माघ १५, २०८२ बिहीबार | १६:२१:१३
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

सूर्य नेपाल ‘एनपिजीए म्याच प्ले’ बुधबारदेखि हुने

सांकेतिक तस्बिर

काठमाडौ ।  सूर्य नेपाल गल्फ टुर २०२३/ २४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल ‘एनपिजीए म्याच प्ले बुधबारदेखि रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ ।

प्रतियोगितामा गत सिजन‌ वरीयताको उत्कृष्ट १६ खेलाडीले खेल्न पाउनेछन्। तर यसपटक नेपाल नम्बर एक शुक्रबहादुर राईसँगै उत्कृष्ट १६ मा पर्ने चार खेलाडीले सहभागिता जनाउने छैनन्। यही कारण वरीयताको उत्कृष्ट २० सम्म पर्न सफल खेलाडीले यो प्रतियोगितामा दाबेदारी प्रस्तुत गर्नेछन्।

शुक्रसँगै १४ औं वरीयताका टंकबहादुर राई, १५ औं वरीयताका बलभद्र राई र १६ औं वरीयताका कमल तामाङले व्यक्तिगत कारण नखेल्ने भएका हुन।

चार खेलाडीले नाम फिर्ता लिँदा दोस्रो वरीयताका भुवन नगरकोटी यो प्रतियोगिताका शीर्ष खेलाडीको रूपमा रहनेछन् । १७ औं वरीयताका दीपक मगर, १८ औं वरीयताका तोरणविक्रम शाही, १९ औं वरीयताका प्रदीपकुमार लामा र २० औं वरीयताका रामकृष्ण श्रेष्ठले प्रतियोगिता खेल्ने मौका पाएका छन् ।

म्याच प्लेको ‘ड्र ’अनुसार भुवनले पहिलो चरणमा २०औं वरियताका रामकृष्णसँग  खेल्नेछन। तेस्रो वरियताका नीरज तामाङको सामना १९ औं वरियताका प्रदीपले गर्नेछन। साबिक विजेता  तथा चौथो वरीयताका दिनेश प्रजापतीले १८ औं वरियताका तोरणविक्रमसँग खेल्नेछन्। यस्तै १७ औं वरीयताका दीपकले पाँचौं वरीयताका जयराम श्रेष्ठलाई प्रतिद्वन्द्वीको रूपमा पाएका छन।

यसैगरी पहिलो चरणकै अर्को खेलमा छैटौं वरीयताका सञ्जय लामा र १३ औं वरीयताका शिवराम पौडेलबीच प्रतिस्पर्धा हुनेछ। सातौं वरीयताका रवि खड्काले १३ औं वरीयताका रमेश अधिकारीको सामना गर्नेछन् । अर्को खेलमा आठौं वरीयताका रामे मगर र ११ औं वरीयताका सूर्यप्रसाद शर्मा आमने सामने हुनेछन् ।

यसैगरी नवौं वरीयताका धनबहादुर थापा र १० औं वरीयताका भुवन कुमार रोक्काले  एक अर्काको सामना गर्नेछन्।

पहिलो चरणका विजेता आठ खेलाडी क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। क्वार्टरफाइनल खेलहरू बिहीबार हुनेछन्। सेमिफाइनल शुक्रबार हुनेछ। पहिलो चरण, क्वार्टरफाइनल, सेमिफाइनल र तेस्रो स्थानको खेल १८ होलको हुनेछ। शनिबार हुने फाइनल खेल भने ३६ होलको हुनेछ।

खेलाडीहरूले कुल २ लाख ५० हजार रुपैयाँ पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन्। पहिलो चरणमा पराजित हुने आठ  खेलाडीले जनही ६ हजार तथा क्वार्र्टरफाइनलमा पराजित चार खेलाडीले ११ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताकाे विजेताले ६० हजार प्राप्त गर्दा उपविजेताले ४२ हजार तथा तेस्रो र चौथो हुनेले क्रमश ३२ हजार र २४ हजार रुपैयाँ पाउनेछन् ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।