एसिसी प्रिमियर कप

नेपालले मलेसियालाई हरायो

काठमाडौं । एसिसी प्रिमियर कप ट्वान्टी २० क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा नेपालले मलेसियामाथि पाँच विकेटको जित निकाल्यो ।

मलेसियाले प्रस्तुत गरेको १४४ रनको लक्ष्य नेपालले बल चार बाँकी छँदा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि आसिफ शेखले ३२, कप्तान रोहितकुमार पौडेलले २०, कुशल भुर्तेलले २४, दीपेन्द्रसिंह ऐरीले २०, गुल्सन झाले अविजित १९ र सन्दीप जोराले अविजित १२ रन बनाए ।

पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे । मलेसियाका लागि कप्तान वीरनदिप सिंहले तीन तथा माेहम्मद वाफिक र पवनदिप सिंहले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १४३ रनको योगफल तयार पार्यो ।

मलेसियाका लागि वीरनदिप सिंहले ५७ बलमा समान चार छक्का र चौकाको मद्दतले अविजित ६८ रनको योगदान गरे । यसैगरी सार्विन मुनिएन्डी ४१ र महोम्मद आमिरले १६ रन बनाए ।

दोस्रो विकेटका लागि सिंह र मुनिएन्डीले ८२ रनको साझेदारी गरे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई तथा अविनाश बोहराले एक विकेट लिए ।

अब नेपालले शनिबार कतारको समान गर्नेछ ।