माघ १५, २०८२ बिहीबार | २०:४६:४३
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

सञ्जीवको टिमलाई प्रो-एमको उपाधि

पोखरा । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको प्रो-एमको उपाधि प्रोफेसनल सञ्जीवबहादुर नेपालीको टिमले जितेको छ।

पोखरास्थित हिमालयन गल्फ क्लबमा‌ उपाधि जित्ने क्रममा सञ्जीवको टिमले कुल १४८ स्कोर बनायो। प्रो सञ्जीवले ३४ अंक बनाउँदा एमेच्योरहरु दीप्सन लामाले ३९, बलराम थापाले ३८ र रबिन्द्र तिवारीले ३७ अंक जोडे।

प्रो निरज तामाङको टिमले १ ४१ स्कोर सहित दोस्रो स्थान प्राप्त गर्यो। प्रो निरजले ३४ स्कोर गर्दा एमेच्योरहरु ड्यानियल बानियाँले र मिलन यखाले समान३६ र अनिल सिन्हाले ३५ अंक हासिल  गरे।

प्रो सूर्यप्रसाद शर्माको टिम १३३ को कुल स्कोरमा तेस्रो भयो। प्रो सूर्यले ३३ तथा एमेच्योरहरू सुष्मा सिंहले ३३, श्याम तामाङले ३५ र जीवाराम गुरुङले ३२ अंक बटुले।

महिलातर्फ सुष्मा सिंहले उत्कृष्ट स्कोर गरिन्। उनले ३३ अंकमा खेल सकाइन् । प्रतियोगितामा कृष्ण गुरुङले लङगेस्ट ड्राइभ र श्री राम थापाले क्लोजेस्ट ‘टु दी पिन’को उपाधि जिते।

प्रो-एममा १९ प्रोफेसनल र ७६ एमेच्योर गरी कुल ९५ गल्फरको सहभागीता थियो। विजयी खेलाडीलाई नेपाल गल्फ संघका वरिष्ठ उपाध्यक्ष पवित्र कुमार कार्की, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा विष्ट, हिमालयन गल्फ क्लबका निर्देशक किरण केसी,कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवाराम गुरुङ र रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्बाले पुरस्कार वितरण गरे।

शनिबार सम्पन्न सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि रेकर्ड स्कोरसहित भुवन नगरकोटीले जितेका थिए। रवि खड्का दोस्रो र निरज तामाङ तेश्रो भएका थिए। एमेच्योरतर्फ सदभाव आचार्यले उपाधि जित्दा प्रज्वल गुरुङ दोस्रो भएका थिए।

८ लाख ४० हजार कूल पुरस्कार राशि रहेको सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागीता थियो।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।