अन्तर विद्यालय क्रिकेट प्रतियोगिता

अन्तर विद्यालय क्रिकेटः अरनिको च्याम्पियन

विराटनगर  । अरनिको स्कुल नेपाल क्रिकेट फाउन्डेशन र मोरङ जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा भएको दोस्रो विराटनगर हव अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

शनिबार विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको फाइनलमा अरनिकोले साविक विजेता सरस्वती स्कुललाई पाँच विकेटले पराजित गर्यो । 

सरस्वतीले प्रस्तुत गरेको १०८ रनको लक्ष्य अरनिकोले १७ ओभर पाँच विकेट गुमाएर पूरा गर्यो । अरनिकोका लागि अविशेक यादवले ५० रन बनाउँदा साजव यादवले १३ रनको योगदान दिए ।

सरस्वतीका रोहन मण्डल, निरज यादव र अविशेक यादवले समान एक विकेट लिए ।

सरस्वतीका अविशेक यादव प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए । यसैगरी कोशी मोडेलका रविन मण्डल उत्कृष्ट ब्याटर र न्यु मुनका सहवाज आलम उत्कृष्ट बलर चुनिए ।

फागुन ५ गतेदेखि शुरु भएको प्रतियोगितामा १६ विद्यालयको सहभागिता थियो ।