चैत्र १६, २०८२ सोमबार | २२:१९:५३
राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट

सञ्जीवको टिमलाई प्रो-एमको उपाधि

पोखरा । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको प्रो-एमको उपाधि प्रोफेसनल सञ्जीवबहादुर नेपालीको टिमले जितेको छ।

पोखरास्थित हिमालयन गल्फ क्लबमा‌ उपाधि जित्ने क्रममा सञ्जीवको टिमले कुल १४८ स्कोर बनायो। प्रो सञ्जीवले ३४ अंक बनाउँदा एमेच्योरहरु दीप्सन लामाले ३९, बलराम थापाले ३८ र रबिन्द्र तिवारीले ३७ अंक जोडे।

प्रो निरज तामाङको टिमले १ ४१ स्कोर सहित दोस्रो स्थान प्राप्त गर्यो। प्रो निरजले ३४ स्कोर गर्दा एमेच्योरहरु ड्यानियल बानियाँले र मिलन यखाले समान३६ र अनिल सिन्हाले ३५ अंक हासिल  गरे।

प्रो सूर्यप्रसाद शर्माको टिम १३३ को कुल स्कोरमा तेस्रो भयो। प्रो सूर्यले ३३ तथा एमेच्योरहरू सुष्मा सिंहले ३३, श्याम तामाङले ३५ र जीवाराम गुरुङले ३२ अंक बटुले।

महिलातर्फ सुष्मा सिंहले उत्कृष्ट स्कोर गरिन्। उनले ३३ अंकमा खेल सकाइन् । प्रतियोगितामा कृष्ण गुरुङले लङगेस्ट ड्राइभ र श्री राम थापाले क्लोजेस्ट ‘टु दी पिन’को उपाधि जिते।

प्रो-एममा १९ प्रोफेसनल र ७६ एमेच्योर गरी कुल ९५ गल्फरको सहभागीता थियो। विजयी खेलाडीलाई नेपाल गल्फ संघका वरिष्ठ उपाध्यक्ष पवित्र कुमार कार्की, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा विष्ट, हिमालयन गल्फ क्लबका निर्देशक किरण केसी,कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवाराम गुरुङ र रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्बाले पुरस्कार वितरण गरे।

शनिबार सम्पन्न सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि रेकर्ड स्कोरसहित भुवन नगरकोटीले जितेका थिए। रवि खड्का दोस्रो र निरज तामाङ तेश्रो भएका थिए। एमेच्योरतर्फ सदभाव आचार्यले उपाधि जित्दा प्रज्वल गुरुङ दोस्रो भएका थिए।

८ लाख ४० हजार कूल पुरस्कार राशि रहेको सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागीता थियो।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो