वैशाख २८, २०८२ आइतबार | २२:१८:१४
नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

टिम परिचयः अमेरिकालाई छवि सुधार्ने मौका

अमेरिकी समाजमा खेलकुदलाई विशेष महत्वका साथ लिइन्छ । अमेरिकालाई विश्व माझ सकारात्मक परिचय दिने माध्यमका रुपमा यसलाई लिइन्छ । त्यहीअनुसार विश्व खेलकुदमा अमेरिका सबभन्दा ठूलो शक्ति हो । समग्र खेलकुदमा अमेरिकालाई उछिन्ने अर्को कोहि छैन ।

विश्व खेलकुदको सबभन्दा ठूलो मेला ओलम्पिकमा सर्वाधिक पदक जित्नेको कीर्तिमान अमेरिकासँगै छ । ग्रीष्मकालिन ओलम्पिकमा मात्र उसले दुई हजार ६ सय २९ पदक जितेको छ, जसमा एक हजार ६० स्वर्ण पदक समावेश छन् । अमेरिकाले खेलकुदमा व्यापक लगानी गर्छ, जसको जवाफ उसले ओलम्पिकको पदकबाट पाउँछ । महिलामा फुटबलमा पनि अमेरिकाले राज गरिरहेको छ । चार पटक विश्वकप जितिसकेको छ । तर पुरुष फुटबलमा अमेरिकाको छवि त्यस्तो छैन ।

१९९० देखि २०१४ सम्म लगातार सातसहित अमेरिकाले हालसम्म १० पटक विश्वकप खेलेको छ । अमेरिकाले आफ्नो पहिलो आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता १९९६ अगस्ट २० मा स्वीडेनविरुद्ध खेलेको थियो । पहिलो विश्वकप खेल्ने १३ देश मध्ये अमेरिका पनि एक हो । अमेरिकाले उरुग्वेमा अन्तिम चारसम्मको यात्रा गर्यो ।

विश्व खेलकुदमा राज गरिरहेको अमेरिकाले फुटबलमा भने छाप छोड्न सकेको छैन । कतारमा मंसिर चारबाट हुने विश्वकप अमेरिकाका लागि ११औं संस्करण हो । चार वर्षपछि मेक्सिको र क्यानाडासँग मिलेर संयुक्त रुपमा विश्वकपको आयोजना पनि गर्दैछ । यसअघि १९९४ को विश्वकप पनि अमेरिकामै भएको थियो ।

१९९० देखि २०१४ सम्म लगातार सातसहित अमेरिकाले हालसम्म १० पटक विश्वकप खेलेको छ । अमेरिकाले आफ्नो पहिलो आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता १९९६ अगस्ट २० मा स्वीडेनविरुद्ध खेलेको थियो । पहिलो विश्वकप खेल्ने १३ देश मध्ये अमेरिका पनि एक हो । अमेरिकाले उरुग्वेमा अन्तिम चारसम्मको यात्रा गर्यो ।

टम फ्लोरीको कप्तानीमा खेलेको पहिलो विश्वकपमा बेल्जियममाथि ३–० को जितसहित अमेरिकाले सुरुआत गरेको थियो । बार्ट मेगी विश्वकप फुटबलमा गोल गर्ने पहिलो अमेरिकी खेलाडी थिए । दोस्रो खेलमा अमेरिकाले बर्टान्ड प्याटान्डको ह्याट्रिकमा पाराग्वेलाई ३–० ले पराजित गर्यो । विश्वकप इतिहासमा ह्याट्रिक गर्ने प्याटान्ड पहिलो खेलाडी हुन् । अन्तिम चारमा अमेरिका अर्जेन्टिनासँग ६–१ को फराकिलो अन्तरले पराजित भएको थियो ।

युरोप वा दक्षिण अमेरिका बाहिरबाट सेमिफाइनल पुग्ने संयुक्त राज्य अमेरिका विश्वकप इतिहासको पहिलो टोली हो । पहिलो संस्करणमै अन्तिम चारमा पुगेको अमेरिकाले त्यसयता सेमिफाइनलको अनुभव लिन सकेको छैन । नकआउट पद्धतिबाट खेलाइएको दोस्रो संस्करणमा अमेरिका पहिलो खेलमै घरेलुु टोली इटालीसँग ७–१ को फराकिलो हार बेहोर्दै घर फर्क्यो ।

विश्व युद्धपछिको पहिलो विश्वकप १९५० मा ब्राजिलमा भयो । जहाँ अमेरिका विश्वकप १९५० मा अमेरिकाले पहिलो खेलमा स्पेनसँग ३–१ को हार बेहोर्यो । दोस्रो खेलमा स्टार व्यावसायिक खेलाडीहरुको इङ्ल्यान्डलाई एमेच्योर खेलाडीको टोली अमेरिकाले १–० को नतिजामा स्तव्ध पार्यो । अन्तिम खेलमा चिलीसँग ५–२ ले पराजित भएपछि टोलीको विश्वकप यात्रा समूह चरणमै सीमित भयो ।

त्यसपछि अमेरिका ४० वर्षसम्म विश्वकपमा छनोट हुन सकेन । अमेरिकाको विश्वकप छनोट यात्रामा सधै तगारो बन्ने गरेको मेक्सिकोमाथि १९८९ मा फिफाको प्रतिबन्ध लाग्यो । २० वर्ष मुनिको विश्व च्याम्पियनसिप छनोटमा चार बढि उमेरका खेलाडी खेलाडी खेलाएवापत मेक्सिकोमाथि प्रतिबन्ध लागेको थियो । यसैको फाइदा उठाउँदै अमेरिकाले १९९० मा इटालीमा भएको विश्वकपमा स्थान सुरक्षित गर्यो ।

चार दशकको अनुपस्थितीपछि विश्वकपमा फर्केको अमेरिका चेकोस्लोभाकिया, आयोजक इटाली र अस्ट्रेलिया सम्मिलित समूहमा परेको थियो । जहाँ सबै खेल हारेपछि टोली पहिलो चरणबाटै घर फर्कियो ।

घरेलु भूमिमा भएको १९९४ को विश्वकपमा अमेरिका दोस्रो चरणसम्म मात्र पुगेको थियो । समूह चरणको पहिलो खेलमा स्विट्जरल्याण्डसँग १–१ को बराबरी खेलेको अमेरिकाले दोस्रो खेलमा कोलम्बियालाई २–१ ले पराजित गर्यो । त्यति बेला फिफा वरियताको चौँथो स्थानमा रहेको कोलम्बियालाई दावेदारका रुपमा हेरिएको थियो । तर, ऊ लगातार दुई खेलमा हार बेहोर्दै घर फर्क्यो । अमेरिकाविरुद्ध खेलको ३५ औं मिनेटमा रक्षक आन्द्रेस इस्कोबारले बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गर्न पुग्दा अमेरिकाले अग्रता लिएको थियो । खेलपछि कोलम्बियन समर्थकहरुले हारको सम्पूर्ण दोष उनलाई दिए । एक हप्तापछि उनको हत्या नै गरियो । उनीमाथि १२ पटक गोली प्रहार भएको थियो । आफ्नो समूहको अन्तिम खेलमा रोमानियासँग पराजित भए पनि अमेरिका नकआउट चरण पुग्यो । उसका लागि समूह चरणमा जोडेको चार अंक १९३० पछि पहिलो पटक नकआउट चरण पुग्न पर्याप्त बन्यो । तर अन्तिम १६ मा च्याम्पियन ब्राजिलसँग १–० ले पराजित भयो ।

सबैले खेल अशान्तिपूर्ण हुने अनुमान गरेका थिए । तर मैदान भित्र भने आश्चर्यजनक दृश्य देखियो । खेलको अघिल्लो दिन इरानका सर्वोच्च नेता खामेनीले इरानी टोलीलाई अमेरिकीतिर गएर हात नमिलाउन स्पष्ट आदेश दिएका थिए । पछि प्रि–म्याच ह्यान्डशेकको सट्टामा दुई टोलीले सँगै बसेर फोटो खिच्ने निर्णय गरे । जब रेफ्री उर्स मेयरले दुबै टोलीलाई सँगै सामेल हुन आमन्त्रित गरे, अमेरिकी खेलाडीहरुले शान्तिको प्रतीक सेतो फूलहरुको गुच्छा प्राप्त गरे । सारा संसारका लागि यो शानदार दृश्य थियो । दुबै टोलीले संयुक्त टोलीको फोटो खिचे । खेलमा अमेरिका २–१ ले पराजित भयो र लगातार दुई खेल हारेर ऊ प्रतियोगिताबाट बाहिरियो । इरानसँगको पराजयले घर फर्कनु परे पनि खेलाडीहरुले ऐतिहासिक खेलमा खेलेको भूमिकालाई धेरैले प्रशंसा गरे ।

१९९८ मा अमेरिका र इरान बीचको खेल कसले बिर्सन सक्छ र ? समूह चरणको दोस्रो खेलमा दुबै टोली आफ्नो पहिलो जितका लागि मैदानमा उत्रेका थिए । यी दुई बीचको खेल विश्वकप इतिहासकै सबैभन्दा बढी राजनीतिक आरोपित खेल हो ।  सन् १९७९ मा अमेरिकी समर्थक शाहलाई सत्ताच्युत गर्ने इरानी क्रान्तिदेखि नै दुई देश बीचको सम्बन्ध शत्रुतापूर्ण बन्दै गएको थियो । त्यसैगरी १९८० देखि ८८ सम्मको इराक–इरान युद्धमा अमेरिकाले इराकलाई प्रत्यक्ष रुपमा सहयोग गरेको थियो । त्यसैले पनि यी दुई देश बीचको खेल राजनीतिक महत्वको थियो ।

सबैले खेल अशान्तिपूर्ण हुने अनुमान गरेका थिए । तर मैदान भित्र भने आश्चर्यजनक दृश्य देखियो । खेलको अघिल्लो दिन इरानका सर्वोच्च नेता खामेनीले इरानी टोलीलाई अमेरिकीतिर गएर हात नमिलाउन स्पष्ट आदेश दिएका थिए । पछि प्रि–म्याच ह्यान्डशेकको सट्टामा दुई टोलीले सँगै बसेर फोटो खिच्ने निर्णय गरे । जब रेफ्री उर्स मेयरले दुबै टोलीलाई सँगै सामेल हुन आमन्त्रित गरे, अमेरिकी खेलाडीहरुले शान्तिको प्रतीक सेतो फूलहरुको गुच्छा प्राप्त गरे । सारा संसारका लागि यो शानदार दृश्य थियो । दुबै टोलीले संयुक्त टोलीको फोटो खिचे । खेलमा अमेरिका २–१ ले पराजित भयो र लगातार दुई खेल हारेर ऊ प्रतियोगिताबाट बाहिरियो । इरानसँगको पराजयले घर फर्कनु परे पनि खेलाडीहरुले ऐतिहासिक खेलमा खेलेको भूमिकालाई धेरैले प्रशंसा गरे ।

२००२ मा अमेरिकाले अन्तिम आठ सम्मको यात्रा गर्यो । आयोजक दक्षिण कोरिया, पोर्चुगल र पोल्याण्ड सम्मिलित समूहमा एक जित, एक हार र एक बराबरीको नतिजा निकाल्दै अमेरिकाले नकआउट चरणमा स्थान बनाएको थियो । अन्तिम १६ मा महादेशीय प्रतिद्वन्द्वी मेक्सिकोलाई २–० ले पराजित गरेको अमेरिका अन्तिम आठमा जर्मनीसँग १–० को नतिजामा पराजित हुँदै घर फर्क्यो । प्रतियोगिता अवधि उत्कृष्ट प्रदर्शन गरेका अमेरिकी लन्डन डोनोभान विश्वकपकै सर्वोत्कृष्ट युवा खेलाडी घोषित भए । उनले उक्त विश्वकपमा दुई गोल गरे । अमेरिकाका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् डोनोभान । उनले र क्लिन्टन डेम्पसेले देशका लागि समान ५७ गोल गरेका छन् ।

२००६ विश्वकप अमेरिकाका लागि ठूलो निराशा थियो । टिमले समूह चरणमा चेक गणतन्त्र र घानासँग पराजय बेहोर्यो । त्यसपछिको दुई संस्करणमा टिमले अन्तिम १६ सम्मको यात्रा गर्यो । २०१० मा घानासँग पराजय भोग्दा २०१४ मा बेल्जियमसँग पराजित भयो । २०१४ मा टिमको समग्र प्रदर्शन राम्रो थियो । योर्गान क्लिन्सम्यानको प्रशिक्षणमा रहेको टिमले ‘ग्रुप अफ डेथ’ बाट अन्तिम १६ मा स्थान बनाउन सफल भएको थियो । जर्मनी, पोर्चुगल र घाना सम्मिलित समूहमा अमेरिका दोस्रो भएको थियो ।

त्यसको चार वर्षपछि अमेरिकाले विश्वकपमा स्थान बनाउन सकेन । विश्वकप छनोटको पाचौंचरणको अन्तिम खेलमा ट्रिनिडाड एण्ड टोबागोसँग २–१ ले स्तब्ध भएपछि अमेरिकाले २८ वर्षमा पहिलो पटक विश्वकप गुमायो ।

यसपाली विश्वकप छनोट अन्तर्गत मध्य तथा उत्तर अमेरिकी प्रतियोगिताको तेस्रो चरणमा १४ मध्ये सात खेलमा जित निकाल्दै तेस्रो स्थान हासिल गर्दै अमेरिकाले कतारको टिकट काटेको छ । सात जित, चार बराबरी र तीन हारको नतिजा निकालेको अमेरिका २५ अंक जोड्न सफल भएको थियो ।

समान आठ जित, चार बराबर र दुई हारको नतिजासहित बराबर २८ अंक जोडेका क्यानाडा र मेक्सिको शीर्ष दुई स्थनमा रहँदै कतारका लागि छनोट भएका थिए ।

विश्वकपमा अमेरिकाको इतिहास खासै संवृद्ध छैन । आधुनिक कालमा टोलीले क्वार्टरफाइनलभन्दा माथिको यात्रा तय गरेको इतिहास छैन । त्यसैले यसपाली ग्रेग बेर्हाल्टरको टोलीसामू कम्तिमा अन्तिम आठ पुग्ने लक्ष्य हुनेछ । चार वर्षपछि आफ्नै घरमा खेल्ने भएकाले पनि कतारमा राम्रो गर्नुपर्ने चुनौती अमेरिकी टिमासँग छ ।

यसपालीको टोलीमा युरोपमा लिग खेल्ने खेलाडीको संख्या उल्लेख्य रहेकाले पनि अमेरिकी समर्थक सुखद नतिजाको आशामा छन् । क्रिस्टियन पुलिसिच, जियोभानी रैना, वेस्टर्न मेकानी र सर्जिन्हो डेस्ट जस्ता खेलाडीको उपस्थितीले अमेरिकाको मनोबल उच्च छ ।

हेर्नलायक खेलाडी

क्रिस्टियन पुलिसिच (चेल्सी)
लन्डन डोनोभानपछि सानै उमेरमा अमेरिकाका लागि विश्व स्तरमा छाप छोड्न सफल खेलाडी हुन्, क्रिस्टियन पुलिसिच । १७ वर्षको उमेरमा जर्मन बुन्डेसलिगाको क्लब बोरुसिया डर्टमण्डसँग जोडिएका पुलिसिच हाल इङ्लिस प्रिमियर लिगको महारथी चेल्सीको आक्रमणमा नेतृत्व गरिरहेका छन् ।

२४ वर्षका पुलिसिचले दुई सिजनअघि चेल्सीबाट युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका थिए । युरोपका ठूला क्लबबाट व्यावसायिक फुटबलका सबभन्दा ठूला प्रतियोगिताहरुमा खेलेको उनको अनुभव कतारमा अमेरिकाका लागि काम लाग्ने अपेक्षा गरिएको छ ।

विश्वकपमा अमेरिकाः

विरुद्ध वेल्स (अहमद बिन अली रंगशाला)
मंसिर पाँच गते, साँझ ६ः४५ बजे

विरुद्ध इङ्ल्यान्ड (अल बायात रंगशाला)
मंसिर ९ गते, राति १२ः४५ बजे

विरुद्ध इरान (अल थुमामा रंगशाला)
मंसिर १३ गते, राति १२ः४५ बजे


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP