वैशाख २८, २०८२ आइतबार | २२:२२:१०
नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

टिम परिचय: वेल्सको उत्तम समय

अन्तत: वेल्सको ६४ वर्ष लामो प्रतीक्षा समाप्त भएको छ । २०२२ जुन पाँचमा भएको छनोटको प्लेअफ फाइनलमा युक्रेनलाई १–० ले पराजित गर्दै वेल्स दोस्रो पटक विश्वकपका लागि छनोट भयो ।

३४औं मिनेटमा कप्तान गारेथ बेलको फ्रिकिकमा युक्रेनका आन्द्रे यार्मालेन्कोले आत्मघाती गोल गरेपछि वेल्सले अग्रता लिएको थियो । त्यही गोल निर्णायक बन्दा प्रशिक्षक रोब पेज र उनको टोलीले कतार विश्वकपको टिकट काट्यो ।

‘यही क्षणका लागि हामी आफ्नो करियरमा लागिरहेका थियौँ । समर्थक, राष्ट्र, हामी र हाम्रो परिवारका लागि विश्वकपमा स्थान बनाउन पाउनु एक अविश्वसनीय उपलब्धि हो र यो हामीले सधैं गर्व गर्ने कुरा हुनेछु,’ बेलले विश्वकप पुगेपछि भनेका थिए ।

दोस्रो हाफमा वेल्सले जित सुनिश्चित गर्ने कयौं मौका पाएको थियो तर उसले गोल भने गर्न सकेन । युक्रेनले पनि अवसर नपाएको भने होइन । तर रुसी सैन्य आक्रमणबाट थलिएको युक्रेनको बाटोमा वेल्सका गोलकिपर वेन हेनेसी तगारो बने । उच्च फर्ममा रहेका हेनेसीले वेल्स फुटबल इतिहासको एउटा महत्वपूर्ण खेलमा पोष्ट सुरक्षित राखे ।

‘यही क्षणका लागि हामी आफ्नो करियरमा लागिरहेका थियौँ । समर्थक, राष्ट्र, हामी र हाम्रो परिवारका लागि विश्वकपमा स्थान बनाउन पाउनु एक अविश्वसनीय उपलब्धि हो र यो हामीले सधैं गर्व गर्ने कुरा हुनेछु,’ बेलले विश्वकप पुगेपछि भनेका थिए ।

कप्तान बेल वेल्सका राष्ट्रिय प्रतिभा हुन् । उनले राष्ट्रको लागि सबै थोक दिए । वेल्सलाई विश्वमा चिनाए । उनी आधुनिक फुटबलका एक असाधरण खेलाडी हुन्, महान मध्येका एक । मेजर लिग सकरको टोली लस एन्जलसमा व्यावसायिक फुटबल खेलिरहेका बेलले आफ्नो पूर्व क्लब रियल मड्रिडबाट १६ वटा उपाधि जिते, जसमा ५ च्याम्पियन्स लिग उपाधि समावेश छन् । बेल जस्तो खेलाडी पाएकोमा वेल्सलाई गर्व छ ।

विश्वकपले सुरुदेखि नै केही उत्कृष्ट खेलाडी गुमाएको छ । विश्व फुटबलमा धेरै दिग्गजहरु छन् जसले विश्वकपको अनुभव गर्न पाएनन् । इयान रश, एरिक क्यान्टोना, रायन गिग्स, आन्द्रेई सेभचेन्को र जर्ज बेस्ट यसका उपयुक्त उदाहरणहरु हुन् । यी मध्ये केही खेलाडीहरु आफ्नो देश कमजोर भएको कारण अभागी भए त केही आफै अभाग्यशाली हुन पुगे ।

धेरैले बेललाई पनि यी खेलाडीको सुचीमा राखेका थिए । उनले विश्वकप खेल्नेमा शंका गरिएको थियो, जुन एक हिसावले गलत पनि थिएन । २०१६ को युरोपियन च्याम्पियनसिपमा उच्च प्रदर्शन गरेको वेल्सले दुई वर्षपछि भएको रसिया विश्वकपमा स्थान बनाउन सकेको थिएन । यस्तोमा वेल्समाथि गरिएको शंका स्वाभाविक थियो ।

क्लब सहकर्मीहरु सबै विश्वकप खेलिरहँदा उनीहरुलाई शुभकामना दिनु वाहेक बेलसँग अरु कुनै विकल्प थिएन । तर उनले वेल्सलाई अथक प्रयासमा अन्तत: २०२२ को विश्वकपमा पुर्याएरै छाडे । बेलले विश्वकप छनोट अभियानमा ६ गोल गरे । फाइनलमा उनकै फ्रिकिक निर्णायक बनेको थियो । बेल, उमेरले तेत्तीस वर्ष पुगिसकेका छन् । बेलका लागि कतार विश्वकप अन्तिम विश्वकप हो वा होइन, उनले २०२६ को विश्वकप खेल्ने छन् वा छैनन्, त्यो भविष्यको कुरा हो ।

जे होस् उनले विश्वकपको अनुभव भने गर्न पाउने भए । आफ्नो करियरको शिखरको कुरा गर्ने हो भने २०१८ रसिया विश्वकप उनका लागि सही समय हुन सक्थ्यो । तर टिम छनोट हुनै सकेन । तर यसो भनिरहँदा उनले चिन्ता मान्नुपर्ने कुरा पनि छैन । किनभने वेल्सको अहिले सुनौलो पुस्ता चलिरहेको छ । यस्तोमा टिमको हिसाबमा हेर्ने हो भने यो नै उत्तम समय हो बेल र वेल्सलाई विश्वकपमा छाप छोड्नका लागि । इतिहास बनाउनका लागि ।

कतारमा वेल्सले अमेरिकाविरुद्ध विश्वकपको पहिलो खेल खेल्दैछ । त्यसपछि टोलीले इरान र इङ्ल्यान्डको सामना गर्नेछ ।

वेल्स फुटबल संघ स्थापना भएको एक सय ४० वर्ष पुग्न लागिसकेको छ । १८७६ मा स्थापना भएको वेल्स फुटबल संघ विश्वकै तेस्रो पुरानो राष्ट्रिय फुटबल संघ हो । वेल्सले फिफाको आधिकारिक सदस्यता सन् १९१० मै लिएको थियो । तर फिफा र बेलायती संघबीच सम्बन्ध तनावपूर्ण भएका कारण उसको सदस्यता धेरै लामो समय टिकेन । एमेच्योर खेलाडीलाई भुक्तानीको विवादमा बेलायती राष्ट्रहरु १९२८ मा फिफाबाट फिर्ता भए । फलस्वरूप, वेल्सले पहिलो तीन विश्वकपमा प्रवेश पाउन सकेन । दोस्रो विश्व युद्धपछि वेल्स अन्य तीन घरेलु राष्ट्रसँगै १९४६ मा फिफामा पुन: सामेल भयो र उसले १९५० बाट विश्वकप छनोट भाग लिन थाल्यो ।

वेल्स बेलायत (ग्रेट ब्रिटेन) का चार देशहरु मध्येको एक हो । ग्रेट ब्रिटेन एक सफल सार्वभौम राज्य हो । विश्व खेलकुदमा ग्रेट ब्रिटेनको छुट्टै पहिचान छ । विश्व खेलकुदको मेडल इभेन्टहरुमा इङ्ल्यान्ड, स्कट्ल्यान्ड, उत्तरी आयरल्यान्ड र वेल्स एक एकीकृत राष्ट्रिय ओलम्पिक समिति अन्तर्गत प्रतिस्पर्धा गर्छन् । यस वाहेक लगभग हरेक खेलमा वेलायतको प्रत्येक देशका फरक राष्ट्रिय टोली छन् । ती मध्ये इङ्ल्यान्ड सबभन्दा सफल राष्ट्र हो । वेल्स भने अन्तर्राष्ट्रिय फुटबलमा केही वर्ष यता अगाडि बढ्ने प्रयास गरिरहेको छ ।

वेल्स फुटबल संघ स्थापना भएको एक सय ४० वर्ष पुग्न लागिसकेको छ । १८७६ मा स्थापना भएको वेल्स फुटबल संघ विश्वकै तेस्रो पुरानो राष्ट्रिय फुटबल संघ हो । वेल्सले फिफाको आधिकारिक सदस्यता सन् १९१० मै लिएको थियो । तर फिफा र बेलायती संघबीच सम्बन्ध तनावपूर्ण भएका कारण उसको सदस्यता धेरै लामो समय टिकेन । एमेच्योर खेलाडीलाई भुक्तानीको विवादमा बेलायती राष्ट्रहरु १९२८ मा फिफाबाट फिर्ता भए । फलस्वरूप, वेल्सले पहिलो तीन विश्वकपमा प्रवेश पाउन सकेन । दोस्रो विश्व युद्धपछि वेल्स अन्य तीन घरेलु राष्ट्रसँगै १९४६ मा फिफामा पुन: सामेल भयो र उसले १९५० बाट विश्वकप छनोट भाग लिन थाल्यो ।

१९५८ स्वीडेन विश्वकप वेल्स फुटबलले खेलेको इतिहासकै पहिलो र अन्तिम विश्वकप हो । स्वीडेन विश्वकप वेल्सका लागि एउटा भाग्यले जुराएको विश्वकप थियो । उसको विश्वकप छनोट यात्राले यहि भन्छ । महादेशीय छनोटमा वेल्स समूहको दोस्रो स्थानमा थियो र टोली विश्वकपमा छनोट नहुने लगभग पक्का थियो ।

त्यही समय मध्यपूर्वको राजनीतिले एसियन र अफ्रिकन छनोटमा हस्तक्षेप गर्यो । दोस्रो अरब–इजरायल युद्धलाई कारण देखाएर इजिप्ट र सुडानले दोस्रो चरणको छनोटमा इजरायलसँग खेल्न मानेनन् । त्यस्तै इन्डोनेसियाले पनि इजरायललाई तटस्थ भूमिमा खेल्न जोड दिएपछि फिफाले इजरायललाई समूह विजेता घोषणा गर्यो । यद्यपि, फिफाले वास्तवमा कुनै खेल नखेलेर विश्वकप पुग्ने टोली चाहँदैनथ्यो, त्यसैले युरोपमा पहिलो चरणमा समूहको दोस्रो स्थानमा रहेका सबै टोलीहरुको चिठ्ठा निकालियो । बेल्जियमले पहिलो मौका पायो, तर भाग लिन अस्वीकार गर्यो । त्यसपछि वेल्सको मौका आयो । वेल्सले दुई लेगको प्लेअफमा इजरायलविरुद्द ४–० को समग्र जित निकाल्दै पहिलो पटक विश्वकपमा स्थान पक्का गर्न सफल भयो ।

जिमि मर्फीको प्रशिक्षणमा रहेको १९५८ को वेल्स टिमलाई पहिलो सुनौलो पुस्ताका रुपमा लिइन्छ । डेभ बोवेन टिमका कप्तान थिए । स्वीडेनमा वेल्स आयोजक स्वीडेन सहित हंगेरी र मेक्सिको सम्मिलित समूहमा थियो । वेल्स लगातार तीन बराबरी खेल्दै समूहमा दोस्रो भयो । टोलीका लागि विश्वकपको पहिलो गोल जोन चाल्र्सले हंगेरीविरुद्द गरेका थिए ।

५८ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्केको वेल्सलाई युरो २०१६ मा रोनाल्डो प्रेरित च्याम्पियन पोर्चुगलले २–० ले पराजित गर्यो, जसमा पोर्चुगलका लागि रोनाल्डो र नानीले दोस्रो हाफको सुरुआती १० मिनेट भित्र गोल गरिसकेका थिए । त्यसको चार वर्षपछि टिम डेनमार्कसँग अन्तिम १६ मा ४–० ले पराजित भयो ।

दोस्रो चरणमा पुग्न वेल्सले तेस्रो स्थानको हंगेरीसँग प्लेअफ खेल्यो । जसमा टोली २–१ को नतिजामा विजयी भयो । खेलमा हंगेरीले ३३औं मिनेटमा लायोस टिचीको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफमा आइभोर अलचर्च र टेरी मेड्विनले गोल गरेपछी वेल्स दोस्रो चरण पुग्यो । अन्तिम आठमा टोलीको भेट ब्राजिलसँग भयो, जसमा १७ वर्षे पेलेको पहिलो फिफा विश्वकप गोल निर्णायक बन्यो र ब्राजिल १–० को जितसहित सेमिफाइनल पुग्यो । पछि ब्राजिलले आयोजक स्वीडेनलाई हराएर विश्वकप नै जित्यो ।

१९५८ पछि वेल्स कुनै पनि विश्वकपमा छनोट हुन सकेन । कतारमा दोस्रो विश्वकप खेल्न लागेको वेल्सले त्यसबीच दुई महादेशीय प्रतियोगिता खेल्यो त्यो पनि २१औं शताब्दीमा आएर, २०१६ र २०२० मा । हुन त उसले १९७६ को युरोको क्वार्टर फाइनलपनि खेलेको हो तर होम एण्ड अवेुका आधारमा खेलाइएको उक्त क्वार्टरफाइनललाई प्रतियोगिताको भाग मानिएको थिएन । युरो १९७६ मा चार देश मात्र सहभागी थिए र सिधै सेमिफाइनल खेलाइएको थियो ।

५८ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्केको वेल्सलाई युरो २०१६ मा रोनाल्डो प्रेरित च्याम्पियन पोर्चुगलले २–० ले पराजित गर्यो, जसमा पोर्चुगलका लागि रोनाल्डो र नानीले दोस्रो हाफको सुरुआती १० मिनेट भित्र गोल गरिसकेका थिए । त्यसको चार वर्षपछि टिम डेनमार्कसँग अन्तिम १६ मा ४–० ले पराजित भयो ।

हेर्नलायक खेलाडी

गारेथ बेल (लस एन्जल्स ग्यालेक्सी)

रियाल मड्रिडका पूर्व हस्ती बेल वेल्सका मुख्य खेलाडी हुन् । कतार यात्रामा बेलायती टोलीले उनीबाटै सबभन्दा ठूलो आशा राख्नेछ ।

युरोपियन च्याम्पियनसिपिमा ६ वर्षअघि उनकै नेतृत्वमा वेल्सले सनसनीपूर्ण यात्राका साथ सेमिफाइनलसम्मको यात्रा गरेको थियो । यसका साथै टोली यसपाली निर्णायक खेलमा युक्रेनलाई हराएर कतारको टिकट काट्दासम्म पनि वेल्सको यात्रामा बेलको भूमिका सबभन्दा महत्वपूर्ण रहयो ।

क्लब स्तरमा सम्भव सबै उपाधि जितिसकेका बेलको राष्ट्यि टोलीबाट पनि सम्झन लायक नतिजा ल्याउने अन्तिम मौका यही हो । त्यसैले पनि करियरको उत्तराद्र्धमा रहेका बेलमाथि विश्व फुटबलका समर्थकहरुको नजर रहनेछ ।

विश्वकपमा वेल्स:

विरुद्ध अमेरिका (अहमद बिन रंगशाला)
मंसिर पाँच गते, साँझ ६:४५ बजे

विरुद्ध इरान (अहमद बिन रंगशाला)
मंसिर ९ गते, दिउसो ३:४५ बजे

विरुद्ध इङ्ल्यान्ड (अहमद बिन रंगशाला)
मंसिर १३ गते, राति १२:४५ बजे


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP