वैशाख २८, २०८२ आइतबार | २२:१२:४७
नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

टिम परिचय: उच्च उडान भर्दै सेनेगल

अफ्रिकी महादेशबाट अहिलेसम्म कुनै पनि टिमले विश्वकपमा दमदार नतिजा हासिल गर्न सकेका छैनन् । प्रदर्शनको सधै तारिफ हुने गरे पनि विश्वकपमा अफ्रिकी टिमको नतिजा भने सन्तोषजनक छैन । विश्वकप इतिहासमा अहिलेसम्म कुनै पनि अफ्रिकी टोलीले अन्तिम चारसम्मको यात्रा पनि गरेका छैनन् ।

तेस्रो पटक विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता खेल्ने तयारीमा रहेको सेनेगलसामू यसपाली अफ्रिकी टोलीको त्यो कमजोर इतिहासमा सुधार गर्ने अवसर छ । यसै वर्षको पूर्वाद्र्धमा इजिप्टलाई हराउँदै अफ्रिकी कप अफ नेशन्स जितेको सेनेगलको टोलीलाई देशको ‘गोल्डेन जेनेरेसन’ मानिन्छ ।

सेनेगललाई फुटबल इतिहासकै पहिलो अन्तर्राष्ट्रिय उपाधि जिताएकाले कप्तान कालिडो कौलिबालीको नेतृत्वमा मैदान उत्रिने टोलीबाट विश्वकपमा ऐतिहासिक प्रदर्शन अपेक्षा गरिएको छ ।

२०२२ विश्वकप छनोट प्रतियोगिताको अन्त्यमा इजिप्टलाई नै निराश पारेर सेनेगलले कतारको टिकट काटेको थियो । इजिप्टमा भएको पहिलो लेगमा १–० को नतिजामा पराजित भए पनि सेनेगलले दोस्रो लेगमा नतिजा उल्टायो । दोस्रो लेगमा सेनेगल १–० को नतिजामा विजयी भएपछि खेल निर्णयार्थ टाई ब्रेकरमा पुगेको थियो । जहाँ सेनेगलले बाजी मार्यो ।

प्रशिक्षक अलियु सिसेको नेतृत्वमा कतार विश्वकप सेनेगलको दोस्रो विश्वकप हुनेछ । समूह चरणमा अफ्रिकी टोलीले आयोजक कतार, दक्षिण अमेरिकाको इक्वेडर र युरोपेली महारथी नेडरल्याण्ड्सको सामना गर्नेछ ।

२०२२ विश्वकप छनोट प्रतियोगिताको अन्त्यमा इजिप्टलाई नै निराश पारेर सेनेगलले कतारको टिकट काटेको थियो । इजिप्टमा भएको पहिलो लेगमा १–० को नतिजामा पराजित भए पनि सेनेगलले दोस्रो लेगमा नतिजा उल्टायो । दोस्रो लेगमा सेनेगल १–० को नतिजामा विजयी भएपछि खेल निर्णयार्थ टाई ब्रेकरमा पुगेको थियो । जहाँ सेनेगलले बाजी मार्यो ।

१९६० अप्रिल ४ मा फ्रान्सबाट स्वतन्त्र भएकै वर्ष सेनेगल फुटबल संघको स्थापना भए पनि फिफाको सदस्यता भने १९६२ मा लिएको थियो । एक वर्षपछि १९६३ मा अफ्रिकी फुटबल महासंघको सदस्य भएको सेनेगलले आफ्नो पहिलो अन्तर्राष्ट्रिय  प्रतियोगिता १९६५ मा खेल्यो ।

१९६५ अफ्रिका कप अफ नेसन्स सेनेगलले खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । जहाँ टोली सेमिफाइनल पुगेको थियो । त्यसको तीन वर्षपछि समूह चरणबाटै बाहिरिएको सेनेगल त्यसपछि १८ वर्षसम्म कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट हुन सकेन ।

१९८६ महादेशीय प्रतियोगितामार्फत टोलीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पुनरागमन गर्यो । तर सेनेगलको यात्रा समूह चरणभन्दा अगाडि बढ्न सकेन । १९९० देखि १९९४ सम्म लगातार तीन संस्करणको महादेशीय कप खेल्ने क्रममा टोली एक पटक अन्तिम चारमा पुग्यो भने दुई पटक क्वार्टरफाइनलबाट घर फर्कियो ।

सन् २००० मा फ्रेन्च प्रशिक्षक ब्रुनो मेत्सुको आगमनसँगै सेनेगलको फुटबलमा केही परिवर्तन आयो । आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा मेत्सुले सेनेगललाई महादेशीय कपको अन्तिम आठसम्म पुर्याए । त्यसको दुई वर्षपछि टिम फाइनल सम्म पुग्यो । मालीमा भएको उक्त संस्करणमा सेनेगल क्यामारुनसँग टाइ ब्रेकरमा पराजित भएको थियो ।

पूर्व कप्तान अलियु सिसेको प्रशिक्षणमा रुस विश्वकप २०१८ लाई छानिनुअघि सेनेगल त्यसपछिका विश्वकपमा छनोट हुनै सकेन । चार वर्षअघि रुसमा सेनेगल जापान, कोलम्बिया र पोल्यान्ड सम्मिलित समूहमा थियो । पहिलो खेलमा पोल्यान्डलाई २–१ ले पराजित गरेको सेनेगलले दोस्रो खेलमा जापानसँग २–२ को बराबरी नतिजा निकाल्यो । समूहको अन्तिम खेलमा कोलम्बियासँग १–० ले पराजित भएपछि टोली समूह चरणबाटै बाहिरियो । जापानसँग अंक र गोलअन्तर समेत बराबर भए पनि फेयर प्लेमा माथि रहेका कारण एसियाली टोलीले नकआउट चरणको यात्रा गरेको थियो ।

२००२ सेनेगल फुटबलको लागि सम्झन लायक वर्ष रह्यो । ब्रुनो मेत्सुको प्रशिक्षणमा सेनेगलले पहिलो पटक फिफा विश्वकपको टिकट काट्यो । जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको विश्वकपमा सेनेगल साविक विजेता फ्रान्स, पूर्व विजेता उरुग्वे र डेनमार्क सम्मिलित समूहमा थियो ।

सेनेगलको पहिलो विश्वकपमा पहिलो खेल साविक विजेता फ्रान्ससँग थियो । अत्यन्तै बलियो साविक विजेताविरुद्धको त्यो खेल जित्दै सेनेगलले सनसनी मच्चायो । बाँकी द्ुई खेलमा बराबरी नतिजा निकाल्दै अफ्रिकी टोली पहिलो अनुभवमै विश्वकपको नकआउट चरण प्रवेश गर्यो । १९९८ मा जितेको विश्वकपमा दुई वर्षअघि मात्र युरोपियन च्याम्पियनसिपको उपाधि पनि थपेको फ्रान्स भने त्यही कारका कारण एउटै गोल नगरि समूह चरणबाटै घर फर्कियो ।

अन्तिम १६ मा सेनेगलको भेट स्वीडेनसँग भयो । अतिरिक्त समयको १०४औं मिनेटमा हेनरी कामाराले गोल्डेन गोल गर्दा सेनेगलले २–१ को जित हासिल गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो । सेनेगल विश्वकपको अन्तिम आठ पुग्ने दोस्रो अफ्रिकी मुलुक हो । यसअघि क्यामरुनले १९९० विश्वकपमा क्वार्टरफाइनलको यात्रा तय गरेको थियो । त्यसयता २०१० मा घानाले मात्र अन्तिम आठ सम्मको यात्रा गरेको छ ।

यसपाली कतारमा सेनेगल अन्तर्राष्ट्रिय फुटबलमा हासिल गर्दै आएको उचाई थप बढाउन चाहन्छ, कम्तिमा सेमिफाइनल पुगेर । यसै वर्ष जितेको महादेशीय उपाधिले त्यसमा थप उर्जा प्रदान गर्नेछ ।

पूर्व कप्तान अलियु सिसेको प्रशिक्षणमा रुस विश्वकप २०१८ लाई छानिनुअघि सेनेगल त्यसपछिका विश्वकपमा छनोट हुनै सकेन । चार वर्षअघि रुसमा सेनेगल जापान, कोलम्बिया र पोल्यान्ड सम्मिलित समूहमा थियो । पहिलो खेलमा पोल्यान्डलाई २–१ ले पराजित गरेको सेनेगलले दोस्रो खेलमा जापानसँग २–२ को बराबरी नतिजा निकाल्यो । समूहको अन्तिम खेलमा कोलम्बियासँग १–० ले पराजित भएपछि टोली समूह चरणबाटै बाहिरियो । जापानसँग अंक र गोलअन्तर समेत बराबर भए पनि फेयर प्लेमा माथि रहेका कारण एसियाली टोलीले नकआउट चरणको यात्रा गरेको थियो ।

यसपाली कतारमा सेनेगल अन्तर्राष्ट्रिय फुटबलमा हासिल गर्दै आएको उचाई थप बढाउन चाहन्छ, कम्तिमा सेमिफाइनल पुगेर । यसै वर्ष जितेको महादेशीय उपाधिले त्यसमा थप उर्जा प्रदान गर्नेछ ।

विश्वकपमा सेनेगल

विरुद्ध नेदरल्यान्ड्स (अल थुमामा रंगशाला)
मंसिर पाँच गते, राति ९:४५ बजे

विरुद्ध कतार (अल थुमामा रंगशाला)
मंसिर ९ गते, साँझ ६:४५ बजे

विरुद्ध इक्वेडर (अल खलिफा रंगशाला)
मंसिर १३ गते, साँझ ८:४५ बजे

हेर्न लायक खेलाडी

साडियो माने (बायर्न म्युनिख)

जर्मन महारथी बायर्न म्युनिखका स्टार माने कतार यात्राका लागि सेनेगलले सबभन्दा भर गरेका खेलाडी हुन् । ३० वर्षिय माने यसै सिजनमा मात्र इङ्लिस महारथी लिभरपुलबाट बायर्न सरुवा भएका हुन् ।

लिभरपुलका च्याम्पियन्स लिग विजेता स्टार मानेले इङ्लिस क्लबबाट तीन पटक च्याम्पियन्स लिगको फाइनल खेलेका थिए । क्लब फुटबलमा एक सय ५० भन्दा बढि व्यावसायिक गोल गरेका माने अन्तर्राष्ट्रिय फुटबलमा सेनेगलका उच्च गोलकर्ता हुन् । उनले सेनेगलको जर्सीमा ३४ गोल गरिसकेका छन् ।

वितेको सिजनको प्रदर्शनका आधारमा दिइने सर्वोत्कृष्ट खेलाडीको पुरस्कार बालन डी अरमा उनी दोस्रो भएका थिए । रियाल मड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले यसपाली बालन डी अर जितेका थिए ।

(एजेन्सीहरुको सहयोगमा)


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP