नेपाल क्रिकेट संघ

क्यानले हस्तान्तरण गर्यो सहयोग रकम

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाललाई शनिबार रकम हस्तान्तरण गरेका हुन् ।

गत कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्प पिडितको सहयोगार्थ उक्त रकम उपलब्ध गराएको हो ।

क्यानले आइसिसी ट्वान्टी २० विश्वकप २०२४ को एसिया छनोटमा नेपाल र ओमानबिच फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त ५० प्रतिशत रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गर्ने घोषणा गरेको थियो।