ट्वान्टी२० शृंखला

भारतलाई शृंखला

फ्लोरिडा । चौथो खेलमा ५९ रनको जितसहित भारतले शनिबार वेस्ट इन्डिजविरुद्धको ट्वान्टी२० शृंखला आफ्नो पक्षमा पारेको छ ।

पहिलो खेल जितेको भारत दोस्रो खेलमा पराजित भएको थियो । तेस्रो र चौथो खेलमा निकालेको जितपछि भारतले एक खेल अगावै पाँच ट्वान्टी२० खेलको शृंखला ३-१ ले आफ्नो पक्षमा पारेको हो ।

भारतले प्रस्तुत गरेको एक सय ९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १९.१ ओभरमा मात्र एक सय ३२ रनमा सीमित भयो ।
वेस्ट इन्डिजका लागि निकोलास पुरन र रोभमन पावेलले समान २४ रनको योगदान गरे । 

भारतका अर्शदिप सिंहले तीन तथा आभेस खान, अक्सर पटेल र रवि विस्नोइले समान दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ९१ रनको योगफद खडा गरेको थियो ।

भारतका लागि ऋषभ पन्तले ४४, कप्तान रोहित शर्माले ३३ र सञ्जु सामनसनले अविजित ३० रन जोडे ।

वेस्ट इन्डिजका ओवेड म्याकोइ र अल्जारी जोसेफले समान दुई तथा एकिल होसेनले एक विकेट लिए ।