त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला

नेदरल्यान्ड्सले दियो नेपाललाई १२१ रनको लक्ष्य

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलामा नेदरल्यान्ड्सले नेपालसामू १२१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १२० रनको योगफल तयार पार्यो ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओडोउडले २४ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ३१ रनको योगदान गरे । यसैगरी  टिम भान डेर गुग्टेनले २४, रोलोफ भान डेर मार्वीले अविजित २३ र कप्तान स्कट एड्वार्डसले १८ रन बनाए ।

तेस्रो विकेटका लागि ओडोउड र एड्वार्डसले ५० रनको साझेदारी गरे । नेपालका लागि प्रतिश जिसीले तीन, करण केसी र कुशल मल्लले समान दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।