । जहाँ समूह चरणको पहिलो खेलमै मेक्सिकोमाथि ३-१ को जित निकाल्यो । जुन विश्वकप इतिहासमा अफ्रिकी टोलीले हासिल गरेको पहिलो जित थियो ।

दोस्रो खेलमा ट्युनिसिया पोल्यान्डसँग १-० ले पराजित भयो । तेस्रो खेलमा साविक विजेता पश्चिम जर्मनीसँग १-१ को बराबरी नतिजा निकाले पनि टोली अघिल्लो चरण पुग्न सकेन । ट्युनिसियाले त्यसपछि चार पटक विश्वकप खेल्यो, जसमा टोलीले १२ खेल मध्धे एक खेल मात्र जितेको इतिहास छ । त्यो जित टोलीले चार वर्षअघि रुसमा  पानामामाथि हासिल गरेको थियो ।

२००२ ट्युनिसियाको तेस्रो विश्वकप हो । कोरिया–जापानले संयुक्त रुपमा आयोजना गरेको उक्त विश्वकपमा पनि ट्युनिसिया पहिलो चरणभन्दा अगाडि बढ्न सकेन । पहिलो खेलमा रुससँग २-० ले हार बेहोरेको टोलीले दोस्रो खेलमा बेल्जियमलाई १-१ को बराबरीमा रोकेको थियो । अन्तिम खेलमा आयोजक जापानसँग २-० ले पराजित भएसंगै टोलीको विश्वकप यात्रा टुंगिएको हो ।

तर त्यसको दुई वर्षपछि २००४ मा घरेलु मैदानमा भएको अफ्रिकन कप अफ नेशन्सको उपाधि जित्यो । यसअघि दुई पटक ट्रफी उचाल्न पीडादायी रुपमा असफल भएको टोलीले फाइनलमा मोरक्कोलाई २-१ ले पराजित गर्दै पहिलो अफ्रिकन कप अफ नेसन्स जितेको थियो ।

२००६ मा जर्मन विश्वकप खेले पनि टोलीको नतिजा सुखद रहन सकेन । साउदी अरेबिया, स्पेन र युक्रेन रहेको समूहमा एक अंक मात्र जोडेपछि टोली समूह चरणबाटै घर फर्कियो । त्यसपछि विश्वकपका तीन संस्करणमा अनुपस्थित रहेको टोली चार वर्षअघि रुस विश्वकपबाट विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा फर्किएको हो । जहाँ इङ्ल्यान्ड र बेल्जियाविरुद्धका पहिलो दुई खेल हारेपछि टोली समूह चरणबाटै बाहिरियो ।

यसपाली ट्युनिसिया अफ्रिकी छनोटको तेस्रो चरण प्लेअफमा मालीमाथि जित हासिल गर्दै कतारको टिकट काट्न सफल भएको छ । दुई लेगको प्लेअफमा टोली समग्रमा १-० को नतिजासहित विश्वकपलाई छानिएको हो । मालीमा भएको पहिलो लेगमा मुसा सिसेकोले गरेको एउटै गोल ट्युनिसियाका लागि निर्णायक बनेको थियो ।

हेर्नलायक खेलाडी

युसुफ मेसाक्नी (अल अरबी)

पछिल्लो संस्करण घुँडाको चोटका कारण विश्वकप गुमाएका ३२ वर्षे फरवार्ड युसुफ मेसाक्नी टुनिसियाका सबभन्दा अनुभवी खेलाडी हुन् । कतारमा मेसाक्नीको नेतृत्वमा ट्युनिसिया विश्वकपमा दोस्रो चरण जाने लक्ष्यमा हुनेछ ।

मेसाक्नी २०१३ यता कतारी क्लब अल दुहेल क्लबमा आवद्ध छन् । पछिल्लो दुई वर्ष भने उनी लोनमा गएर कतारको अर्को क्लब, अल अरबीबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । कतार विश्वकपमा उनको अनुभव निकै महत्वपूर्ण रहनेछ ।

उनी एक भर्सटाइल खेलाडी हुन् । मेसाक्नी लेफ्ट ब्याक, लेफ्ट विंग, सेन्टर फर्वार्ड र आक्रामक मिडफिल्डर गरि थुप्रै पोजेसनमा खेल्ने खुवी राख्छन् । कतारमा उनको अनुभवसँगै आइसा लाइदुनी, डिलन ब्रोन, एलिस स्किरी र वाहबी क्याजरीको भूमिकाले पनि ट्युनिसियाको यात्रा निर्धारण गर्नेछ ।

विश्वकपमा ट्युनिसिया

विरुद्ध डेनमार्क (एजुकेशन सिटी रंगशाला)
मंसिर ६ गते, साँझ ६ः४५ बजे

विरुद्ध अस्ट्रेलिया  (अल जुनब रंगशाला)
मंसिर १० गते, दिउसो ३ः४५ बजे

विरुद्ध फ्रान्स (एजुकेसन सिटी रंगशाला)
मंसिर १४ गते, राति ८ः४५ बजे

(एजेन्सीहरुको सहयोगमा)


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP