वैशाख २८, २०८२ आइतबार | २२:१४:५०
नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

टिम परिचयः ३६ वर्ष पछि विश्वकपकाे क्वार्टरफाइनल प्रवेश गर्ने लक्ष्यमा मेक्सिको

’किन्टो पार्टिडो’, यो वाक्यांश मेक्सिकन फुटबलमा श्रापका रुपमा लिइन्छ । वाक्यांशको पहिको शब्द ’किन्टो’ भन्नाले पाँचौं भन्ने बुझिन्छ । त्यसै गरि ’पार्टिडो’ भन्नाले खेललाई बुझिन्छ । मेक्सिकन फुटबल विश्वकपमा पाँचौं खेल श्रापको शिकार बन्दै आएको छ ।

मेक्सिकोले विश्वकपमा पाचौँ खेल अर्थात् क्वार्टरफाइनल खेल्न नसकेको ३६ वर्ष भइसक्यो । सन् १९८६ यता मुलुक अन्तिम आठमा पुग्न सकेको छैन । १९९४ देखि २०१८ सम्म मेक्सिकोले सम्भावित सात मध्ये सबै सात विश्वकप खेलेको छ र टोली सातै पटक अन्तिम १६ सम्म मात्र पुगेको छ ।

मेक्सिको टिमको प्रदर्शनमा एकरुपमा छ । लगातार सात पटक समूह चरणमा सफल हुनु कुनै पनि टिमलाई कठिन छ । तर एकरुपताले मात्र विश्वकप जितिदैन, त्यो एकरुपतामा स्तर पनि हुनुपर्छ भन्ने मेक्सिकोलाई पनि राम्ररी थाहा छ ।

मेक्सिकन समर्थकहरु पनि टिमले अन्तिम १६ को ग्राफ तोडेको हेर्न चाहन्छन् । कतार विश्वकपमा उनीहरुको एउटै चाहना हुनेछ, टोलीले क्वार्टरफाइनल खेलेको हेर्ने । हरेक विश्वकप अगाडि मेक्सिकोमाथि अन्तिम १६ भन्दा माथि जान्छ कि जादैन भन्ने प्रश्न उठने गर्छ । यसको जवाफ मेक्सिकोले आफैले पनि दिन सकेको छैन ।

तर, २०२२ मा मेक्सिकोले यसको जवाफ दिनुपर्छ । त्यसका लागि समूह चरणमा अर्जेन्टिना, साउदी अरेबिया र पोल्याण्डको चुनौती पन्छाउनु पर्नेछ ।

मेक्सिकोका लागि यो विश्वकपमा १७औं सहभागिता हो । मेक्सिको १९३० को पहिलो विश्वकपमा भाग लिने १३ देशमध्यको एक हो । उरुग्वेमा टोलीले पहिलो खेल फ्रान्ससँग खेलेको थियो । पहिलो खेलमा उसले ४–१ को हार बेहोर्नु पर्यो । मेक्सिकोका लागि एक मात्र गोल वान करेनो लाराले गरेका थिए । त्यसपछि उसले बाकी दुई खेल पनि गुमायो ।

मेक्सिकोले सहभागी पहिलो तीन संस्करण  १९३०, १९५०, १९५४ कुनैमा पनि अंक जोड्न सकेन । सुरुका तीन संस्करणमा लगातार ९ खेल हारेको मेक्सिकोले चौथो संस्करणमा पहिलो जित हासिल गर्यो । १९५८ मा स्विडेनमा समूह चरणको दोस्रो खेलमा ८८ मिनेट सम्म वेल्ससँग १–१ को बराबरी खेल्दै विश्वकप इतिहासमा पहिलो अंक जोड्यो ।

त्यसको चार वर्षपछि मेक्सिकोले १९६२ मा पहिलो जित दर्ता गरेको थियो । समूह चरणको पहिलो दुई खेल ब्राजिल र स्पेनसँग क्रमशः २–० र १–० को नतिजामा हारेको मेक्सिकोले तेस्रो खेलमा चेकोस्लोभाकियालाई ३–१ को नतिजामा पराजित गर्यो ।

१९३०–१९७० सम्म मेक्सिकोले कुनै सफलता हासिल गरेन । टोलीले सहभागी कुनै पनि विश्वकपमा पहिलो चरण पार गरेन । यो ४० वर्ष मेक्सिकन फुटबल इतिहासकै सबैभन्दा खराब समय थियो । मेक्सिकन फुटबल इतिहासको यस अवधिमा व्यावसायिक लिगहरु भ्रष्टाचार, म्याच फिक्सिङबाट ग्रसित भए । खेलाडीहरुको प्रशिक्षण राम्ररी भएन । यसको असर राष्ट्रिय टोलीको प्रदर्शनमा देखियो ।  टोलीले विश्वकपमा १७ मध्ये १३ खेलमा हार बेहोर्नु पर्यो । यो अवधिलाई मेक्सिकन फुटबल इतिहासको कालो युग पनि भन्ने गरिन्छ ।

१९७० को मेक्सिको विश्वकप युरोप र दक्षिण अमेरिका बाहिर आयोजना गरिएको पहिलो विश्वकप हो । उत्तरी अमेरिकामा हालसम्म तीनवटा विश्वकप मात्र आयोजना भएको छ । जसमा २ पटक मेक्सिकोले गरेको छ । घरेलु विश्वकपमा मेक्सिको अन्तिम आठ सम्म पुगेको थियो । उसले अहिले सम्म दुईपटक मात्र अन्तिम आठमा स्थान बनाएको छ । दोस्रो पटक विश्वकप आयोजना गर्दा १९८६ मा उसले क्वार्टरफाइनल खेलेको हो ।

१९७० को विश्वकपले मेक्सिकोमा फुटबललाई हेर्ने दृष्टिकोण परिवर्तन गरिदियो । फुटबलको लोकप्रियता झन बढ्न थाल्यो । १९७० को विश्वकप देखि मेक्सिकोलाई बलियो प्रतिद्वन्द्वीका रुपमा हेर्न थालियो । २२औं विश्वकप सम्म आइपुग्दा मेक्सिकोले सधैं बलियो टिम बनेरै उपाधि पछ्याउँदै आएको छ ।

१९९० मा मेक्सिकोलाई विश्वकप र अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न बन्देज लगाइएको थियो । १९८९ को फिफा विश्व युथ च्याम्पियनसिप छनोट प्रतियोगितामा मेक्सिकोले आफ्नो यु २० टोलीमा चारजना बढी उमेरका खेलाडी खेलाएको पाइएपछि फिफाले प्रतिबन्ध लगाएको थियो ।

त्यसको चार वर्षपछि मेक्सिकोले अमेरिकामा भएको विश्वकपमा पुनरागमन गर्यो । १९९४ पछि टोलीले आज सम्म कुनै पनि विश्वकप गुमाएको छैन । अमेरिका विश्वकप देखि नै हो मेक्सिको किन्टो पार्टिडो श्रापको सिकार भएको । १९९४ मा बुल्गेरियाले मेक्सिकोलाई पेनाल्टी सुट–आउटमा १–३ गोलले पराजित गर्यो ।

त्यसको चार वर्षपछि टोलीले योर्गान क्लिन्सम्यानको जर्मनीसँग पराजय भोग्नु पर्यो । २००२ मा मेक्सिको महादेशीय प्रतिद्वन्द्वी अमेरिकासँग २–० ले पराजित भयो । अमेरिकाका लागि यो विश्वकप इतिहासकै पहिलो नकआउट जित थियो ।

मेक्सिकोले राफेल मार्क्वेजकै कप्तानीमा २००६, २०१०, २०१४ र २०१८ को विश्वकप खेलेको हो । मार्क्वेज सबैभन्दा धेरै विश्वकप खेल्ने विश्वका तीन खेलाडी मध्येका एक हुन् । उनले पाँच विश्वकप खेल्दा हरेक पटक टिमको नेतृत्व गर्ने सौभाग्य पाए ।

२००६ मा मेक्सिकोले अन्तिम १६ मा अर्जेन्टिनासँग २–१ ले हार्न पुग्यो । त्यसको चार वर्षपछि मेक्सिकोलाई बदला लिने सुनौलो अवसर थियो । तर अर्जेन्टिनाले फेरि पनि मेक्सिकोलाई पराजित गर्यो ।

२०१४ मा मेक्सिको नाटकीय रुपमा विश्वकपबाट बाहिरियो । यसपाली अन्तिम १६ मा उसको बाधक बन्यो नेदरल्याण्ड्स । त्यसको चार वर्षपछि मेक्सिको नेइमार प्रेरित ब्राजिलसँग २–० ले हारेको थियो ।

मेक्सिको, २०१९ यता बार्सिलोना तथा अर्जेन्टिनाका पूर्व प्रशिक्षक जेरार्डो मार्टिनोको नेतृत्वमा छ । कार्लोस भेला र हाभियर हर्नान्डेज ’चिचारिटो’ विना यसपाली मेक्सिको कतार प्रस्थान गर्दै छ ।

विंगर भेलाले दुई वर्ष अगाडि नै रसिया विश्वकप आफ्नो अन्तिम विश्वकप रहेको घोषणा गरेका थिए । त्यसै गरी स्ट्राइकर चिचारिटोको मामलामा प्रशिक्षक मार्टिनोले अन्य सेन्टर फरवार्ड रोजिसकेको बताएका छन् ।

विश्वकपअघि मार्टिनो र मेक्सिकोलाई एउटा कुराले सताइरहेको छ, त्यो हो राउल जिमेनेजको फिटनेस । उल्भसका यी स्ट्राइकर सिजनको सुरुआतमा घुँडाको चोटबाट पीडित थिए । जिमेनेज वर्तमान मेक्सिको टोलीका उच्च गोलकर्ता हुन् । मेक्सिकोबाट उनले २९ गोल गरेका छन् ।

मेक्सिकोका सर्वकालिन उच्च गोलकर्ता चाहिँ चिचारिटो हुन् । उनले राष्ट्रिय टोलीबाट ५२ गोल गरेका छन् । मेक्सिकोले नोभेम्बर २२ मा पोल्याण्डसँग खेलेर कतार विश्वकपको सुरुआत गर्नेछ, त्यसपछि उसले अर्जेन्टिना र साउदी अरेबियासँग खेल्नेछ । जिमेनेजसँगै नेपोलीका लोजानोमाथि सबैको नजर हुनेछ ।

हेर्नलायक खेलाडी
इर्भिङ लोजानो (नेपोली)

२७ वर्षे लोजानो मेक्सिकोका सबभन्दा महंगा खेलाडी हुन् । गत संस्करणको विश्वकपमा साविक विजेता जर्मनीलाई १–० ले स्तब्ध पार्दा लोजानोले नै निर्णायक गोल गरेका थिए ।

२०१६ मा मेक्सिकोको राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका लोजानोले ५९ अन्तर्राष्ट्रिय खेलमा १६ गोल गरेका छन् । २०१९ यता उनी इटालियन सिरी ‘ए’को टोली नेपोलीसँग आबद्ध छन् ।

वास्तविक रुपमा लेफ्ट विंग्सको पोजिसनबाट खेल्ने लोजानो राइट विंग्स र स्ट्राइकरको पोजिसनबाट पनि खेल्न सक्षम छन् । सुटिङ र क्रसमा विशेषज्ञता राख्ने लोजानोको प्रदर्शनले कतारमा मेक्सिकोको भाग्य धेरै हदसम्म निर्धारण गर्नेछ ।

विश्वकपमा मेक्सिको
विरुद्ध पोल्यान्ड (रंगशाला ९७४)
मंसिर ६ गते, राति ९ः४५ बजे

विरुद्ध अर्जेन्टिना (लुजाइल आइकोनिक रंगशाला)
मंसिर १० गते, राति १२ः४५ बजे

विरुद्ध साउदी अरेबिया (लुजाइल आइकोनिक रंगशाला)
मंसिर १४ गते, राति १२ः४५ बजे
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP