इन्डियन प्रिमियर लिग

लगातार चौथो जितको लक्ष्यमा कोलकाता

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को १७औं संस्करणमा सोमबार चेन्नई सुपर किंग्सले घरेलु मैदानमा कोलकाता नाइटराइडर्सको सामना गर्दैछ। खेल एमए चिदम्बरम क्रिकेट रंगशालामा नेपाली समय अनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

जारी संस्करणमाचेन्नई पाँचौं खेल खेल्दैछ । अघिल्ला चार खेलका टोलीले दुई जित र तीन हारको नतिजा निकालेको छ । यता चौथो खेल खेल्न लागेकाे काेतकाताले अघिल्ला तीनै खेलमा जित निकालेको छ ।

चेन्नई रुतुराज गायकवाड र कोलकाता श्रेयस अय्यरको कप्तानीमा मैदान उत्रिनेछन् ।

चेन्नई महेन्द्रसिंह धोनी, रचिन रबिन्द्र, शिभम दुबे, मोइन अली जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ । कोलकातालाई सुनिल नारायण, आन्द्रे रसेल, रिंकु सिंह, वरुण चक्रवर्ती जस्ता खेलाडीको साथ रहनेछ ।

आइपिएलमा हालसम्म यी दुई टोलीबिच २९ खेल भएका छन्  । जसमा चेन्नईले १८ र कोलकाताले १०जित हात पारेको छ । एक खेल भने विना नतिजा टंगिएको छ ।