नेपाली राष्ट्रिय क्रिकेट टोली

जिम्बाब्वेविरुद्ध नेपालको १०० रन पूरा

काठमाडौं । जिम्बाब्वे ‘ए' विरुद्धको तीन ट्वान्टी २० खेलको शृंखलाअन्तर्गतको पहिलो खेलमाब्याटिङ गरिरहेको नेपालले १०० रन पूरा गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो नेपालका लागि ओपनर कुशल भुर्तेल ४६ तथा आशिफ शेख ९ रन बनाएर पेभेलियन फर्किसकेका छन् । कुशलले ३१ बलमा ८ चौका प्रहार गरेका थिए भने आशिफ शेखले १६ बलमा १ चौका प्रहार गरेका थिए ।

नेपालले ११.४ ओभरमा २ विकेट गुमाएर १०० रन पूरा गरेको थियो । नेपालका लागि अहिले क्रिजमा दीपेन्द्रसिंह ऐरी २७ र आदिल आलम १ रन बनाएर खेलिरहेका छन् । १४ ओभरको खेल सकिँदा नेपालले ३ विकेट गुमाएर १२४ बनाएको छ ।

वान् डाउनमा क्रिजमा उत्रिएका रोहित कुमार पौडेल २६ बलमा ३६ रन बनाएर पेभेलियन फर्केका छन् । अमेरिकामा जुनमा आयोजना हुने विश्वकप क्रिकेट लिग टु अन्तर्गतको त्रिकोणात्मक शृंखलाको तयारीमा रहेको नेपालले त्यसैको तयारीस्वरुप जिम्बाब्वे 'ए'सँग तीन ट्वान्टी २० र तीन एक दिवसीय शृंखला आयोजना गरेको हो ।

नेपालले चैत पपुवा न्यु गिनी (पिएनजी) विरुद्धको दुई एक दिवसीय खेलको शृंखला २-० ले गुमाएको थियो । पिएनजी र मलेसियासम्मेलित त्रिकोणात्मक ट्वान्टी २० खेलको शृंखला भने नेपालले जितेको थियो ।

त्यसैले नेपाल आफ्नो जित यात्रा कायम राख्न चाहन्छ । नेपालले शनिबार जिम्बाब्वे 'ए'विरुद्धको तीन एक दिवसीय शृंखलाअन्तर्गतको पहिलो खेल खेल्ने तालिका थियो । तर लगातारको वर्षाका कारण सो खेल रद्द गरिएको थियो ।