वैशाख २८, २०८२ आइतबार | २२:०७:४३
नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

टिम परिचयः नयाँ इतिहास बनाउने साउदीको लक्ष्य

इस्लाम धर्मको जन्मस्थलो र कच्चा तेल उत्पादन गर्ने मुख्य देश साउदी अरेबियाले फुटबल खेल्न सुरु गरेको १९५० को दशक देखि हो । अहिले साउदी एसियाकै शीर्ष टिमहरु मध्येमा पर्छ ।

१९५६ मा साउदी अरेबिया फुटबल संघको स्थापना भयो । त्यही वर्ष साउदीले फिफाको आधिकारिक सदस्यता लियो । अन्तर्राष्ट्रिय प्रतियोगितामा भने साउदीले फुटबल संघ स्थापना भएको २८ वर्षपछि मात्र भाग लिन थालेको हो । १९८४ मा सिंगापुरमा भएको एफसी एसियन कपको चौथो संस्करणमा चीनलाई २–० ले हराएर साउदीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको थियो ।

त्यसपछि टोलीले लगातार चार संस्करण एसियन कपको फाइनल खेल्यो । जसमा साउदी १९८८ र १९९६ मा दुई पटक सफल भयो । १९८८ को फाइनलमा दक्षिण कोरिया तथा १९९६ को फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई टाई ब्रेकरमा पराजित गर्दै टोलीले उपाधि जितेको थियो । एफसी एसियन कपमा ६ पटक फाइनल पुग्ने कीर्तिमान पनि साउदी अरेबियाको नाममा छ ।

अर्जेन्टिनी प्रशिक्षक जर्ज सोलारीको नेतृत्वमा सन् १९९४ मा साउदी पहिलो पटक विश्वकपका लागि योग्य भएको थियो । एसियाली छनोटको अन्तिम चरणमा पहिलो स्थान हासिल गर्दै टोलीले अमेरिकाको टिकट काटेको थियो ।

१९९४ पछि साउदीले लगातार तीन पटक विश्वकप खेल्यो । तर कुनै संस्करणमा पनि टोलीले जित हासिल गर्न सकेन । १९९८ मा पहिलो खेलमा डेनमार्कसँग १–० ले पराजित भएको टोलीले दोस्रो खेलमा फ्रान्ससँग ४–० को फराकिलो हार बेहोर्यो । त्यसपछि उसले समूहको अन्तिम खेलमा नवप्रवेशी दक्षिण अफ्रिकासँग २–२ को बराबरी खेल्यो ।

साउदीका लागी २००२ को विश्वकप सहभागी विश्वकप मध्येकै सबैभन्दा खराब रहयो । टोलीले प्रतियोगिता अवधिभर कुल १२ गोल खायो, आफूले एउटा पनि हान्न सकेन । समूह चरणको पहिलो खेलमा जर्मनीसँग ८–० को लज्जास्पद हार बेहोरेको टोलीले क्यामारुन र आयरल्यान्डसँग क्रमषः १–० र ३–० को हार बेहोर्यो ।

२००६ जर्मनी विश्वकपमा पहिलो खेलमा ट्युनिसियासँग २–२ को बराबरी खेलेको टोलीले युक्रेनसँग ४–० तथा स्पेनसँग १–० को हार बेहोर्दै समूह चरणबाटै घर फर्किएको थियो । साउदी त्यसपछि लगातार दुई पटक विश्वकपमा छनोट हुनै सकेन ।

आठ वर्ष बाहिर रहेको साउदीले रुस विश्वकपमा पुनरागमन गर्यो । छनोटको तेस्रो चरणमा दोस्रो भएपछि टोलीले विश्वकपमा स्थान बनाएको हो । विश्वकप २०१८ मा साउदीले उद्घाटन खेल खेल्यो । जसमा उसले आयोजक रुससँग टोली ५–० को फराकिलो नतिजामा पराजित भयो । दोस्रो खेलमा स्वारेजको एक मात्र गोल निर्णायक हुन पुग्दा उरुग्वेसँग १–० को हार बेहोर्यो र एक खेल अगावै समूह चरणबाट बाहिरियो ।

अन्ततः १० हार र दुई बराबरीपछि टोलीले जितविहिन यात्रामा पूर्णविराम लगायो,  समूहको अन्तिम खेलमा इजिप्टलाई २–१ ले हराएर । साउदीका लागि २०१८ संस्करण पनि जितविहिन विश्वकप बन्न सक्थ्यो । तर सलीम अल–दवासरीले खेलको अन्तिम सिट्टी बज्नै लाग्दा गोल गरेर टिमलाई २–१ को जित दिलाए ।

एसियाली छनोटमा साउदी आफ्नो समूहका आठ खेलमा ६ जित र दुई बराबरी नतिजा निकाल्दै विजेताका रुपमा सोझै कतारको टिकट काट्न सफल भएको थियो । विगतका विश्वकप साउदीका लागि सुखद थिएनन् । त्यस कारण पनि यसपाली टोली कम्तिमा समूह चरण पार गर्दै विश्वकपमा नयाँ इतिहास बनाउन चाहन्छ ।

हेर्न लायक खेलाडी

सल्मान अल फराज (अल हिलाल)
३३ वर्षे कप्तान अल फराज विश्वकपमा साउदी अरेबियाका लागि सबभन्दा बढि आशा गरिएका खेलाडी हुनु । उनी प्रशिक्षक हर्ब रेनार्डका मुख्य हतियार हुन् ।

साउदीको क्लब अल हिलालबाट व्यावसायिक फुटबल खेल्ने मिड्फिल्डर अग्रपंक्तिका खेलाडीलाई थ्रुबल र लामो पास दिन माहिर छन् । उनकै नेतृत्वमा पछिल्ला दुई सिजन अल हिलाले घरेलु लिगको उपाधि जितेको थियो । तर, टोलीले लगातार चार सिजनदेखि लिग जित्दै आएको छ ।

उनीसँगै अब्दुल्लाह अल अमरी, यासर अल साहरानी, सलिम अल डोसारी र फिराज अल बुराइकनको प्रदर्शनले पनि कतारमा टोलीको यात्रा निर्भर गर्नेछ ।

विश्वकपमा साउदी अरेबिया
विरुद्ध अर्जेन्टिना (लुजाइल आइकोनिक रंगशाला)
मंसिर ६ गते, दिउसो ३ः४५ बजे

विरुद्ध पोल्यान्ड (एजुकेसन सिटी रंगशाला)
मंसिर १० गते, साँझ ६ः४५ बजे

विरुद्ध मेक्सिको (लुजाइल आइकोनिक रंगशाला)
मंसिर १४ गते, राति १२ः४५ बजे
(एजेन्सीको सहयोगमा)


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP