अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला

एलन र मिल्नेले पाकिस्तानविरुद्धको शृंखला गुमाउने

काठमाडौं । न्युजिल्यान्डका ब्याटर फिन एलन र  बलर एडम मिल्नेले पाकिस्तानविरुद्धको अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला गुमाउने भएका छन् ।

न्युजिल्यान्ड क्रिकेट बोर्डका अनुसार दुवैले चोटका कारण पाकिस्तान भ्रमण गुमाउने भएका हुन् । एलानको ढाड तथा मिल्नेको गोलीगाँठामा चोट लागेको छ ।

यी दुईको स्थानमा विकेटकिपर ब्याटर टम ब्लन्डेल र अलराउन्डर ज्याक फाउल्केसलाई टोलीमा बोलाइएको छ।  फाउल्केसले पहिलो पटक न्युजिल्यान्डको टोलीमा स्थान बनाएका हुन् ।

न्युजील्यान्ड र पाकिस्तानबीच पाँच खेलको ट्वान्टी २० शृंखला अप्रिल १८ देखि २७ सम्म हुनेछ ।