वैशाख २८, २०८२ आइतबार | २२:१४:४९
नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

टिम परिचय: खेलाडीको फर्ममा इङ्ल्यान्ड चिन्तित

विश्वकपमा त्यस्तो कुनै संस्करण छैन, जहाँ इङ्ल्यान्ड फुटबल टिमको चर्चा नभएको होस । हरेक विश्वकपमा ‘थ्री लायन्स’ अर्थात् इङ्ल्यान्डको चर्चा उपाधि दावेदारका रुपमा गरिन्छ । तर फुटबलको जन्मदाता मानिने यो देशले विश्वकप जित्न नसकेको ५६ वर्ष भइसक्यो ।

उपलब्ध खेलाडी र टिमको क्षमताको आधारमा कुरा गर्दा इङ्ल्यान्ड सधै विश्वकपको उपाधि दाबेदार टोली हो । यसपाली पनि उपाधि नै इङ्लिस टोलीको लक्ष्य हो । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित र धनी इङ्लिस प्रिमियर लिग (इपिएल)का कारण पनि इङ्ल्यान्ड विश्वकपमा उपाधि दाबेदारका रुपमा दरिँदै आएको हो ।

भनिन्छ, ‘इङ्लिस मिडिया चाहिने भन्दा धेरै बोल्ने गर्दछ । हरेक ठूला प्रतियोगितामा टिमको प्रचार तीन गुणा बढाइदिन्छन ।’ विश्वकपमा इङ्ल्यान्डको चर्चा हुनुको अर्को मुख्य कारण यही हो ।

विश्वभरका उत्कृष्ट खेलाडीहरुको सपना रहने गरेको इपिएलमा इङ्लिस खेलाडीहरु मज्जाले जमेका हुन्छन् । यही कारण हो, विश्वकप वा अन्य ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताको अगाडि र प्रतियोगिता दौरान इङ्ल्यान्डलाई दाबेदारका रुपमा चर्चाको केन्द्र बनाइने गरेको । इङ्ल्यान्ड टिमलाई चर्चाको शिखरमा पुर्याउने काम उसको मिडियाले पनि गर्ने गरेको छ । विश्वभर नै राम्रो प्रभाव राख्ने इङ्लिस मिडियाकै कारण सर बबी चाल्टर्नदेखि ग्यारी लिनेकर हुँदै डेविड बेकह्याम, स्टेभन जेरार्ड र ह्यारी केनहरुले सुपरस्टारको छवि बनाउन सफल भएका हुन् ।

भनिन्छ, ‘इङ्लिस मिडिया चाहिने भन्दा धेरै बोल्ने गर्दछ । हरेक ठूला प्रतियोगितामा टिमको प्रचार तीन गुणा बढाइदिन्छन ।’ विश्वकपमा इङ्ल्यान्डको चर्चा हुनुको अर्को मुख्य कारण यही हो ।

मैदान वाहिरको चर्चामा माथि रहे पनि इङ्लिस टिमको नतिजा भने ठिक विपरित रहने गरेको छ । सन् १९६६ मा आफ्नै भूमिमा विश्वकप जितेयता इङ्ल्यान्डले कुनै पनि ठूलो प्रतियोगिताको उपाधि जित्न सकेको छैन । त्यसैले उत्कृष्ट टिम हुनाका बावजुद ५६ वर्षदेखि हासिल गर्न नसकेको विश्वकप ट्रफी यसपाली कतारबाट उचाल्नुपर्ने जिम्मेवारी ह्यारी केनको नेतृत्वमा रहने इङ्ल्यान्डको टिममा हुनेछ ।

उसोत सन् २००० को दशकमा डेविड बेकह्यामको नेतृत्वमा रहेको टिमलाई इङ्लिस फुटबलको स्वर्णिम पुश्ता मानिन्छ । महत्वपूर्ण समयमा भाग्यको साथ नपाएकै कारण बेकह्याम नेतृत्वको इङ्ल्यान्डले समर्थकलाई गौरवान्वित पार्ने काम गर्न सकेन । अहिले केन नेतृत्वको टिम पनि बेकह्याम पुश्ताजस्तै अभागी होला की भन्ने चिन्ता भने इङ्लिस समर्थकमा छ ।

इङ्ल्यान्डको युवा टिमले गत वर्ष युरो २०२० को फाइनल पुगेर आफूमा प्रचुर क्षमता भएको प्रमाण दिइसकेको छ । वेम्बलीमा सम्पन्न फाइनलको पेनाल्टी सुटआउटमा इटालीसँग अभागी सावित हुँदा इङ्ल्यान्ड लामो समयपछि ठूलो अन्तर्राष्ट्रिय उपाधिबाट टाढिएको थियो ।

चार वर्षअघि रुसमा सम्पन्न विश्वकपमा पनि टोली सेमिफाइनल पुगेको थियो । यसकारण पनि प्रशिक्षक गारेथ साउथगेट यसपाली ५६ वर्षको प्रतिक्षामा पूर्णविराम लाग्ने आशामा छन् ।

कतारमा आउँदो मंसिर चारबाट सुरु हुने विश्वकप साउथगेटका लागि पनि महत्वपूर्ण छ । विश्वकपमा हुने कुनै एक हारले उनको जागिर धरापमा पर्न सक्छ । तथापि साउथगेटले आक्रमणको मुख्य हतियारको रुपमा प्रयोग गर्दै आएका रहिम स्टर्लिङको खस्केको फर्म र समग्र टिमकै लय उनका लागि चिन्ताको विषय हो ।

विश्वकपमा यो इङ्ल्यान्डको १६औं सहभागिता हो । इङ्ल्यान्डले औपचारिक रुपमा अन्तर्राष्ट्रिय फुटबल खेल्न सुरु गरेको १८७२ देखि हो । विश्वकप फुटबलमा भने उसले सहभागिता जनाउन थालेको दोस्रो विश्व युद्द पछि चौथो संस्करणबाट मात्र हो । सुरुआति तिन संस्करणको विश्वकप फिफाको सदस्य नभएका कारण इङ्ल्यान्डले खेलेको थिएन ।

दोस्रो विश्वयुद्धपछि १९५० मा १३ टिमको सहभागिताका साथ ब्राजिलमा भएको चौथो विश्वकपमा इङ्ल्यान्ड समूह चरणमै रोकिएको थियो । टिम बिली राइटको कप्तानीमा ब्राजिल पुगेको थियो । राइटले इङ्ल्यान्डको टिमलाई १९५०, १९५४, र १९५८ को विश्वकपमा मा कप्तानी गरेका थिए । इङ्ल्यान्डका लागि विश्वकप इतिहासमा पहिलो गोल गर्ने खेलाडी हुन् स्टान मोर्टेन्सेन । उनले पहिलो गोल चिलीविरुद्ध गरेका थिए । इङ्ल्यान्डले १९५४ र १९६२ मा क्वार्टरफाइनल सम्मको यात्रा तय गरेको थियो भने १९५८ मा टिम समूह चरणबाटै बाहिरिएको थियो ।

पाचौं प्रयासमा इङ्ल्यान्डले १९६६ को विश्वकप उचालेको हो । १९६६ को विश्वकप इङ्ल्यान्डमै भएको थियो । घरेलु भूमिमा भएको उक्त विश्वकपको फाइनलमा इङ्ल्यान्डले पश्चिम जर्मनीलाई ४–२ को नतिजामा हराउँदै पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो । इङ्ल्यान्डलाई अहिलेसम्मको एकमात्र विश्वकप जिताउने टिमका प्रशिक्षक सर अल्फ्रेड अर्नेस्ट राम्से तथा कप्तान सर बबी मरे थिए ।

गोल पछि प्रशिक्षक राम्से जर्मन खेलाडीहरुमा थकान र जोश हराएको कुरामा विश्वस्त देखिन्थे । साच्चै नै भएको यहि थियो । उक्त विवादास्पद गोल पछि जर्मनी अलि सुस्त देखिन्थ्यो । त्यसपछि जियोफ हर्स्टले फेरि एक गोल थपे र ह्याट्रीक पूरा गरे । ४–२ को जितसँगै इङ्ल्यान्डले पहिलो पटक विश्वकप जित्यो । कप्तान बबि मुरले रानी एलिजाबेथबाट विश्वकपको ट्रफी ग्रहण गरे ।

इङ्ल्यान्डको टोलीमा त्यति बेलाका सुपरस्टारहरु म्यान्चेस्टर युनाइटेडका बबी चाल्टर्न, जियोफ हर्स्ट, इयान कालाघान, टेरि पाएन र मार्टिन पिटर्स जस्ता प्रख्यात खेलाडीको साथ थियो । समूह चरणको पहिलो खेलमा उरुग्वेसँग गोलरहित बराबरीमा रोकिएको टोलीले मेक्सिको र फ्रान्सलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनायो । अर्जेन्टिनाविरुद्धको अन्तिम आठको खेलमा इङ्ल्यान्डका जियोफ हर्स्टको एक मात्र गोल निर्णायक बन्यो ।

सेमिफाइनलमा बबि चाल्टर्नको दुई गोल प्रेरित इङल्यान्ड पोर्चुगलमाथि जित हासिल गर्दै फाइनल पुग्यो । पहिलो पटक फाइनल पुगेको इङ्ल्यान्डलाई पश्चिम् जर्मनीको चुनौती थियो । फाइनल केही विवादास्पद रह्यो । वेम्बलीमा भएको फाइनल निर्धारित ९० मिनेट सकिँदासम्म २–२ को बराबरीमा थियो । अतिरिक्त समयको १०१औं मिनेटमा इङ्ल्यान्डका जियोफ हर्स्टको प्रहार पोस्टमा ठोक्किएर तल झर्यो । बल गोल लाइनभित्र नछिर्दै जर्मन खेलाडीले क्लियर गरिदिए । तर स्विस रेफ्री डाइन्स्टले उक्त बल गोल लाइन भित्र छिरेको निश्कर्ष निकाले र त्यसलाई गोल दिइयो ।

गोल पछि प्रशिक्षक राम्से जर्मन खेलाडीहरुमा थकान र जोश हराएको कुरामा विश्वस्त देखिन्थे । साच्चै नै भएको यहि थियो । उक्त विवादास्पद गोल पछि जर्मनी अलि सुस्त देखिन्थ्यो । त्यसपछि जियोफ हर्स्टले फेरि एक गोल थपे र ह्याट्रीक पूरा गरे । ४–२ को जितसँगै इङ्ल्यान्डले पहिलो पटक विश्वकप जित्यो । कप्तान बबि मुरले रानी एलिजाबेथबाट विश्वकपको ट्रफी ग्रहण गरे ।

१९७० मा बबी मुरेकै कप्तानीमा इङ्ल्यान्ड उपाधि रक्षाको अभियानका साथ मेक्सिको पुगेको थियो । तर कप्तान मुरेको नायकत्वका बाबजुद उक्त विश्वकपमा इङ्ल्यान्डको यात्रा अन्तिम आठमै सीमित भयो । इङ्ल्यान्डलाई ३–२ को नतिजामा हराएर पश्चिम् जर्मनीले चार वर्ष अगाडि फाइनलमा हारेको हारेको बदला मीठो तरिकाले लियो ।

१९७४, र १९७८ मा इङ्ल्यान्डले छनोट चरण नै पार गर्न सकेन । १९८२ मा स्पेनमा भएको विश्वकपलाई छानिए पनि दोस्रो चरणमै टोलीको यात्रा सीमित भयो । त्यसको चार वर्षपछि मेक्सिकोमा भएको विश्वकप ग्यारी लिनेकरको इङ्ल्यान्ड र म्याराडोनाको अर्जेन्टिनाबीचको खेलका कारण अजम्बरी बन्यो ।

लिनेकर १९८६ विश्वकपको गोल्डेन बुट विजेता खेलाडी हुन् । उनले उक्त विश्वकपमा सर्वाधिक ६ गोल गरेका थिए । इङ्ल्यान्डका लागि गोल्डेन बुट जित्ने उनी पहिलो खेलाडी हुन् । उनी पछि ह्यारी केनले २०१८ मा सो उपलब्धि हासिल गरेका थिए । इङ्ल्यान्ड र अर्जेन्टिना बीचको क्वार्टरफाइनल विश्वकप इतिहासकै अविस्मरणीय खेलहरु मध्यको एक मानिन्छ । खेल २–१ ले अर्जेन्टिनाको पक्षमा गयो ।

खेलमा अर्जेन्टिनाका लागि म्यारोडोनाले दुई अविस्मरणीय गोल गरे । खेलको ५१औं मिनेटमा उनले हातले गोल गरेका थिए । त्यसको ठिक ४ मिनेट पछि म्यारोडोनाले फेरि विश्वकप इतिहासकै सर्वोत्कृष्ट गोल गरे । पछि एउटा गोलले ‘ह्यान्ड अफ दी गड’ र अर्कोले ‘गोल अफ दी ङसेन्चुरी’को शंज्ञा पाए ।

१९९० मा इङ्ल्यान्ड दोस्रो पटक सेमिफाइनल पुग्यो । तर ऊ बेकेनबाउरको च्याम्पियन जर्मनीसँग पेनाल्टी सुट आउटमा पराजित भयो । विश्वकपमा इङ्ल्यान्डको लागि यो पहिलो पेनाल्टी सुटआउट थियो । त्यसयता पनि पेनाल्टी सुटआउट इङ्ल्यान्डका लागि सुखद रहन सकेको छैन । युरो १९९६ क्वाटरफाइनलमा स्पेनविरुद्धको जित बाहेक अरु सबैमा हार बेहोर्यो । १९९६ युरो सेमिफाइनल, १९९८ विश्वकप अन्तिम १६, २००४ युरो क्वार्टरफाइनल, त्यसैगरी २००६ विश्वकप क्वार्टरफाइनल यसका उदाहरणहरु हुन्  । टिमले बल्ल रसिया विश्वकपमा कोलोम्बियालाई पेनाल्टीमा सुटआउटमा हराएर नयाँ इतिहास बनाउन खोजेको थियो । तर गत वर्ष युरो २०२० मा फेरि पेनाल्टीकै कारण फाइनलमा हार बेहोर्यो ।

फ्रान्समा भएको १९९८ को विश्वकपमा एलन सियररको कप्तानीमा रहेको इङ्ल्यान्ड अर्जेन्टिनासँग पराजित भएको थियो । अन्तिम १६ मा उसलाई अर्जेन्टिनाले पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले पराजित गर्यो ।

इङ्ल्यान्डले २००१ मा पहिलो पटक विदेशी प्रशिक्षकलाई टिमको जिम्मेवारी दियो । उसले स्विदेनका स्भयेन गोरान एरिक्सनलाई प्रशिक्षकको जिम्मा दिएको थियो । २००२ मा च्याम्पियन ब्राजिल र २००६ मा पर्चुगलसँग टिमले पराजय भोग्दै इङ्ल्यान्डले क्वार्टरफाइनलसम्मको यात्रामै चित्त बुझायो ।

गत संस्करणको विश्वकप इङ्ल्यान्डका लागि केही सकारात्मक रह्यो । रसियामा युवा टिमले सेमिफाइनल सम्मको यात्रा गर्यो । टिमको नेतृत्व स्ट्राइकर ह्यारी केनले सम्हालेका थिए भने प्रशिक्षकमा थिए पूर्व खेलाडी गारेथ साउथगेट । टिमले विश्वकपमा पहिलो पल्ट पेनाल्टी सुट आउटमा जित हासिल गर्यो । ग्यारी लिनेकर पछि ह्यारी केन गोल्डेन बुट जित्ने दोस्रो इङ्लिस खेलाडी बने । उनले प्रतियोगिता अवधिभर कुल ६ गोल गरे ।

फाबियो कापेलोको प्रशिक्षणमा खेलेको विश्वकप २०१० पनि इङ्ल्यान्डका लागि सुखद रहेन । अन्तिम १६ मा जर्मनीसँग ४–१ को पराजय भोग्दै स्टेभन जेरार्डको कप्तानीमा रहेको टिम घर फर्कियो । तर फ्रयांक लाम्पार्डको प्रहार पोष्टमा ठोक्किएर गोललाइन भित्र लागेको थियो । तर त्यसले गोलको मान्यता नपाएका कारण त्यो खेल फुटबल इतिहासमा निक्कै महत्वपूर्ण बन्यो । हाल फुटबलमा प्रयोग हुने प्रविधि भिडियो सहायक रेफ्री (भिएआर) लागु हुनुमा त्यो खेलको ठूलो भूमिका छ ।

चार वर्षपछि जेरार्डकै कप्तानीमा इङ्ल्यान्डले ब्राजिल विश्वकप खेल्यो । तर रोय हड्सनको टोलीले विश्वकप इतिहासकै खराब प्रदर्शन गर्यो । टिम दुई खेल पछि नै प्रतियोगिताबाट बाहिरिइसकेको थियो । इङ्ल्यान्ड १९५८ यता पहिलो पटक दोस्रो चरण नै नपुगी घर फर्किएको थियो ।

गत संस्करणको विश्वकप इङ्ल्यान्डका लागि केही सकारात्मक रह्यो । रसियामा युवा टिमले सेमिफाइनल सम्मको यात्रा गर्यो । टिमको नेतृत्व स्ट्राइकर ह्यारी केनले सम्हालेका थिए भने प्रशिक्षकमा थिए पूर्व खेलाडी गारेथ साउथगेट । टिमले विश्वकपमा पहिलो पल्ट पेनाल्टी सुट आउटमा जित हासिल गर्यो । ग्यारी लिनेकर पछि ह्यारी केन गोल्डेन बुट जित्ने दोस्रो इङ्लिस खेलाडी बने । उनले प्रतियोगिता अवधिभर कुल ६ गोल गरे ।

इङ्ल्यान्डले त्यसको तीन वर्ष पछि युरो २०२० मा फाइनल सम्मको यात्रा तय गर्यो । तर इटालीले उसलाई आफ्नै घरेलु भूमिमा हरायो । सधैंको जस्तो फेरि पनि ऊ पेनाल्टीमै चुक्यो ।

इङ्लिस फुटबलसँग १९६६ को सुनौलो इतिहास छ । त्यसपछिको फरक वास्तविकता छ । पेनाल्टी सुटआउटमा भोगेका फरक नियतिको सम्झना छन् । यिनै फरक सम्झनाको संगालोबीच इङ्ल्यान्ड यसपाली कतारबाट अर्को एउटा सुनौलो इतिहास लेख्न चाहन्छ । विश्वकपको युरोपेली छनोटअन्तर्गत समूह एकका १० मध्ये आठ खेलमा जित हासिल गरेको नतिजाले इङ्ल्यान्डका लागि उत्साह वृद्धि गर्न सक्छ ।

हेर्न लायक खेलाडी

ह्यारी केन (टोटेनहम)

गत संस्करणका गोल्डेन बुट विजेता कप्तान ह्यारी केनमाथि यो पाली पनि सम्पूर्ण विश्वको नजर हुनेछ । २८ जुलाई १९९३ मा जन्मेका केन इङ्लिस प्रिमियर लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा एक सय ९३ गोल गर्दै तेस्रो स्थानमा छन् । केनभन्दा अगाडि एलान एियरर र वायन रुनी छन्  ।

टोटनहमबाट आफ्नो व्यावसायिक फुटबल खेलिरहेका २९ वर्षे स्ट्राइकर केनले उत्तरी लन्डनको क्लबबाट चार सय एक खेलमा दुई सय ५९ गोल गरिसकेका छन् । बबी मुरपछि विश्वकप उचाल्ने इङ्ल्यान्डको कप्तान बन्ने हो भने ह्यारी केनको उच्च स्कोरिङ फर्मले कतारमा निरन्तरता पाउनुपर्छ । युरोपेली छनोटबाट इङ्ल्यान्डलाई सोझै विश्वकप पुर्याउन केनको महत्वपूर्ण भूमिका रहेको थियो । छनोट अभियानमा उनले नेदरल्यान्ड्सका मेम्फिस डिपेसँगै सर्वाधिक १२ गोल गरेका थिए । केनसँगै युवा खेलाडी फिल फोडेनप्रति पनि सबैको नजर रहनेछ ।

विश्वकपमा इङ्ल्यान्ड

विरुद्ध इरान (खलिफा अन्तर्राष्ट्रिय रंगशाला )
मंसिर पाँच गते, साँझ ६:४५ बजे

विरुद्ध अमेरिका (अल बायात रंगशाला)
मंसिर ९ गते, राति १२:४५ बजे

विरुद्द वेल्स (एहमद बिन रंगशाला)
मंसिर १३ गते, राति १२:४५ बजे


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP