प्रधानमन्त्री कप काठमाडौं जिल्ला छनोट

काठमाडौं छनोटः महावीर फाइनलमा

काठमाडौं । क्रिकेट एक्सिलेन्स सेन्टरमाथि पाँच विकेटको जित निकाल्दै महावीर क्लब प्रधानमन्त्री कप छनोटका लागि काठमाडौं जिल्ला छनोटको फाइनलमा प्रवेश गरेको छ ।

मुलपानी क्रिकेट मैदान ( तल्लो) मा मंगलबार ग्रेट हिमालयनले प्रस्तुत गरेको १ सय ७० रनको लक्ष्य महावीरले ३०.२ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

महावीरका लागि कप्तान रविन जोशीले ६८ बलमा सात चौका र एक छक्काको मद्दतले अविजित ७७ रनको योगदान गरे । यसैगरी नवीन तामाङले ३७, प्रतिश जिसीले २२ र विभत्सु थापाले १६ रन बनाए ।

चौथो विकेटका लागि रविन र नवीनले ६६ रनको साझेदारी गरे । क्रिकेट एक्सिलेन्सका लागि दयानन्द मण्डलले तीन तथा सोनु देवकोटा र मनोज यादवले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको क्रिकेट एक्सिलेन्सले ४४.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६९ रनको योगफल तयार पारेको थियो ।

क्रिकेट एक्सिलेन्सका लागि ३७, विवेक तामाङले २९, सोनु देवकोटाले २०, दयानन्द मण्डलले १९, विरेन्द्र साउदले १३ र मनोज यादवले १० रन बनाए ।

महवीरका लागि राकेशकुमार कर्णले चार, सार्थक धितालले तीन तथा प्रतिश जिसी, शरद भेषवाकरले एक र तेज कुँवरले समान एक विकेट लिए ।

महावीरले उपाधिका लागि ग्रेट हिमालयन क्रिकेट क्लबको सामना गर्नेछ । ग्रेट हिमालयनले न्यु भिजन क्लबलाई सात विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।