चैत्र १५, २०८२ आइतबार | १६:०८:११
नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा

सूर्य नेपाल ‘एनपिजीए म्याच प्ले’ बुधबारदेखि हुने

सांकेतिक तस्बिर

काठमाडौ ।  सूर्य नेपाल गल्फ टुर २०२३/ २४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल ‘एनपिजीए म्याच प्ले बुधबारदेखि रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ ।

प्रतियोगितामा गत सिजन‌ वरीयताको उत्कृष्ट १६ खेलाडीले खेल्न पाउनेछन्। तर यसपटक नेपाल नम्बर एक शुक्रबहादुर राईसँगै उत्कृष्ट १६ मा पर्ने चार खेलाडीले सहभागिता जनाउने छैनन्। यही कारण वरीयताको उत्कृष्ट २० सम्म पर्न सफल खेलाडीले यो प्रतियोगितामा दाबेदारी प्रस्तुत गर्नेछन्।

शुक्रसँगै १४ औं वरीयताका टंकबहादुर राई, १५ औं वरीयताका बलभद्र राई र १६ औं वरीयताका कमल तामाङले व्यक्तिगत कारण नखेल्ने भएका हुन।

चार खेलाडीले नाम फिर्ता लिँदा दोस्रो वरीयताका भुवन नगरकोटी यो प्रतियोगिताका शीर्ष खेलाडीको रूपमा रहनेछन् । १७ औं वरीयताका दीपक मगर, १८ औं वरीयताका तोरणविक्रम शाही, १९ औं वरीयताका प्रदीपकुमार लामा र २० औं वरीयताका रामकृष्ण श्रेष्ठले प्रतियोगिता खेल्ने मौका पाएका छन् ।

म्याच प्लेको ‘ड्र ’अनुसार भुवनले पहिलो चरणमा २०औं वरियताका रामकृष्णसँग  खेल्नेछन। तेस्रो वरियताका नीरज तामाङको सामना १९ औं वरियताका प्रदीपले गर्नेछन। साबिक विजेता  तथा चौथो वरीयताका दिनेश प्रजापतीले १८ औं वरियताका तोरणविक्रमसँग खेल्नेछन्। यस्तै १७ औं वरीयताका दीपकले पाँचौं वरीयताका जयराम श्रेष्ठलाई प्रतिद्वन्द्वीको रूपमा पाएका छन।

यसैगरी पहिलो चरणकै अर्को खेलमा छैटौं वरीयताका सञ्जय लामा र १३ औं वरीयताका शिवराम पौडेलबीच प्रतिस्पर्धा हुनेछ। सातौं वरीयताका रवि खड्काले १३ औं वरीयताका रमेश अधिकारीको सामना गर्नेछन् । अर्को खेलमा आठौं वरीयताका रामे मगर र ११ औं वरीयताका सूर्यप्रसाद शर्मा आमने सामने हुनेछन् ।

यसैगरी नवौं वरीयताका धनबहादुर थापा र १० औं वरीयताका भुवन कुमार रोक्काले  एक अर्काको सामना गर्नेछन्।

पहिलो चरणका विजेता आठ खेलाडी क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। क्वार्टरफाइनल खेलहरू बिहीबार हुनेछन्। सेमिफाइनल शुक्रबार हुनेछ। पहिलो चरण, क्वार्टरफाइनल, सेमिफाइनल र तेस्रो स्थानको खेल १८ होलको हुनेछ। शनिबार हुने फाइनल खेल भने ३६ होलको हुनेछ।

खेलाडीहरूले कुल २ लाख ५० हजार रुपैयाँ पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन्। पहिलो चरणमा पराजित हुने आठ  खेलाडीले जनही ६ हजार तथा क्वार्र्टरफाइनलमा पराजित चार खेलाडीले ११ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताकाे विजेताले ६० हजार प्राप्त गर्दा उपविजेताले ४२ हजार तथा तेस्रो र चौथो हुनेले क्रमश ३२ हजार र २४ हजार रुपैयाँ पाउनेछन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो